ne_ta/translate/writing-connectingwords/01.md

71 lines
18 KiB
Markdown

### विवरण
**संयोजक शब्दहरू**ले विचारहरू कसरी अरु विचारहरूसँग सम्बन्धित छन् भन्‍ने कुरा देखाउँछन् । तिनीहरूलाई **संयोजकहरू** पनि भनिन्छ । यो पृष्ठ कथनहरू र कथनहरूको समूहहरूलाई अरूसँग जोड्ने संयोजक शब्दहरूको बारेमा हो । संयोजक शब्दहरूका केही उदाहरणहरू यस प्रकार छन्ः र, तर, लागि, त्यसकारण, त्यसैले, अहिले, यदि, यदि मात्र, देखि, त्यसपछि, जब, जबकि, जब-जब, किनकी, अझै, जबसम्म ।
* पानी परिरहेको थियो, <u>त्यसकारण</u> मैले मेरो छाता खोलेँ ।
* पानी परिरहेको थियो,, <u>तर</u> मसँग छाता थिएन । <u>त्यसकारण</u> म भिजेँ ।
कहिलेकाहिँ मानिसहरूले संयोजक शब्दहरू प्रयोग गर्दैनन् किनभने पाठकहरूले विषयवस्तुको आधारमा विचारहरूको सम्बन्धहरू बुझून् भन्‍ने तिनीहरूले चाहन्छन् ।
* पानी परिरहेको थियो । मसँग छाता थिएन । त्यसकारण म भिजेँ ।
#### यो अनुवादको सवाल हुनुका कारणहरू
* अनुवादकहरूले बाइबलमा संयोजक शब्दहरूको अर्थ र संयोजन गरिएका विचारहरूको बिचको सम्बन्धहरू बुझेको हुनुपर्छ ।
* हरेक भाषामा विचारहरू एक-अर्कासँग कसरी सम्बन्धित छन् भनेर देखाउने आ‍-आफ्नै तरिका हुन्छन् ।
* पाठकहरूले उनीहरूको भाषामा विचारहरू बिचको सम्बन्ध स्वभाविक तरिकाले कसरी बुझ्‍नसक्छन् भनेर अनुवादकहरूले थाहा पाउनु आवश्यक छ ।
#### अनुवादका सिद्वान्तहरू
* विचारहरू बिचको सम्बन्धलाई मूल भाषाका पाठकहरूले जसरी अनुवाद बुझेका छन् विचारहरू बिचको सम्बन्धलाई त्यसरी नै अनुवाद गर्नुपर्छ ।
* संयोजक शब्द प्रयोग गरिएको वा नगरिएको कुरा त्यति महत्त्वपूर्ण होईन जति पाठकहरूले विचारहरूको सम्बन्धलाई बुझ्‍ने कुराको महत्त्व छ ।
### बाइबलबाट उदाहरणहरू
> जब अन्‍यजातिहरूका बिचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, <u>तर</u> तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ। <u>तब</u>तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसे । (गलाती १:१६-१८ यूएलटी)
“तर” शब्दले पहिले भनिएको कुरासँग विरोधाभास हुने कुराको परिचय दिन्छ । यहाँ पावलले नगरेको कुरा र गरेको कुरा बिच विरोधाभास छ । यहाँ “तब” शब्दले भने पावलले आफू दमस्‍कसमा फर्केपछि के गरे भन्‍ने कुराको परिचय दिन्छ ।
><u>यसैकारण</u> जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, <u></u> मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइने छ। <u>तर </u>जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइने छ। (मत्ति ५:१९ यूएलटी)
"यसैकारण" शब्दले यो भागलाई योभन्दा अगाडिको भागसँग जोड्छ, योभन्दा अगाडि आएको खण्डले यस खण्डको कारण दिएको छ भन्‍ने कुराको संकेत यसले गरेको छ । प्रायजसो वाक्यभन्दा ठुला भागहरूलाई "यसैकारण" ले जोड्छ । "र" ले एउटै वाक्य भित्रका दुईवटा कार्यहरूलाई जोड्छ, यहाँ आज्ञा दिने र अरूलाई सिकाउने दई भागलाई यसले जोडेको छ । यो पदमा "तर" भन्‍ने शब्दले एउटा समूहका मानिसहरू र अर्को समूहका मानिसहरू परमेश्‍वरको राज्यमा कसरी बोलाइन्छन् भन्‍ने फरक देखाउँछ ।
>हामी कसैको मार्गमा बाधाको कारण राख्‍दैनौं, <u>लागि</u>हामीले हाम्रो सेवामा अवरोध आएको चाहदैनौं । <u>सट्टामा</u>, हामी परमेश्‍वरका सेवकहरू हौं भनी हाम्रा कामले प्रमाणित गर्छौँ । (२ कोरिन्थी ६:३-४ यूएलटी)
यहाँ "लागि" शब्दले कारणको रूपमा अगाडि आएको केलाई देखाउँछ भन्‍ने कुरालाई जोड्छ; । पवलले कसैको मार्गमा बाधाको कारण नराख्‍नुको कारण उनले आफ्नो सेवमा अवरोध आएको चाहँदैनथे । "सट्टामा" ले पावलले के गर्दैनन् (मार्गमा बाधाको कारण नराख्‍ने) र पवलले के गरे (ऊ परमेश्‍वरको सेवक हो भनी आफ्नो कामले प्रमाणीत गरेर) बिचको विरोधाभासलाई जनाउँछ ।
### अनुवादका रणनीतिहरू
यदि विचारहरूको सम्बन्ध देखाउने यूएलटी को तरिका स्वभाविक छ र तपाईंको भाषामा ठिक अर्थ दिन्छ भने, यसलाई प्रयोग गर्नुहोस् । यदि होईन भने, यहाँ केही विकल्पहरू दिइएका छन् ।
