ne_ta/checking/level1/01.md

22 lines
5.7 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### जाँच तह एक अनुवाद समूहबाट गरिने जाँच
तह एकको जाँच अनुवाद समूहबाट नै गरिन्छ, यसो गर्दा भाषा समुदायका अन्य व्यक्तिहरूको पनि केही सहायता लिन सकिन्छ । अनुवादक वा अनुवाद समूहले धेरै कथाहरूको अनुवाद गर्नुअघि नै जाँच गर्नुपर्छ ताकि अनुवाद प्रक्रियामा गल्तिहरूको सुधार सकेसम्म चाँडो होस् । अनुवादको काम सकिनुअघि यस्ता धेरै चरणहरू पार गर्नुपर्छ ।
वचन प्रकटिकरण परियोजनामा बाइबल र बाइबलीय विषयवस्तुहरूलाई तह एक पार गरेपछि नै प्रकाशनमा ल्याउन सकिने हुनुपर्छ । यसले विषयवस्तुलाई सक्रिय परियोजनाका रूपमा धेरैका सामु पुर्‍याउन मदत गर्छ र भाषा समुदायका अन्य सदस्यहरूलाई अनुवाद सुधार्नको निम्ती निमन्त्रणा दिन्छ ।
### तह एकको जाँचका चरणहरू
तह एकको जाँचलाई सम्पन्‍न गर्नको निम्ती अनुवाद समूहले दिइएका चरणहरूको पालना गर्नुपर्छः
१. **सम्पर्क गर्ने** अनुवादको सुरु गर्दै हुनुहुन्छ भन्‍ने कुरा जानकारी दिनको निम्ती तपाईंले वचन प्रकटिकरण सञ्‍जालका कम्तिमा पनि एक एकाइमा सम्पर्क गर्नुपर्छ । यसलाई कसरी गर्ने भन्‍ने जानकारीको निम्ती [जवाफहरू पत्ता लगाउने](../../intro/finding-answers/01.md)मा जानुहोस् ।
२. **सम्पादन गर्ने** [अनुवाद मार्गनिर्देशनहरू](../../intro/translation-guidelines/01.md)को समीक्षा गर्नुहोस् ।
३. **सहमती हुने** विश्‍वासको अभिव्यक्ती तपाईंको आफ्नै विश्‍वासको प्रतिबिम्व हो र तपाईंको अनुवाद यससँग र अनुवाद मार्गनिर्देशनहरूसँग मेल खाने छ भन्‍ने कुरामा सहमत जनाउनको निम्ती फाराम भर्नुहोस् । (हेर्नुहोस् http://ufw.io/forms/)
४. **खेस्रा तयार पार्ने** पाठका केही खण्डको अनुवाद गरी खेस्रा तयार पार्नुहोस् । खेस्रा अनुवादको तयारीको निम्ती निर्देशनहरूको निम्ती [पहिलो खेस्रा](../../translate/first-draft/01.md)हेर्नुहोस् ।
५. **आफैँले जाँच गर्ने** आफैँले गर्ने जाँचको निर्देशनहरूको निम्ती [आफैँले गर्ने जाँच](../self-check/01.md) हेर्नुहोस् ।
६. **सहपाठी जाँच** सहपाठी जाँचको निर्देशनहरूको निम्ती [सहपाठी जाँच](../peer-check/01.md) हेर्नुहोस् । ।
७. **शब्द अनुवादको जाँच**. शब्द अनुवाद जाँचको निर्देशनहरूको निम्ती [शब्द अनुवादको जाँच](../important-term-check/01.md) हेर्नुहोस् ।
८. **शुद्धता जाँच** शुद्धता जाँचको निर्देशनहरूको निम्ती [शुद्धता जाँच](../accuracy-check/01.md) हेर्नुहोस् ।
९. **पुष्टि गर्ने** अनुवाद समूह वा व्यक्तिको रूपमा तपाईंले अनुवादको प्रक्रियामा अनुवादका टिप्पणीहरू (ट्रान्स्लेसननोट्स्), शब्द अनुवादका वर्णनहरू र अन्य अनुवाद जाँचका स्रोतहरूको प्रयोग गर्नुभयो र तह एकको जाँचका चरणहरूको पालना गर्नुभएको छ भन्‍ने कुराको पुष्टि गर्नुहोस् ।
(तह एकको समाप्तिको पुष्टि कसरी गर्ने भन्‍ने निर्देशनहरूको निम्ती [तह १ को पुष्टि](../level1-affirm/01.md)हेर्नुहोस् ।)