ne_ta/translate/writing-intro/01.md

50 lines
10 KiB
Markdown

### विवरण
लेखनहरू विभिन्‍न प्रकारका हुन्छन् र हरेक प्रकारका लेखनका आ-आफ्नै उद्देश्य हुन्छन् । यी उद्देश्यहरू फरक फरक भएका हुनाले विभिन्‍न प्रकारका लेखन विभिन्‍न तरिकाले संगठित गरिएका हुन्छन् । मानिसहरू र वस्तुहरूलाई जनाउनको निम्ति विभिन्‍न क्रियापद र वाक्यहरूको प्रयोग गरिन्छ । यी भिन्‍नताले पाठकहरूलाई तुरुन्तै लेखनकको उद्देश्य जान्‍नको लागि सहायता गर्छन् र तिनले लेखकले संचार गर्न चाहेको अर्थलाई उत्तम तरिकाले संचार गर्ने काम गर्छन् ।
### लेखनका प्रकारहरू
प्रत्येक भाषामा निम्‍न लिखित चार आधारभूत लेखनहरू अवस्थित हुन्छन् । प्रत्येक प्रकारका लेखनको उद्देश्य फरक हुन्छन् ।
* **वर्णनात्मक** वा **[दृष्टान्त](../figs-parables/01.md)** - यसले कथा वा घटनाको वर्णन गर्छ
* **व्याख्यात्मक** - यसले तथ्यलाई व्याख्या गर्छ वा सिद्वान्तहरू सिकाउँछ
* **प्रक्रियात्मक** - यसले केही कुरा कसरी गर्ने भनेर प्रकृया सिकाउँछ
* **बहस गर्न चाहने** - यसले केही कुरा गर्नको लागि कसैलाई मनाउँछ
### यो अनुवादको विषय हुनुको कारण
प्रत्येक भाषामा विभिन्न प्रकारका लेखहरूलाई संगठित गर्ने आफ्नै तरिकाहरू हुन्छन् । अनुवादकले आफूले अनुवाद गर्न लागेको लेखनको प्रकार बुझ्नु आवश्यक छ, यो स्रोत भाषामा कसरी संगठित छ, र उसको भाषाले यस्ता प्रकारका लेखनलाई कसरी संगठित गर्छ भनेर पनि बुझ्नु पर्छ । अनुवादलाई मानिसहरूले ठिक प्रकारले बुझून् भनेर अनुवादकले लेखनलाई आफ्नो भाषामा जुन तरिकाले लेखिन्छ त्यही तरिकाले लेख्नुपर्छ । प्रत्येक अनुवादमा जुन तरिकाले शब्दहरू, वाक्यहरू, र अनुच्छेदहरू मिलाएर लेखिएका हुन्छन् त्यही अनुसार मानिसहरूले अर्थ बुझ्छन् ।
### लेखन तरिकाहरू
माथिका चार आधारभूत प्रकारहरूसँग मिल्ने लेखनका तल दिइएका छन् । यी लेखन शैलीहरूले अनुवादमा अक्सर चुनौतिहरू प्रस्तुत गर्दछन् ।
* **[कविता](../writing-poetry/01.md)** - भावनाहरू र विचारहरू सुन्दर तरिकाले व्यक्त्त गरिन्छ ।
* **[उखानहरू](../writing-proverbs/01.md)** - सत्यता वा बुद्धिका कुरहरूलाई छोटकरीमा सिकाइन्छ
* **[साङ्केतिक भाषा](../writing-symlanguage/01.md)** - कुनै वस्तुहरू र घटनाहरूलाई प्रस्तुत गर्न प्रयोग गरिन्छ ।
* **[साङ्केतिक अगमवाणी](../writing-apocalypticwriting/01.md)** - भविष्यमा के हुनेछ भनेर देखाउनको लागि साङ्केतिक भाषा प्रयोग गरिन्छ ।
* **[काल्पनिक अवस्थाहरू](../figs-hypo/01.md)** - यदि कुनै कुरा वास्तविक भएको भए के हुन्थ्यो भन्‍ने कुरा बताउँछ वा कुनै अवास्तविक कुराको बारेमा भावना अभिव्यक्त गर्छ ।
