55 lines
12 KiB
Markdown
55 lines
12 KiB
Markdown
### विवरण
|
||
|
||
बोली र लेखनमा प्रयोग गरिने प्रतीकात्मक भाषा भनेको अरू चीजहरू र घटनाहरूको प्रतिनिधित्व गर्नको निम्ति प्रतीकहरूको प्रयोग गर्नु हो । प्रतीकात्मक भाषा बाइबलमा भएका भविष्यवाणी र कवितामा अधिक देखिन्छ, विशेष भविष्यमा हुने घट्ने घटनाहरू जुन दर्शनहरू र सपनाहरू हुन् । यद्यपि मानिसहरूलाई प्रतीकको अर्थ तुरून्तै थाहा नहुन पनि सक्छ तर पनि यसलाई अनुवादमा राख्नु महत्त्वपूर्ण छ।
|
||
|
||
>"यो मुट्ठो खा । तब गएर इस्राएलको घरानालाई भन्।” (इजकिएल ३:१ यूएलटी)
|
||
|
||
यो एउटा सपनामा थियो । मुट्ठो खानु भनेको पुस्तकमा के लेखिएको थियो त्यो राम्ररी पढ्न र बुझ्नको लागि प्रतीक हो, र यी परमेश्वरका वचनहरू आफैंमा स्वीकार गर्नु हो।
|
||
|
||
#### प्रतीकवादका उद्देश्यहरू
|
||
|
||
* प्रतीकवादको उद्देश्य मानिसहरूलाई घटनाको महत्त्व वा गहनता बुझ्नको लागि अन्य धेरै नाटकीय शब्दहरूको प्रयोग गर्नु हो।
|
||
* प्रतीकवादको अर्को उद्देश्य भनेको केही मानिसहरूलाई केही चीजको बारेमा बताउनु र प्रतीकवादलाई नबुझ्नेहरूको लागि साँचो अर्थ लुकाउनु हो।
|
||
|
||
#### यो अनुवादको विषय हुनुको कारण
|
||
|
||
आज बाइबल पढ्ने मानिसहरूलाई भाषा साङ्केतिक हो भनेर थाहा पाउन गाह्रो हुन सक्छ र तिनीहरूलाई प्रतीकले के जनाउँछ भनेर थाहा नहुन सक्छ।
|
||
|
||
#### अनुवाद सिद्वान्तहरू
|
||
|
||
* साङ्केतिक भाषा प्रयोग गर्दा सङ्केतलाई अनुवादमा राख्नु महत्त्वपूर्ण हुन्छ।
|
||
* मूल वक्ता वा लेखक गरेभन्दा बढी प्रतीकलाई व्याख्या नगर्नु महत्त्वपूर्ण छ, किनकि उसले त्यतिबेला बाँचिरहेका सबैले यो सजिलै बुझून् भन्ने चाहना नराख्न सक्छ।
|
||
|
||
### बाइबलबाट उदाहरणहरू
|
||
|
||
> “त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्दो र अत्यन्तै शक्तिशाली **चौथो** **पशु** थियो। यसका **ठूला-ठूला फलामका दाँतहरू** थिए। त्यसले आफ्नो शिकारलाई चकनाचूर पारी खाइदिन्थ्यो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा त्यो फरक थियो र त्यसका **दश वटा सीङहरू** थिए। (दानिएल ७:७ यूएलटी)
|
||
|
||
रेखांकित प्रतीकहरूको अर्थको वर्णन तल दानियल २:२३-२४ देखाइएको छ। जनावरहरूले राज्यलाई प्रतिनिधित्व गर्छन्, फलामका दाँतहरूले शक्तिशाली सेनाको प्रतिनिधित्व गर्छन्, र सीङ्हरूले शक्तिशाली नेताहरूलाई प्रतिनिधित्व गर्छन्।
|
||
|
||
> तिनले मलाई यसरी बताए: चौथो जनावरचाहिँ पृथ्वीमा देखा पर्ने **चौथो राज्य** हो। योचाहिँ अरू राज्यहरूभन्दा फरक हुनेछ र समस्त पृथ्वीलाई कुल्चीमिल्ची पारी निल्ने छ । दश सीङहरू त्यस राज्यबाट आएका **दश राजाहरू हुन्**। त्यसपछि पहिलेको भन्दा फरक, अर्को राजा खडा हुने छ । उसले तीन राजाहरूलाई दबाउने छ। (दानिएल ७:२३-२४ यूएलटी)
|
||
|
||
