81 lines
13 KiB
Markdown
81 lines
13 KiB
Markdown
### मैले पहिला केको अनुवाद गर्नुपर्छ ?
|
|
|
|
कुनै विन्दुमा, अनुवाद टोलीले पहिला केको अनुवाद गर्नुपर्छ भनेर तिनीहरूले निधो गर्नुपर्ने हुनेछ, वा, यदि तिनीहरूले पहिला नै केही अनुवाद गरिसकेका छन् भने, त्यसपछि केको अनुवाद गर्ने भनेर निधो गर्नुपर्ने हुनेछ । त्यहाँ थुप्रै कारक तत्त्वहरू छन् जसको बारेमा विचार गरिनुपर्छः
|
|
|
|
* मण्डलीले के अनुवाद भएको चाहन्छ ?
|
|
* अनुवाद टोली कत्तिको अनुभवी छ ?
|
|
* बाइबलीय सामग्रीको कति जति यस भाषामा अनुवाद भएको छ ?
|
|
|
|
यी प्रश्नहरूका निम्ति भएका उत्तरहरू सबै महत्त्वपूर्ण हुन्छन् । तर यो याद गर्नुहोस्ः
|
|
|
|
**अनुवाद भनेको एउटा सीप हो जुन अनुभवसँगै बढ्छ ।**
|
|
|
|
किनभने अनुवाद चाहिँ बढ्दै जाने एउटा सीप हो, कम जटिल रहेका सामग्रीको अनुवाद गर्न सुरु गर्नु बुद्धिमानी हो ताकि सामान्य कुराको अनुवाद गर्दै गर्दा अनुवादकहरूले त्यो सीप सिक्न सकून् ।
|
|
|
|
### अनुवादको कठिनाइ
|
|
|
|
विक्लिफ बाइबल अनुवादकहरूले बाइबलका विभिन्न पुस्तकहरूको अनुवाद गर्ने कठिनाइलाई आँकडा गर्ने अङ्क दिएका छन् । तिनीहरूको आँकडा गर्ने अङ्क दिने प्रणालीमा, अनुवाद गर्नलाई सबैभन्दा जटिल पुस्तकहरूले कठिनाइको तह ५ पाउँछन् । अनुवाद गर्नलाई सबैभन्दा सजिला पुस्तकहरू तह १ मा छन् ।
|
|
|
|
सामान्य रूपमा, अमूर्त, कविताको शैलीमा भएका, र ईश्वरशास्त्रीय अवधारणाले भरिएका पदावलीहरू र विचारहरू भएका पुस्तकहरूको अनुवाद गर्न बढी कठिन हुन्छन् । बढी कथाको शैलीमा भएका र ठोस कुराहरूको बारेमा भएका पुस्तकहरू सामान्यतया अनुवाद गर्नलाई सजिला हुन्छन् ।
|
|
|
|
#### कठिनाइ तह ५ (अनुवाद गर्नलाई सबैभन्दा कठिन)
|
|
|
|
* पुरानो करार
|
|
* अय्यूब, भजनसङ्ग्रह, यशैया, यर्मिया, इजकिएल
|
|
* नयाँ करार
|
|
* रोमीहरू, गलातीहरू, एफिसीहरू, फिलिप्पीहरू, कलस्सीहरू, हिब्रूहरू
|
|
|
|
#### कठिनाइ तह ४
|
|
|
|
* पुरानो करार
|
|
* लेवी, हितोपदेश, उपदेशक, श्रेष्ठगीत, विलाप, दानिएल, होशे, योएल, आमोस, ओबदिया, मीका, नहुम, हबकूक, सपन्याह, हाग्गै, जकरिया, मलाकी
|
|
* नयाँ करार
|
|
* यूहन्ना, १-२ कोरिन्थीहरू, १-२ थेसलोनिकीहरू, १-२ पत्रुस, १ यूहन्ना, यहूदा
|
|
|
|
#### कठिनाइ तह ३
|
|
|
|
* पुरानो करार
|
|
* उत्पत्ति, प्रस्थान, गन्ती, व्यवस्था
|
|
* नयाँ करार
|
|
* मत्ती, मर्कुस, लूका, प्रेरितहरू, १-२ तिमोथी, तीतस, फिलेमोन, याकूब, २-३ यूहन्ना, प्रकाश
|
|
|
|
#### कठिनाइ तह २
|
|
|
|
* पुरानो करार
|
|
* यहोशू, न्यायकर्ता, रूथ, १-२ शमूएल, १-२ शमूएल राजा, १-२ इतिहास, एज्रा, नहेम्याह, एस्थर, योना
|
|
* नयाँ करार
|
|
* *कुनै छैन*
|
|
|
|
#### कठिनाइ तह १ (अनुवाद गर्नलाई सबैभन्दा सजिलो)
|
|
|
|
* *कुनै छैन*
|
|
|
|
### खुला बाइबल कथाहरू
|
|
|
|
हुन त खुला बाइबल कथाहरूलाई यस आँकडा अङ्क दिने प्रणालीद्वारा जाँच गरिएको थिएन, यो कठिनाइ तह १ पर्नुपर्छ । तपाईंले खुला बाइबल कथाहरूको अनुवाद गर्नदेखि सुरु गर्नुहोस् भनेर हामी सुझाव दिन्छौँ । खुला बाइबल कथाहरूलाई अनुवाद गरेर सुरु गर्नुका धेरै असल कारणहरू छन्ः
