ne_ta/checking/authority-level2/01.md

15 lines
2.7 KiB
Markdown

### अधिकार तह २: समुदायबाट पुष्टि
यस तहका दुई उद्देश्यहरू छन्ः
१. भाषा समुदायका प्रतिनिधिहरूद्वारा निर्धारण गरेबमोजिम अनुवादमा प्रयोग गरिएको भाषाको ढाँचाको प्रभावकारिता पुष्टि गर्नु ।
२. यस अनुवादलाई प्रयोग गर्ने स्थानीय मण्डलीका पास्टर र अगुवाहरूद्वारा निर्धारण गरेबमोजिम अनुवादको शुद्धता पुष्टि गर्नु ।
जाँचको प्रक्रियामा यस नमुनाले "दुई वा तीन साक्षीहरू" को अवधारणालाई यो तहमा प्रयोग गर्छ ।
यो तह पूरा गर्नको निम्ति अनुवाद समूहले अनुवादको प्रयोग गर्ने भाषा समुदायलाई आफ्नो अनुवाद हस्तान्तरण गर्ने छन् । भाषा समुदायले अनुवादको **शुद्धता****स्वभाविकता** को समीक्षा गर्ने छन् ।
त्यसपछि अनुवाद समूहले अनुवाद प्रयोग गर्ने भाषा समुदायका मण्डली अगुवाहरूलाई उक्त अनुवाद हस्तान्तरण गर्ने छन् । मण्डलीका अगुवाहरूले स्रोत पाठ, व्याख्या सामाग्रीहरू, [विश्‍वासको अभिव्यक्ति](../../intro/statement-of-faith/01.md), र [अनुवाद मार्गनिर्देशनहरू](../../intro/translation-guidelines/01.md)को आधारमा अनुवादको **शुद्धताको** समीक्षा गर्ने छन् ।
भाषा समुदायले उक्त अनुवाद स्वभाविक र स्पष्ट छ भनेर र साथै मण्डली अगुवाहरूले पनि शुद्ध छ भनेर पुष्टि गरून् भनेर अनवुाद समूहले यी समीक्षाहरूको आधारमा अनुवादलाई सम्पादन गर्ने छन् ।