ne_ta/intro/statement-of-faith/01.md

25 lines
7.9 KiB
Markdown

* यो दस्ताबेजको आधिकारिक संस्करण http://ufw.io/faith/ मा प्राप्त गर्न सक्छौँ ।*
* तल दिइएको विश्‍वासको अभिव्यक्तिलाई संस्थाहरूका सबै सदस्यहरू र [वचनको प्रकटिकरण](https://unfoldingword.bible/) परियोजनामा योगदान गर्नेहरू सबैले मान्दछन् । यो अभिव्यक्ति ऐतिहासिक विश्‍वासका सारहरूसँग सहमत छः [प्रेरितहरूको विश्‍वासको सार](https://git.door43.org/Door43/en_creeds/src/master/content/apostles.md), [नायसिन विश्‍वासको सार](https://git.door43.org/Door43/en_creeds/src/master/content/nicene.md), र [एथनेजिएन विश्‍वासको सार](https://git.door43.org/Door43/en_creeds/src/master/content/athanasian.md); र साथै [लुजान करार](http://www.lausanne.org/en/documents/lausanne-covenant.html)*
हामी यो विश्‍वास गर्छौँ कि ख्रीष्टियान विश्‍वास **अत्यावश्यक विश्‍वासहरू****गौण विश्‍वासहरू** गरी दुई भागमा बाँड्न सकिन्छ र बाँड्नु पनि पर्छ । (रोमी १४) ।
#### अत्यावश्यक विश्‍वासहरू
येशू ख्रीष्टका अनुयायीहरूलाई परिभाषित गर्ने र कुनै पनि हालतमा सम्झौता गर्न र इन्कार गर्न नसकिने विश्‍वासहरूलाई अत्यावश्यक विश्‍वासहरू भनिन्छ ।
* हामी विश्‍वास गर्दछौँ बाइबल एक मात्र परमेश्वरको प्रेरणामा लेखिएको, त्रुटिरहित, प्रयाप्त र आधिकारिक परमेश्वरकोको वचन हो । (१ थेसलोनिकी २:१३; २ तिमोथी ३:१६-१७) ।
* हामी विश्‍वास गर्दछौँ परमेश्‍वर एउटै हुनुहुन्छ, उहाँ अनन्तदेखि तीन स्वरूपमा अस्तित्वमा हुनुहुन्छः पिता परमेश्‍वर, पुत्र येशू ख्रीष्ट, र पवित्र आत्मा (मत्ती २८:१९; यूहन्‍ना १०:३०) ।
* हामी येशू ख्रीष्टको ईश्‍वरत्वमा विश्‍वास गर्छौँ (यूहन्‍ना १:१-४; फिलिप्पी २:५-११; २ पत्रुस १:१) ।
* येशू ख्रीष्टको मनुष्यतामाथि , उहाँको कन्याबाट भएको जन्ममाथि, उहाँको पापरहित जीवनमाथि, उहाँका आश्चर्यकर्महरूमाथि, उहाँको बगाइएको रगतद्वारा अरूको निम्ति गरिएको प्रायश्‍चितको मृत्युमाथि, उहाँको शारीरिक पुनरुत्थानमाथि, र पिताको दाहिने हातपट्टि उहाँको उठाइमाथि हामी विश्‍वास गर्छौँ । (मत्ती १:१८, २५ ; १ कोरिन्थी १५:१-८; हिब्रू ४: १५; प्रेरित १:९-११; प्रेरित २:२२-२४) ।
* मानिस स्वभावैले पापी छ र नरकको योग्य छ भन्‍ने कुरामा हामी विश्‍वास गर्छौँ (रोमी ३:२३; यशैया ६४:६-७) ।
* पापबाटको मुक्तिचाहिँ येशू ख्रीष्टको बलिदानपूर्ण मृत्ययु र पुनरुत्थानद्वारा प्रदान गरिएको र कामबाट होइन तर अनुग्रहद्वारा प्राप्त गर्ने परमेश्‍वरको वरदान हो भन्‍ने कुरामा हामी विश्‍वास गर्छौँ । (यूहन्‍ना ३:१६; यूहन्‍ना १४:६; एफिसी २:८-९, तितस ३:३-७).
* साँचो विश्‍वास पश्‍चाताप र पवित्र आत्मामा हुने नयाँ जन्मसँगै प्राप्त हुन्छ भन्‍ने कुरामा हामी विश्‍वास गर्छौँ । (याकूब २:१४-२६; यूहन्‍ना १६:५-१६; रोमी ८:९) ।
* हामी पवित्र आत्माले अहिले पनि काम गर्नुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्छौँ, उहाँको बासले ख्रीष्टलाई पच्छ्याउनेहरूलाई धार्मिक जीवन जिउन शक्ति दिन्छ । (यूहन्‍ना १४:१५-२६; एफिसी २:१०; गलाती ५:१६-१८) ।
* हामी प्रभु येशू ख्रीष्टमा सबै देश, भाषा र समूहका सम्पूर्ण विश्‍वासीहरूको आत्मिक एकतामा विश्‍वास गर्छौँ ( फिलिप्पी २: २२-२३, एफिसी १:२२-२३, १ कोरिन्थी १२: १२,२७) ।
* हामी येशू ख्रीष्टको व्यक्तिगत र शारीरिक पुनरागमनमा विश्‍वास गर्छौँ (मत्ती २४:३०, प्रेरित १:१०-११) ।
* हामी बचाइएका र हराएका दुबैको पुनरुत्थानमा विश्‍वास गर्छौं । नबचाइएकाहरू नरकको अनन्त दण्डको निम्ति र बचाइएकाहरू परमेश्‍वरसँग स्वर्गमा अनन्त आशिष्‌को निम्ति पुनरुत्थान हुने छन् । (हिब्रू ९:२७-२८, मत्ती १६:२७; यूहन्‍ना १४:१-३; मत्ती २५:३१-४६)।
#### गौण विश्‍वासहरू
धर्मशास्त्रमा भएका तर इमान्दार विश्‍वासीहरू सहमत हुने सबै कुराहरू गौण विश्‍वासहरू हुन् (उदाहरण, बप्तिस्मा, प्रभुभोज, बादलमा उठाइलगिने कुरा आदि) । हामी यी कुराहरूमा सहमतिका साथ असहमत रहँदै हाम्रो साझा लक्ष्य सबै समूहलाई चेला बनाउने काममा लाग्‍छौँ (मत्ती २८: १८-२०) ।