|
|
|
|
* खुला बाइबल कथाहरू सजिलै अनुवाद हुने गरेर निर्माण गरिएको थियो ।
|
|
* यसको अधिकांश भाग कथाको शैलीमा छ ।
|
|
* धैरै कठिन वाक्यांशहरू र शब्दहरूलाई सरलीकरण गरिएका छन् ।
|
|
* अनुवादकलाई खण्ड बुझ्नका लागि मदत गर्न यसमा थुप्रै चित्रहरू छन् ।
|
|
* खुला बाइबल कथाहरू बाइबल वा नयाँ करारभन्दा पनि धेरै छोटा छन्, त्यसैले यसलाई छिटै सकाउन सकिन्छ र मण्डलीमा वितरण गर्न सकिन्छ ।
|
|
* किनकि यो धर्मशास्त्र होइन, परमेश्वरको वचनको अनुवाद गर्ने कुरामा धेरै अनुवादकहरूलाई हुने डरलाई खुला बाइबल कथाहरूले हटाउँछ ।
|
|
* बाइबलको अनुवाद गर्नुभन्दा पहिला खुला बाइबल कथाहरू अनुवाद गर्नाले अनुवादकहरूलाई अनुवादमा अनुभव र तालिम प्रदान गर्छ, ताकि जब तिनीहरूले बाइबलको अनुवाद गर्छन्, त्यो तिनीहरूले राम्ररी गर्नेछन् । खुला बाइबल कथाहरू अनुवाद गरेर, अनुवाद टोलीले निम्न कुराहरू प्राप्त गर्नेछः
|
|
* अनुवाद गर्ने र जाँच गर्ने टोली बनाउनमा अनुभव
|
|
* अनुवाद गर्ने र जाँच गर्ने प्रक्रियामा अनुभव
|
|
* डोर फोर्टी थ्रीका अनुवादका साधनहरू प्रयोग गर्नमा अनुभव
|
|
* अनुवादका विवादहरू सुल्झाउनमा अनुभव
|
|
* मण्डली र समुदायको सहभागिता पाउनमा अनुभव
|
|
* सामग्रीको प्रकाशन र वितरण गर्नमा अनुभव
|
|
* मण्डलीलाई सिकाउन, हराएकाहरूलाई सुसमाचारमा विश्वास गर्न लगाउन, अनि बाइबल पूरै केको बारेमा हो भनेर अनुवादकहरूलाई तालिम दिनका लागि खुला बाइबल कथाहरू एउटा ठूलो साधन हुन् ।
|
|
|
|
तपाईंले चाहनुभएको कुनै पनि क्रमअनुसार तपाईंले कथाहरूमा काम गर्न सक्नुहुन्छ, तर हामीले पाएका छौँ कि
|
|
|
|
## ३१ को कथा (हेर्नुहोस् http://ufw.io/en-obs-31) अनुवाद गर्नलाई एउटा असल कथा हो किनकि यो छोटो र बुझ्नलाई सजिलो छ ।
|
|
|
|
### निष्कर्ष
|
|
|
|
अन्ततः, मण्डलीले निर्णय गर्नुपर्छ कि तिनीहरूले केको अनुवाद गर्न चाहन्छन् र कुन क्रममा गर्न चाहन्छन् । तर किनभने अनुवाद चाहिँ प्रयोग गर्दै गर्दा सुधार हुँदै जाने सीप हो, र किनभने खुला बाइबल कथाहरूको अनुवाद गरेर अनुवाद गर्ने र जाँच गर्ने टोलीले बाइबल अनुवाद सम्बन्धि धेरै कुराहरू सिक्न सक्छन्, र किनभने अनुवाद भएको खुला बाइबल कथाहरूले स्थानीय मण्डलीलाई अहम् मूल्यका कुराहरू दिन्छ, तपाईंले आफ्नो अनुवादको कामलाई खुला बाइबल कथाहरूबाट सुरु गर्नुहोस् भनेर हामी विशेष सुझाव दिन्छौँ ।
|
|
|
|
खुला बाइबल कथाहरूको अनुवाद गरिसकेपछि, सबैकुरा कसरी सुरु भयो (उत्पत्ति, प्रस्थान) भन्ने कुरालाई लिएर वा येशूको बारेमा (नयाँ करारको सुसमाचार) भएको कुरालाई लिएर सुरु गर्नु बढी फाइदाजनक हुनेछ भन्ने विषयमा मण्डलीले निर्णय गर्न जरुरी हुनेछ । दुवै खण्डमा, कठिनाइ तह २ र ३ का पुस्तकहरूलाई (जस्तो कि उत्पत्ति, रूथ, र मर्कुस) लिएर बाइबल अनुवाद थालनी गर्नलाई हामी सुझाव दिन्छौँ । अन्ततः, अनुवाद टोलीले थुप्रै अनुभव हासिल गरेपछि, तिनीहरूले कठिनाइ तह ४ र ५ का पुस्तकहरूको (जस्तो कि यूहन्ना, हिब्रूहरू, र भजनसङ्ग्रह) अनुवाद गर्न सुरु गर्न सक्छन् । यदि अनुवाद टोलीले यस कार्यतालिकालाई पछ्याउँछन् भने, तिनीहरूले निकै कम त्रुटिका साथ बढी उत्तम अनुवादहरू बनाउनेछन् ।
|