१. संयोजक शब्दहरूको प्रयोग गर्नुहोस् (यूएलटी ले प्रयोग नगरेको भएता पनि) ।
२. यदि प्रयोग गर्दा नमिलेको जस्तो देखिन्छ र यसको प्रयोगबिना नै मानिसहरूले विचारहरूको सम्बन्धलाई ठिक तरिकाले बुझ्दछन् भने संयोजक शब्दको प्रयोग नगर्नुहोस् ।
३. फरक संयोजक शब्दको प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीति प्रयोगका उदाहरणहरू
१. संयोजक शब्दहरू प्रयोग गर्नुहोस् (यूएलटी ले प्रयोग नगरेको भएता पनि) ।
* **येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउने छु ।” तिनीहरूले तुरुन्‍तै आफ्‍ना जालहरू छोडे, र उहाँको पछि लागे ।** (मर्कूस १:१७-१८ यूएलटी) - तिनीहरू येशूको पछि लागि <u>कनभने </u> येशूले तिनीहरूलाई त्यसै भन्नुभयो । केही अनुवादकहरूले यसलाई "त्यसैले " पनि जोड्न सकिन्छ ।
* येशूले तिनीहरूलाई भन्‍नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका जालहारी बनाउने छु।” <u>त्यसैले </u> तिनीहरूले तुरुन्‍तै आफ्‍ना जालहरू छोडे, र उहाँको पछि लागे।
२. यदि प्रयोग गर्दा नमिलेको जस्तो देखिन्छ र यसको प्रयोगबिना नै मानिसहरूले विचारहरूको सम्बन्धलाई ठिक तरिकाले बुझ्दछन् भने संयोजक शब्दको प्रयोग नगर्नुहोस् ।
* **यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, <u></u> मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइने छ। <u>तर</u>जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइने छ।** (मत्ति ५ः१९ यूएलटी)
केही भाषाहरूले यहाँ संयोजक शब्दहरू प्रयोग गर्न चाहदैनन्, किनभने तिनीहरूको प्रयोगबिना नै अर्थ स्पष्ट हुन्छ र प्रयोग गरिएको खण्डमा अर्थ अस्वभाविक हुन्छ । तिनीहरूलाई यसरी अनुवाद गर्न सकिन्छः
* त्यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइने छ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइने छ।
* **जब अन्‍यजातिहरूका बिचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, <u>तर </u>तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ। <u>तब </u> तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसें।** (गलाती १:१६-१८ यूएलटी) -
केही भाषाहरूमा "तर" वा "तब" जस्ता शब्दहरूको आवश्यकता पर्दैनन् ।
* मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ। तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसें।
३. फरक संयोजक शब्दको प्रयोग गर्नुहोस् ।
* **<u>यसैकारण </u> जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइने छ। <u>तर</u>जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइने छ।** (मत्ति ५ः१९ यूएलटी) "यसैकारण " शब्दको सट्टमा कुनै भाषामा एउटा वाक्यांशको आवश्यकता पर्न सक्छ जसले यो भन्दा अगाडि एउटा भाग थियो र त्यै भागलाई यो भागले पछ्याएको छ भन्‍ने थाह होस् । "तर" भन्‍ने शब्द पनि यहाँ दुई प्रकारका मानिसहरूको बिचमा फरक देखाउनलाई प्रयोग भएको छ । तर केही भाषामा "तर" शब्दले यो भन्दा अगाडि के आएको कुराको कारण पछि आउने कुरा आश्‍चर्यजनक छ भन्‍ने जनाउँछ । त्यसकारण त्यस्ता भाषाहरूमा "र" को प्रयोग स्पष्ट हुनसक्छ ।
* <u>त्यो कारणले गर्दा</u>,त्यसैकारण जसले यी आज्ञाहरूमध्‍ये सबैभन्‍दा सानोलाई उल्‍लङ्घन गर्ला, मानिसहरूलाई त्‍यसै गर्न सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो सबैभन्‍दा सानो कहलाइने छ। <u></u>जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्‍वर्गको राज्‍यमा त्‍यो ठूलो कहलाइने छ ।
* **<u>पछि</u> तर त्‍यस भीडमध्‍ये कसैले एक कुरा र कसैले अर्को कुरा भनेर कराए, र उनले त्‍यस होहल्‍लाले गर्दा घटना के हो सो थाहा पाउन नसकेकाले पावललाई ब्‍यारेकमा लैजानू भनी आज्ञा दिए ।** (प्रेरित २१:३४) वाक्यको पहिलो भाग "पछि" बाट सुरू गर्नुको सट्टा , केही अनुवादकहरूले " उस्तै सम्बन्ध देखाउनको लागि त्यसकारण" शब्दबाट वाक्यको दोस्रो भागको सुरु गर्छन् ।
* "कप्तानले होहल्‍लाले गर्दा केही भन्न सकेन <u>त्यसकारण </u>उसले पावललाई ब्‍यारेकमा लैजानू भनी आज्ञा दिए ।”