ne_ta/translate/translate-wforw/01.md

11 KiB

परिभाषा

शब्दको लागि शब्दको प्रतिस्थापन भनेको सबैभन्दा बढी अक्षरशः गरिएको अनुवादको प्रारूप हो । असल अनुवादहरू गर्नका लागि यो उत्तम छनोट होइन । शब्दको लागि शब्दको अनुवादले सामान्य रूपमा स्रोत भाषामा भएको प्रत्येक शब्दलाई लक्षित भाषाबाट मिल्‍ने शब्दले प्रतिस्थापन गर्छ ।

शब्दको लागि शब्दको अनुवादहरूमा

  • ध्यान एक समयमा एउटा शब्दमा हुन्छ ।
  • लक्षित भाषाको स्वभाविक वाक्य संरचना, वाक्यांश संरचनाहरू र भाषाको अलङ्कारलाई बेवास्ता गरिन्छ ।
  • शब्दको लागि शब्दको अनुवादको प्रक्रिया धेरै सरल छ ।
  • स्रोत खण्‍डमा भएको पहिलो शब्दलाई त्यससँग मिल्‍ने शब्दले अनुवाद गरिन्छ ।
  • त्यसपछि अर्को शब्द गरिन्छ । यो कुरा पदको अनुवाद नहोउञ्‍जेलसम्‍म निरन्तर हुन्छ ।
  • शब्दको लागि शब्दको तरिका आकर्षक छ किनभने यो निकै सरल छ । तर, यसको परिणाम चाहिँ धेरै कम गुणस्तरको अनुवाद हुन्छ ।

शब्दको लागि शब्दको प्रतिस्थापन गर्ने कुराले पढ्नलाई अनौठो हुने अनुवादहरू निकाल्‍छ । तिनीहरू धेरैपटक अलमल्याउने किसिमको हुन्छ र गलत अर्थ दिन वा कुनै अर्थ नदिन पनि सक्‍छ । तपाईंले यस किसिमको अनुवादलाई पन्साउनुपर्छ । यहाँ केही उदाहरणहरू छन्ः

शब्द क्रम

यहाँ यूएलटीमा भएको लूका ३:१६ को एउटा उदाहरण दिइएको छः

यूहन्‍नाले तिनीहरू सबैलाई यसो भनेर जवाफ दिए, “मैले चाहिँ, म तिमीहरूलाई पानीले बप्‍तिस्मा दिन्छु, तर कोही आउँदै हुनुहुन्छ जो मभन्दा बढी शक्तिशाली हुनुहुन्छ, र म उहाँको जुत्ताको फित्ता खोल्‍न पनि योग्‍यको छैन । उहाँले तिनीहरूलाई पवित्र आत्माले र आगोले बप्‍तिस्मा दिनुहुनेछ ।”

अनुवाद स्‍पष्‍ट र बुझ्‍नलाई सजिलो किसिमको छ । तर मानिलिनुहोस् कि अनुवादकहरूले शब्दको लागि शब्दको पद्धतिको प्रयोग गरेका थिए । अनुवाद कस्तो किसिमको हुने थियो ?

यहाँ मूल ग्रीकमा भएको एउटै क्रममा शब्दहरूलाई अङग्रजीमा अनुवाद गरेर राखिएको छ ।

जवाफ दिए लाई सबै त्यो यूहन्‍ना म वास्तवमा सँग पानी बप्‍तिस्मा तिमीहरू उहाँ आउनुहुन्छ तर बढी शक्तिशाली भन्दा म को जसको छैन म छु योग्‍य खोल्‍न त्यो फित्ता को त्यो जुत्ताहरू को उहाँलाई उहाँ तिमीहरू हुनेछ बप्‍तिस्मा सँग आत्मा पवित्र र आगो

