78 lines
9.5 KiB
Markdown
78 lines
9.5 KiB
Markdown
### विवरण
|
|
|
|
हितोपदेश छोटो भनाइहरू हुन् जसले बुद्धि दिन्छ वा सत्यता सिकाउँछ । मानिसहरू हितोपदेशमा आनन्द लिन्छन् किनकि यिनीहरूले थोरै शब्दहरूमा धेरै ज्ञान दिन्छन्। बाइबलमा उखानहरू प्रायः रूपक र समानन्तरता प्ररिएका छन्।
|
|
|
|
> घृणाले कलह उत्पन्न गराउँछ,
|
|
> तर प्रेमले सबै कुकर्महरू ढाकिदिन्छ। (हितोपदेश १०:१२ यूएलटी)
|
|
|
|
हितोपदेशको अर्को उदाहरण.
|
|
|
|
ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन् त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ, र कटनीको समयमा आफ्नो खानेकुरो सञ्चय गर्छ। (हितोपदेश ६:६-८ यूएलटी)
|
|
|
|
#### यो अनुवादको विषय हुनुको कारण
|
|
|
|
प्रत्येक भाषामा हितोपदेशलाई भन्ने आफ्नै तरिका हुन्छ। बाइबलमा थुप्रै हितोपदेशहरू छन्। तपाईंको भाषामा कसरी हितोपदेशहरू बोलिन्छ त्यही तरिकामा तिनको अनुवाद गर्न आवश्यक छ, ताकि मानिसहरूले तिनीहरूले सिकाएको कुरालाई हितोपदेशको रूपमा पहिचान गर्न सकून्।
|
|
|
|
### बाइबलबाट उदाहारणहरू
|
|
|
|
> धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ,
|
|
> सम्मानित हुनु चाँदी वा सुनभन्दा उत्तम हो। (हितोपदेश २२:१ यूएलटी)
|
|
|
|
यसको मतलब यो छ कि धेरै पैसा हुनु भन्दा राम्रो ब्यक्ति हुनु र राम्रो प्रतिष्ठा हुनु उत्तम हो।
|
|
|
|
> सिर्काले दाँत कुँडिए र धूवाँले आँखा पिरिएझैँ,
|
|
> अल्छी गर्ने मानिस आफूलाई पठाउनेको निम्ति त्यस्तै हुने छ। (हितोपदेश १०:२६ यूएलटी)
|
|
|
|
यसको मतलब यो हो कि अल्छी मान्छे उसलाई केही गर्न पठाउनेको लागि धेरै कष्टप्रद हुन्छ।
|
|
|
|
> परमप्रभुको मार्ग धर्मीहरूका निम्ति एक शरणस्थान हो,
|
|
> तर दुष्ट काम गर्नेहरूका निम्ति विध्वंस हो। (हितोपदेश १०:२९ यूएलटी)
|
|
|
|
यसको मतलब यो हो कि परमप्रभुले राम्रो काम गर्ने मानिसहरूलाई जोगाउनु हुन्छ, तर दुष्ट मानिसहरूलाई उहाँले नष्ट गर्नु हुन्छ।
|
|
|
|
### अनुवाद रणनीतिहरू
|
|
|
|
यदि हितोपदेशको शाब्दिक अनुवाद गर्नु स्वभाविक हुन्छ र तपाईको भाषामा सही अर्थ दिन्छ भने त्यसो गर्नुहोस्। यदि होईन भने, यहाँ केही विकल्पहरू छन्:
|
|
|
|
१. तपाईंको भाषामा मानिसहरूले कसरी हितोपदेश भन्छन् पत्ता लगाउनुहोस्, र तीमध्ये एउटा तरिका प्रयोग गर्नुहोस्।
|
|
|
|