> मसँग बोल्नेलाई हेरौं भनेर म पछि फर्केँ। फर्केर हेर्दा सात वटा **सुनका सामदान** देखेँ । र सामदानहरूका माझमा मानिसको पुत्रजस्तै हुनुहुन्थ्यो… उहाँको दाहिने बाहुलीले **सात वटा** **ताराहरू**, पक्रिराखेको थियो, र उहाँको मुखबाट **धारिलो दुईधारे तरवार** निस्केको थियो…। मेरो दाहिने हातमा तिमीले देखेका यी सात तारा र सुनका यी सात सामदानको रहस्य यो हो: **सात तारा सात मण्डलीका स्वर्गदूतहरू** र **सात वटा सामदानचाहिँ सात मण्डलीहरू** हुन् ।” (प्रकास १:१२, १६, २० यूएलटी)
|
||
|
||
यो परिच्छेदले सात बत्तीहरू र सात ताराहरूको अर्थ बुझाउँदछ। दुईधारे तरवारले परमेश्वरको वचन र न्यायको प्रतिनिधित्व गर्दछ।
|
||
|
||
### अनुवाद रणनीतिहरू
|
||
|
||
१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस्। अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन्।
|
||
|
||
२. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस्। त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस्।
|
||
|
||
### प्रयोग गरिएका अनुवाद रणनीतिका उदाहरणहरू
|
||
|
||
१. पाठलाई प्रतिकहरूसहित अनुवाद गर्नुहोस् । अक्सर वक्ता वा लेखकले पछि अनुच्छेदमा अर्थको व्याख्या गर्दछन् ।
|
||
|
||
* त्यस व्यकत्तिले यो भन्योः 'जसै चौथो पशु चाहिँ पृथ्वीमा एक राज्य हुनेछ जुन अन्य राज्यहरूभन्दा फरक हुनेछ। त्यसले आफ्नो शिकारलाई चकनाचूर पारी खाइदिन्थ्यो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा त्यो फरक थियो र त्यसका दश वटा सीङहरू थिए। (दानिएल ७:७ युएलटि) तिबाट दशवटा राजाहरूको उदय हुनेछ, र अर्कोचाहिँ तिनिहरूपछि आउनेछ।ऊचाहिँ अघिल्लाहरूभन्दा फरक हुनेछ, तिनजना राजाहरूलाई पराजय गर्नेछ। (दानिएल ७:२३-२४ युएलटि)
|
||
|
||
२. प्रतीकहरूसहित पाठलाई अनुवाद गर्नुहोस्। त्यसपछि पाद टिप्पणीहरूमा प्रतीकहरूको वर्णन गर्नुहोस्।
|
||
|
||
* त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्दो र अत्यन्तै शक्तिशाली **चौथो पशु** थियो। यसका **ठूला-ठूला फलामका दाँतहरू** थिए। त्यसले आफ्नो शिकारलाई चकनाचूर पारी खाइदिन्थ्यो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा त्यो फरक थियो र त्यसका **दश वटा सीङहरू** थिए। (दानिएल ७:७ यूएलटी)
|
||
* त्यसपछि राती दर्शनमा मैले देखें र मेरो अगि भयङ्कर र डरलाग्दो र अत्यन्तै शक्तिशाली चौथो पशु१ थियो। यसका ठूला-ठूला फलामका दाँतहरू२ थिए। त्यसले आफ्नो शिकारलाई चकनाचूर पारी खाइदिन्थ्यो र बाँकी रहेकालाई खुट्टाले कुल्चीमिल्ची पार्थ्यो। अघिका पशुहरूभन्दा त्यो फरक थियो र त्यसका दश वटा सीङहरू3 थिए ।
|
||
* फुटनोटहरू यस्तो देखिन्छन्:
|
||
* [१] जनावर राज्यको प्रतिक हो ।
|
||
* [२] फलामका दाँतहरू राज्यका शक्तिशाली सैनिकको प्रतिक हो ।
|
||
* [३] सीङहरू शक्तिशाली राजाहरूको प्रतिक हो ।
|