### लेखाइका विशेषतााहरू
एउटा भाषामा विभिन्‍न प्रकारका लेखनहरूको विविधताहरूलाई तिनीहरूको लेखाइका विशेषताहरू भन्‍न सकिन्छ । एउटा निश्चित पाठकको उद्देश्यमा कस्ता प्रकारका लेखाइका विशेषताहरू प्रयोग गरिएको छ भन्ने कुराले प्रभाव पार्न सक्छ । उदाहारणको लागि, वर्णनात्मक लेखनमा निम्‍न प्रकारका लेखाइका विशेषताहरू समावेश गरिन्छः
* अन्य घटनाहरूको अगाडि र पछाडि घटेका घटनाहरूको बारेमा भन्‍नु ।
* मानिसहरूलाई कथामा परिचय गराउनु
* कथामा नयाँ घटनाहरूको परिचय गराउनु
* कुराकानी र उद्वरणहरूको प्रयोग
* नाम र सर्वनामले मानिसहरू र वस्तुहरूलाई इङ्गित गर्नु
भाषाहरूमा लेखाइका विशेषताहरू प्रयोग गर्ने तरिकाहरू फरक-फरक हुन्छन् । अनुवादकले आफ्नो भाषामा यिनीहरू यी हरेक कुराहरूमा यसको प्रयोग कसरी गरिएको छ भन्‍ने कुराको अध्ययन गर्नुपर्छ अनि मात्र उसले स्पष्ट र स्वभाविक तरिकाले संचार गर्न सक्छ । अर्को प्रकारको लेखनमा अर्को लेखाइका विशेषतााहरू हुन्छन् ।
### निर्दिष्ट लेखाइका सवालहरू
१. **[नयाँ घटनाको परिचय](../writing-newevent/01.md)** - "एक दिन" वा “यो त्यस्तै भयो” वा "यस्तो हुन आयो" वा “त्यसपछि” जस्ता वाक्यांशहरूले नयाँ घटना भन्‍न बाँकी नै भन्‍ने बुझाउँछन् ।
२. **[नयाँ र पुराना सहभागीहरूको परिचय](../writing-participants/01.md)** - भाषासँग नयाँ मानिसहरूलाई परिचय गर्ने र ती मानिसहरूलाई फेरि जनाउने तरिका हुन्छ ।
३. **[पृष्ठभुमि जानकारी](../writing-background/01.md)** - एउटा लेखकले धेरै कारणहरूले प्रयोग पृष्ठभुमि जानकारी गर्न सक्छः १) कथामा रोचकता थप्‍न, २) कथा बुझाउनको लागि जानकारी दिन, ३) केही कुरा कथामा किन महत्त्वपूर्ण छन् भनी व्याख्या गर्न ।
४. **[सर्वनामहरू- कति बेला प्रयोग गर्ने](../writing-pronouns/01.md)** - सर्वनामहरू- कति पटक प्रयोग गर्ने भन्‍ने भाषाका आफ्नै शैलीहरू हुन्छन् । यदि ती शैलीहरू प्रयोग गरिएन भने गलत अर्थ लाग्छ ।
५. **[कथाको समापन](../writing-endofstory/01.md)** - कथाहरू विभिन्‍न प्रकारका जानकारीहरू सहित समापन हुन सक्छन् । ती जानकारीहरू कथासँग कसरी सम्बन्धित छन् भनेर देखाउने विभिन्‍न तरिकाहरू भाषासँग हुन्छन् ।
६. **[उद्धरण र उद्धरण मार्जिन](../writing-quotations/01.md)** - भाषासँग कसैले भनेका कुरा देखाउने विभिन्‍न तरिकाहरू हुन्छन् ।
७. **[संयोजक शब्दहरू](../writing-connectingwords/01.md)** - संयोजक शब्दहरू कसरी प्रयोग गर्ने भन्‍ने भाषाको शैली हुन्छ ।(जस्तै "र", "तर", वा "त्यसपछि") ।