105 lines
14 KiB
Markdown
105 lines
14 KiB
Markdown
### Description
|
|
|
|
मानिसहरूका उनीहरूका भाषामा शब्द र ध्वनीहरू प्रयोग गरेर उनीहरूको बोली र लेखनलाई सुन्दर तरिकाले कडा भावनाहरू प्रस्तुत गर्ने एउटा तरिका कविता हो । मानिसहरूले सामान्य गैर कविताको माध्यमबाट भन्दा कविता को माध्यमबाट गहिरो भावनाहरूलाई संचार गर्न सक्छन् । कविताले सत्यको अभिव्यक्तिहरूलाई अधिक तौल र भव्यता दिन्छ, जस्तै उखानहरू साधारण बोली भन्दा सम्झन पनि सजिलो छ।
|
|
|
|
#### केही चीजहरू सामान्यतया कवितामा पाइन्छन्
|
|
|
|
* धेरै अलङ्कारहरू जस्तै [परोक्ष सम्बोधन](../figs-apostrophe/01.md).
|
|
* समानान्तर रेखाहरू (हेर्नुहोस् [समानान्तरता](../figs-parallelism/01.md) र [उस्तै अर्को अर्थसँग समानान्तरता](../figs-synonparallelism/01.md))
|
|
* केही वा सबै लाइनको पुनरावृत्ति
|
|
* **हे उहाँका स्वर्गीय दूतगण, उहाँको प्रशंसा गर ।**
|
|
|
|
हे उहाँका सारा स्वर्गीय सेना, उहाँका प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे चम्किला तारा हो, उहाँको प्रशंसा गर। (भजनसङ्ग्रह १४८:२-३ यूएलटी)
|
|
|
|
* समान लम्बाइका पंक्तिहरू
|
|
* **प्रेम सहनशील हुन्छ र दयालु हुन्छ। प्रेमले डाह गर्दैन, न शेखी गर्छ।** (१ कोरिन्थी १३:४ यूएलटी)
|
|
* अन्त्यमा वा दुई वा दुई भन्दामबढी लाइनहरूको सुरूमा समान आवाज
|
|
* “चम्क, चम्क सानो <u>तारा </u> ।
|
|
|
|
म छक्क पर्छु देखि तिम्रो <u>पारा</u> ।”
|
|
|
|
उही आवाज धेरै पटक दोहोर्याइएको
|
|
|
|
* “काम न साम छैन माम"
|
|
* पुराना शब्द र अभिव्यक्ति
|
|
* नाटकीय प्रतिबिम्ब
|
|
* व्याकरणको विभिन्न प्रयोग - सहित:
|
|
* अपूर्ण वाक्य
|
|
* संयोजन गर्ने शब्दहरूको अभाव
|
|
|
|
#### तपाईको भाषामा कविता हेर्नका लागि केही स्थानहरू
|
|
|
|
१. गीतहरू, विशेष गरी पुराना गीतहरू वा बच्चाहरूको खेलहरूमा प्रयोग गरिने गीतहरू
|
|
२. धार्मिक समारोह वा पुजारी वा धामी झाक्रीहरूको मन्त्रहरूमा
|
|
३. प्रार्थना, आशिष्, र श्राप
|
|
४. पुरानो किंवदन्तीहरू
|
|
|
|
#### रमणीय वा काल्पनिक बोली
|
|
|
|
रमणीय वा काल्पनीक बोली कवितासँग मिल्दोजुल्दो हुन्छ किनकि यसले सुन्दर भाषा प्रयोग गर्दछ, तर यसले कविताका भाषाका सबै विशेषताहरू प्रयोग गर्दैन र यसले कविताले जति तिनको प्रयोग गर्दैन । भाषामा लोकप्रिय वक्ताहरू अक्सर रमणीय बोली प्रयोग गर्दछन्, र तपाईंको भाषामा के ले बोलीलाई रमणीय बनाउँदछ भन्ने कुरा अध्ययन गर्नका लागि यो पाठको सबैभन्दा सजिलो स्रोत हो।
|
|
|
|
#### यो अनुवादको विषय हुनुको कारणहरू:
|
|
|
|
* विभिन्न भाषाहरूले विभिन्न चीजहरूका लागि कविता प्रयोग गर्दछन्। यदि कविताको रूपले तपाईंको भाषामा उही अर्थ संप्रेषण गर्दैन भने तपाईंले यसलाई कविताविना लेख्नुपर्छ ।
|
|
* केही भाषाहरूमा, बाइबलको कुनै खास भागको लागि कविता प्रयोग गर्दा यसले अझ शक्तिशाली बनाउँछ।
|
|
|
|
### बाइबलबाट उदाहरणहरू
|
|
|
|
बाइबलले गीत, शिक्षण र भविष्यवाणीका लागि कविता प्रयोग गर्दछ । पुरानो नियमका प्रायः सबै पुस्तकहरूमा कविता छन् र धेरै जसो पुस्तकहरू पूर्ण कविताहरू हुन्।
|
|
>किनभने तपाईंले मेरो कष्ट देख्नु भएको छ।;
|
|
>मेरो प्राणको वेदना तपाईंले जान्नुभयो । (भजनसङग्रह ३१:७ यूएलटी)
|
|
|
|
उदाहरण [उस्तै अर्को अर्थसँग समानान्तरता](../figs-synonparallelism/01.md) दुईवटा लाइनहरू हुन्छन् जसको अर्थ उही हुन्छ ।
|
|
>हे परमप्रभु, जातिहरूका न्याय गर्नुहोस्;
|
|
>हे परमप्रभु, मलाई न्याय गर्नुहोस्, किनभने म धर्मी छु र म निर्दोष छु।
|
|
|
|
