ne_ta/process/source-text-process/01.md

34 lines
6.3 KiB
Markdown

### स्रोत पाठ प्रक्रिया
सबै गेटवे भाषाहरूको लागि स्रोत पाठ प्रकाशनको जरुरत पर्दछ ताकि तिनलाई अन्य भाषाहरूको निम्ति स्रोत पाठको रूपमा प्रयोग गर्न सकियोस् । ध्यान दिनुहोस् कि यो प्रक्रिया गेटवे भाषाहरूमा मात्र लागु हुन्छ ।
#### पूर्व शर्तहरू
कुनै पनि गेटवे भाषा अनुवाद स्रोत पाठ हुनको निम्ति निम्‍न पूर्व शर्तहरू लागू हुन्छन्ः
* **सम्पूर्ण सामाग्री** - सम्पूर्ण सामाग्रीको अनुवाद र आवश्यक तहसम्म जाँच गरिएको हुनुपर्छ । सामाग्रीहरूका भागहरू (उदाहरणको लागि, आधा खुला बाइबल कथाहरू, बाइबलको कुनै एक पुस्तकका केही अध्यायहरू) लाई प्रकाशन गर्न मिल्दैन ।
* **जाँच** - अनुवादको उचित तहसम्मको जाँच गरिएको हुनुपर्छ । बाइबल अनुवादहरूको हकमा [जाँच तह तीन - मण्डली नेतृत्वबाट पुष्टि](../../checking/level3/01.md).
* **डोर४३ मा** - प्रकाशन गरिने संस्करण डोर४३ मा हुन जरुरत छ । फरक फरक डिभाइसहरूमा गरिएका कामहरूलाई एकत्रित (मर्ज) गरिनुपर्छ । एकत्रित गर्ने कामलाई सहज बनाउनको निम्ति सामाग्री टेक्नोलोजीको सहायता लिनुहोस् <help@door43.org> मा इमेल गर्नुहोस् वा स्ल्याकमा रहेको
## सामाग्री-टेक च्यानलको प्रयोग गर्नुहोस् ।
* **सम्झौता** - अनुवाद र जाँचमा संलग्‍न रहेका हरेक व्यक्ति [विश्‍वासको अभिव्यक्ति](../../intro/statement-of-faith/01.md), [अनुवाद दिशानिर्देशनहरू](../../intro/translation-guidelines/01.md) र [खुला अनुमति पत्र](../../intro/open-license/01.md) मा सहमत हुनुपर्छ । डोर४३ खाता खोलेर वा दस्ताबेजमा हस्ताक्षर गरेर त्यसको स्क्यान वा फोटो खिचेर डिजिटाइज गरेर यसो गर्न सकिन्छ । डाउनलोड गर्न मिल्‍ने सम्झौता फारामको लागि http://ufw.io/forms मा जानुहोस् ।
### स्रोत पाठ अनुरोध फाराम
पूर्व शर्तहरू पूरा भएपछि http://ufw.io/pub/ मा रहेको स्रोत पाठ अनुरोध फाराम भर्नुहोस् । फारामको बारेमा केही टिप्पणीहरूः
* अनुरोध पठाउनको निम्ति डोर४३ खाता हुनुपर्छ ।
* सहभागी सबैको नामहरू वा उपनामहरू समावेश गर्नुपर्छ । यदि तिनीहरूको निम्ति हस्ताक्षर गरिएको अनुमति सम्झौताहरू समावेश नगरेको अवस्थामा तिनीहरूको डोर४३ प्रयोगकर्ता नामहरू पनि समावेश गर्नुपर्छ ।
* तपाईंले दिएका जानकारीहरू सार्वजनिक हुने छन् र स्रोत पाठका भाग बन्‍ने छन् भन्‍ने कुरामा ध्यान दिनुहोस् ।
फाराम बुझाइसकेपछि केही कुरा छुटेको खण्डमा तपाईंलाई सम्पर्क गरिन्छ । अनुरोध स्वीकृत भएपछि प्रकाशन पङ्क्तिमा जान्छ जहाँ डेभलपरहरूले अनुवादलाई स्रोत पाठ बनाउने छन् । प्रकाशन प्रक्रियामा केही समस्या आएमा डेभलपरहरूले तपाईंलाई सम्पर्क गर्ने छन् । प्रक्रिया पूरा भएपछि तपाईंको कामलाइ पिडिएफ फर्म्याटमा समीक्षा गर्न सक्‍नुहुने छ ।
### स्रोत पाठ प्रक्रियाको समापन
स्रोत पाठ प्रकाशन प्रक्रिया सकिएपछि तपाईंको काम देहाय बमोजिम उपलब्ध हुन्छः
* वचन प्रकटीकरण वेभसाइटमा अनलाइन
* वचन प्रकटीकरणबाट पिडिएफ फर्म्याटमा डाउनलोड गर्न मिल्ने गरी
* अनुवाद स्टुडियोमा अन्य भाषाहरूको स्रोत पाठको रूपमा (यसको निम्ति अनुवाद स्टुडियो अपडेट गर्नुपर्ने हुनसक्छ)