ne_ta/checking/verses/01.md

12 lines
4.9 KiB
Markdown

स्रोत भाषाको बाइबलमा भएका सबै पदहरू लक्षितभाषाको अनुवादमा हुनु जरूरी छ । भुलवस कुनै पनि पदहरू नछुटून भन्‍ने हामी चाहन्छौँ । तर कुनै बाइबलमा भएका पदहरू अन्य बाइबलमा नहुनुमा असल कारणहरू छन् ।
### पदहरू छुट्नुका कारणहरू
१. **पाठगत भिन्‍नताहरू** - बाइबलमा भएका केही पदहरू मूल बाइबलमा थिएनन् तर पछि थपिएका हुन् भन्‍ने विश्वास केही विद्वानहरूको छ । त्यसैले केही बाइबलका अनुवादकहरूले ती पदहरूलाई समावेश नगरेर पाद टिप्पणीको रूपमा तिनलाई राख्छन् । (यसको बारेमा थप जानकारीको लागि [पाठगत भिन्‍नताहरू](../../translate/translate-textvariants/01.md)हेर्नुहोस् ।) ती पदहरू समावेश गर्ने वा नगर्ने भन्‍ने कुराको निर्णय अनुवाद समूहले गर्नुपर्छ ।
२. **फरक सङ्ख्या** - केही बाइबलहरूले अन्य बाइबलभन्दा फरक किसिमका पद सङ्ख्या गर्छन् । (यसको बारेमा थप जानकारीको लागि [अध्याय र पद सङ्ख्या](../../translate/translate-chapverse/01.md)हेर्नुहोस् ।) कुन प्रणालीको प्रयोग गर्ने निर्णय अनुवाद समूहले गर्नुपर्छ ।
३. **पदलाई जोड्ने पुलहरू** - केही अनुवादहरूमा जानकारीहरूलाई तर्कसंगत र बुझ्‍नलाई सजिलो बनाउनको निम्ती दुई वा दुईभन्दा बढी पदहरूलाई फरक तरिकाले मिलाएर राखिएका हुन्छन् । यस्तो अवस्थआमा पद सङ्ख्याहरूलाई जोडेर लेखिन्छ, उदाहरणको लागि ४-५ वा ४-६ । UST मा केही ठाउँमा यस्तो गरिएको छ र ULT मा विरलै मात्रामा यसो गरिएको छ । पद सङ्ख्या जहाँ हुनुपर्थ्यो त्यहाँ नभएको वा उल्लेख नगरिएको कारण केही पदहरू छुटेको जस्तो लाग्‍न सक्छ तर पदमा हुनुपर्ने कुराहरू त्यहाँ उल्लेख गरिएका हुन्छन् । (यसको बारेमा थप जानकारीको लागि, [पदलाई जोड्ने पुलहरू](../../translate/translate-versebridge/01.md)हेर्नुहोस् ।) पदलाई जोड्ने पुलहरूको प्रयोग गर्ने कि नगर्ने भन्‍ने विषयमा अनुवाद समूहले निर्णय गर्नुपर्छ ।
### छुटेका पदहरूको जाँच
अनुवादको समाप्तिपछि अनुवादमा छुटेका पदहरूको जाँच गर्नको निम्ति अनुवादलाई प्याराटेक्समा सार्नुहोस् । त्यसपछि जाँचलाई "अध्याय/पद सङ्ख्या" को निम्ति सुचारू गर्नुहोस् । प्याराटेक्सले पुस्तकभर छुटेका पदहरूको सूची दिन्छ । त्यसपछि हरेक ठाउँमा गएर माथि दिइएका तीन कारणले पदहरू छुटेका छन् वा गल्तीको कारणले छुटेका छन् सो पत्ता लगाउनुहोस् । यदि गल्तीको कारण छुटेका रहेछन् भने फेरि अनुवाद गर्नुपर्छ ।