समानान्तरताको यो उदाहरणले दउदले परमेश्वरको उसको लागि के गरेको चाहन्छ र परमेश्वर अधर्मी राष्ट्रहरूलाई के गर्न चाहनुहुन्छ भन्ने कुराको बिचको भिन्नता देखाउँछ। (हेर्नुहोस् [समानान्तरता](../figs-parallelism/01.md))
|
|
>आफ्नो दासलाई जानी-बुझी पाप गर्नुदेखि रोक्नुहोस्;
|
|
>तिनीहरूको प्रभुत्व ममाथि हुन नपाओस्। (भजनसङग्रह १९:१३ यूएलटी)
|
|
|
|
व्यक्तित्वकरणको यो उदाहरणले भन्दछ कि पापहरू बोल्छन् मानौं उनीहरूले कुनै व्यक्तिमाथि शासन गर्न सक्दछन्। (हेर्नुहोस् [व्यक्तित्वकरण](../figs-personification/01.md))
|
|
>हे परमप्रभुलाई धन्यबाद देओ! उहाँ असल हुनुहुन्छ, किनकि उहाँको करार सदासर्वदा रहिरहन्छ।
|
|
>हे प्रभुहरूका पनि प्रभुलाई धन्यबाद देओ, उहाँको करार विश्वसनीयता सधैंभरि रहिरहन्छ,
|
|
>हे, प्रभुहरूका पनि प्रभुलाई धन्यबाद देओ, उहाँको करार विश्वसनीयता सदासर्वदा रहिरहन्छ । (भजनसङग्रह १३६:१-३ यूएलटी)
|
|
|
|
यस उदाहरणले "धन्यवाद दिनुहोस्" र "उहाँको करार विश्वसनीयता सदासर्वदा रहिरहन्छ" भन्ने वाक्यांशलाई दोहोर्याउँछ।
|
|
|
|
### अनुवाद रणनीतिहरू
|
|
|
|
यदि स्रोत पाठमा प्रयोग भएको कविता शैली स्वभाविक हुन्छ र तपाईंको भाषामा सही अर्थ दिन्छ भने, यसलाई प्रयोग गर्नुहोस् । यदि होईन भने, यसलाई अनुवाद गर्ने केही अन्य तरिकाहरू छन्ः
|
|
|
|
१. तपाईंको आफ्नै भाषाको कविताको एक शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
|
|
२. आफ्नै रमाईलो भाषणको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
|
|
३. आफ्नै सामान्य बोलीको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
|
|
|
|
यदि तपाई कविता प्रयोग गर्नुहुन्छ भने यो धेरै सुन्दर हुन सक्छ ।
|
|
|
|
यदि तपाईं सामान्य बोलीचालीको भाषा प्रयोग गर्नुहुन्छ भने यो अधिक स्पष्ट हुन सक्छ।
|
|
|
|
### प्रयोग गरिएका अनुवाद रणनीतिका उदाहारणहरू
|
|
|
|
>त्यो मानिस धन्यको हो, जो दुष्टको सल्लाहमा हिंड्दैन,
|
|
>वा पापीहरूको साथ बाटोमा खडा हुदैन्
|
|
>वा गिल्ला गर्नेहरूको सङ्गतमा बस्दैन् ।
|
|
>तर परमप्रभुको व्यवस्थामा नै त्यो खुशी रहन्छ,
|
|
>र त्यसले दिनरात उहाँकै व्यवस्थामा मनन गर्छ । (भजनसङग्रह १:१,२ यूएलटी)
|
|
|
|
तल दिइएका उदाहरणहरूले मानिसहरूले भजनसङग्रह १:१,२ लाई कसरी अनुवाद गर्न सक्छन् भन्ने हो
|
|
|
|
१. तपाईंको आफ्नै भाषाको कविताको एक शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
|
|
|
|
>“धन्य हो त्यो मानिस जो जो उत्साहित हुदैन् गर्न <u>पाप</u>
|
|
>परमेश्वरको अनादर हुने कर्मबाट लिन खोज्दैन उसले <u> लाभ</u>
|
|
>परमेश्वरमा ठट्टा गर्नेहरूसँग हुँदैन हाम्रो कुनै <u>साथ</u>
|
|
>परमेश्वर सदावहार हुनुहुन्छ उसको<u>खुशी</u>
|
|
>गर्छ उसले ठिक त्यही भन्नुहुन्छ परमेश्वरले<u>उही</u>
|
|
>धन्यबादी हुन्छ उ परेमेश्वरमा हर्षित सधै<u>रही</u>
|
|
|
|
२. आफ्नै रमाईलो भाषणको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
|
|
|
|
यो त्यस्तो व्यक्ति हो जो साँचो रूपमा आशिषित छ: जो दुष्टको सल्लाहलाई मान्दैन, वा पापीहरूसँग कुरा गर्न बाटोमा रोकिदैन, वा परमेश्वरको उपहास गर्नेहरूको समूहमा सामेल हुँदैन। बरु ऊ परमप्रभुको व्यवस्थामा ठूलो आनन्द लिन्छ, र उसले दिन रात त्यसमाथि मनन गरिरहन्छ ।
|
|
|
|
३. आफ्नै सामान्य बोलीको शैली प्रयोग गरेर कविता अनुवाद गर्नुहोस् ।
|
|
|
|
* जो मानिस नराम्रो सल्लाह सुन्दैनन् उनीहरु साँच्चिकै खुशी छन्। तिनीहरू निरन्तर नराम्रो काम गर्नेहरूसँग वा परमेश्वरलाई आदर नगर्ने मानिसहरूसँग समय बिताउँदैनन्। तिनीहरू परमप्रभुको व्यवस्था पालन गर्न मन पराउँछन्, र उनीहरू यसको बारेमा सधैँ मनन गर्छन् ।
|