ne_ta/checking/vol2-intro/01.md

4.1 KiB

कुनै खण्डको सामूहिक मौखिक गर्दा हरेक अनवुादकले आफ्नो अनुवादलाई समूहको अगाडि स्वस्वर वाचन गर्छन् । हरेक खण्डको अन्तमा अनुवादक रोकिन्छन् र उक्त खण्डको बारेमा समूहमा छलफल गरिन्छ । हरेक लिखित अनुवादलाई सबैले देख्‍ने गरी देखाएर अनुवादकले मौखिक रूपमा पढ्नु धेरै राम्रो हुन्छ ।

समूहका कर्तव्यहरू बाँडफाँड गरिन्छ - हरेक सदस्यले एकपटकमा एउटा मात्र भूमिका निभाउनुपर्छ ।

  • एक वा एकभन्दा बढी सदस्यले भाषाको स्वभाविकताको लागि सुन्छन् । अस्वभाविक लागेमा खण्ड पढ्ने काम सकिएपछि त्यसलाई स्वभाविक बनाउने तरिकाहरू बताउँछन् ।
  • एक वा एकभन्दा बढी सदस्यले स्रोत भाषामा भएको कुरामा थपिएको, छुटेको वा परिवर्तन गरिएको छ कि छैन भन्‍ने कुरा हेर्छन् । खण्डको वाचन सकिएपछि तिनीहरूले कुनै कुरा थपिएको, छुटेको वा परिवर्तन गरिएको रहेछ भने समूहलाई जानकारी गराउँछन् ।
  • अर्को सदस्यले ट्रान्स्लेसनकोरमा भएको प्रतिवेदन मोडलाई हेर्छन् र स्रोत पाठमा हाइलाइट गरिएका मूल शब्दहरूलाई ध्यान दिन्छन् । त्यसपछि समूह मिलेर पढेको खण्डमा नमिलेका वा अनुचित समस्याको बारेमा छलफल गर्छन् । यदि यो मोड उपलब्ध छैन भने समूहको मूल शब्दहरू भएको सूचीलाई हेर्न सकिन्छ ।

समूहका सदस्यहरू अनुवादमा सन्तुष्ट नभएसम्म यी चरणहरू दोहोर्‍याउन सकिन्छ ।

यस चरणमा अनुवादको पहिलो खेस्रा तयार हुन्छ र अनुवाद समूहले निम्‍न कार्यहरू पनि गर्नुपर्छ ।

  • अनुवाद समूहको कुनै एक व्यक्तिले पाठलाई ट्रान्स्लेसनस्टुडियोमा हाल्नुपर्छ । यदि अनुवादको खेस्रा तयार गरेदेखि नै ट्रान्स्लेसनस्टुडियोको प्रयोग गरिएको छ भने परिवर्तन गरिएका कुराहरू मात्र यसमा हाले पुग्छ ।
  • अनुवाद समूहले परिवर्तन गरेका र सुधारेका कुराहरूलाई समेटेर नयाँ अडियो रेकर्डिङ् तयार गर्नुपर्छ ।
  • ट्रान्स्लेसनस्टुडियोका फाइलहरू र अडियो रेकर्डिङ्लाई डोर४३ मा भएको समूह भण्डारमा अपलोड गर्नुपर्छ ।