२. यदि हितोपदेशमा केही वस्तुहरू तपाईंको भाषा समूहमा धेरै व्यक्तिहरूलाई थाहा छैन भने तिनीहरूलाई तपाईंको भाषामा समान काम गर्ने र मानिसहरूले बुझ्ने वस्तुहरूको प्रयोग गर्नुहोस्।
|
|
|
|
३. बाइबलको उखानसँग मिल्ने तपाईंको भाषामा भएको उखान प्रतिस्थापन गर्नुहोस्।
|
|
|
|
४. उही शिक्षा दिनुहोस् तर हितोपदेशको रूपमा हैन।
|
|
|
|
### प्रयोग गरिएका अनुवाद रणनीतिहरू
|
|
|
|
१. तपाईंको भाषामा मानिसहरूले कसरी हितोपदेश भन्छन् पत्ता लगाउनुहोस्, र तीमध्ये एउटा तरिका प्रयोग गर्नुहोस्।
|
|
|
|
* धेरै धन-सम्पत्तिभन्दा असल नाउँ रोज्नु वाञ्छनीय हुन्छ (हितोपदेश २२:१ यूएलटी)
|
|
|
|
मानिसहरूले उनीहरूको भाषामा हितोपदेश भन्न सक्ने केही उपायहरू यस प्रकार छन्ः
|
|
|
|
* धेरै धन -सम्पत्तिभन्दा, असल नाउँ हुनु वाञ्छनीय हुन्छ र चाँदी र सुनभन्दा मानिसहरूको सम्मान पाउनु राम्रो हुन्छ ।
|
|
* बुद्धिमानी मान्छेले धेरै धन -सम्पत्तिभन्दा राम्रो नाम अनि चाँदी र सुनभन्दा सम्मान चयन गर्छ ।
|
|
* धेरै धन सम्पत्तिभन्दा राम्रो प्रतिष्ठा राख्ने प्रयास गर्नुहोस्।
|
|
* धनले तपाईंलाई वास्तवमै सहायता गर्दछ? बरु म राम्रो प्रतिष्ठा चाहन्छु।
|
|
|
|
२. यदि हितोपदेशमा केही वस्तुहरू तपाईंको भाषा समूहमा धेरै व्यक्तिहरूलाई थाहा छैन भने तिनीहरूलाई तपाईंको भाषामा समान काम गर्ने र मानिसहरूले बुझ्ने वस्तुहरूको प्रयोग गर्नुहोस्।
|
|
|
|
* ग्रीष्म ऋतुमा हिउँ वा फसलको बेला झरी परेझैँ ,
|
|
|
|
मूर्खलाई सम्मान दिनु सुहाउँदैन। (हितोपदेश २६:१ यूएलटी)
|
|
|
|
* तातो मौसममा चिसो हावामा उडाउन वा कटनीको समयमा पानी पर्नु स्वभाविक हुदैन; र मूर्खलाई सम्मान दिनु स्वभाविक हुँदैन।
|
|
|
|
३. बाइबलको उखानसँग मिल्ने तपाईंको भाषामा भएको उखान प्रतिस्थापन गर्नुहोस्।
|
|
|
|
* भोलिको धाक नलगा, (हितोपदेश २७:१ यूएलटी)
|
|
* कुखुरा कोरल्नु भन्दा पहिले तिनीहरूको गन्ती नगर्नुहोस्।
|
|
|
|
४. उही शिक्षा दिनुहोस् तर हितोपदेशको रूपमा हैन।
|
|
|
|
* एक पुस्ता जसले आफ्ना बाबुलाई सराप दिन्छ र आफ्नी आमालाई आशिष् दिदैन,
|
|
|
|
त्यो एक पुस्ता हो जो उनीहरूको आफ्नै आँखामा शुद्ध छ, तर तिनीहरूका ती फोहरहरू धोइएका छैनन्। (हितोपदेश ३०:११-१२ यूएलटी)
|
|
|
|
* आफ्ना बाबुआमालाई सम्मान नगर्ने मानिसहरूले आफूलाई धर्मी ठान्छन्, र उनीहरू आफ्नो पापबाट फर्कदैनन्।
|