यो अनुवाद अनौठो छ र अङ्ग्रेजीमा केही अर्थ दिँदैन ।

माथिको यूएलटीको संस्करणलाई फेरि पनि हेर्नुहोस् । यूएलटीको अङग्रजी अनुवादकहरूले मूल ग्रीक शब्द क्रमलाई कायम राखेनन् । अङग्रजी व्याकरणसँग मिलाउनका लागि तिनीहरूले वाक्यमा भएका शब्दहरूलाई यताउता सारे । तिनीहरूले केही वाक्यांशहरूको प्रयोगलाई पनि बदले । उदाहरणको लागि, “यूहन्‍नाले सबैलाई यसो भन्दै जवाफ दिए” भन्‍नुभन्दा अङग्रजी यूएलटीले भन्छ, “यूहन्‍नाले तिनीहरू सबैलाई यसो भनेर जवाफ दिए ।”खण्‍डलाई स्वभाविक किसिमको सुनाउनका लागि तिनीहरूले विभिन्‍न शब्दहरूलाई विभिन्‍न क्रममा प्रयोग गरे ताकि त्यसले मूल अर्थलाई सफलतापूर्वक प्रवाह गर्न सकोस् ।

अनुवादले ग्रीक खण्‍डले झैँ उही अर्थलाई प्रवाह गर्नुपर्छ । यस उदाहरणमा, शब्दको लागि शब्दको अनौठो संस्करणभन्दा यूएलटी धेरै उत्तम अङग्रजी अनुवाद हो ।

शब्दका अर्थहरूको सीमा

त्यसमाथि, शब्दको लागि शब्दको प्रतिस्थापनले सामान्यतया यो कुराको ख्याल राख्‍दैन कि सबै भाषाहरूमा भएका अधिकांश शब्दहरूले विभिन्‍न अर्थहरू बोक्‍न सक्‍छन् । कुनै पनि एउटा खण्‍डमा, सामान्यतया लेखकको मनमा तीमध्ये केवल एउटा अर्थ हुन्छ । कुनै अर्को फरक खण्‍डमा, उनको मनमा कुनै फरक अर्थ भएको हुन सक्‍छ । तर शब्दको लागि शब्दको अनुवादहरूमा, सामान्यतया केवल एउटा अर्थलाई छानिन्छ र अनुवादभरी त्यसैलाई प्रयोग गरिन्छ ।

उदाहरणको लागि, ग्रीक शब्द “अग्‍लेओस्”ले मानव सन्देशवाहक वा कुनै एउटा स्वर्गदूतलाई जनाउन सक्‍छ ।

“यिनी उनी नै हुन् जसको बारेमा लेखिएको छ, ‘हेर, म मेरो सन्देशवाहक तिम्रो अघि पठाउँदै छु, जसले तिम्रो अगि तिम्रो बाटो तयार गर्नेछ ।’ (लूका ७:२७)

यहाँ “अग्‍लेओस्” शब्दले मानव सन्देशवाहकलाई जनाउँछ । येशूले बप्‍तिस्मा दिने यूहन्‍नाको बारेमा कुरा गरिरहनुभएको थियो ।

स्वर्गदूतहरू तिनीहरूबाट स्वर्गमा गएका थिए (लूका २:१५)

यहाँ “अग्‍लेओस्” शब्दले स्वर्गबाटका स्वर्गदूतहरूलाई जनाउँछ ।

त्यो शब्द दुई फरक किसिमका प्राणीहरूलाई जनाउनका लागि प्रयोग भएको भएतापनि, शब्दको लागि शब्दको अनुवादको प्रक्रियाले दुवै पदहरूमा एउटै शब्दलाई प्रयोग गर्न सक्‍छ । यो चाहिँ पाठककको लागि अलमल्याउने किसिमको हुनेछ ।

भाषाका अलङ्कारहरू

अन्ततः, शब्दको लागि शब्दको अनुवादमा भाषाका अलङ्कारलाई ठीक तरिकाले नदिइएको हुन सक्‍छ । भाषाका अलङ्कारहरूको अर्थ तिनमा भएका एकल शब्दहरूको भन्दा फरक हुन्छ । जब तिनीहरूलाई शब्दको लागि शब्दको तरिकाले अनुवाद गरिन्छ, भाषाको अलङ्कारको अर्थ गुम्छ । यदि तिनीहरूलाई लक्षित भाषाको सामान्य शब्द क्रमलाई पछ्याएर अनुवाद गरे पनि, पाठकहरूले तिनीहरूको अर्थ बुझ्‍नेछैनन् । तिनीहरूलाई कसरी ठीक तरिकाले अनुवाद गर्ने भनेर सिक्‍नका लागि भाषाका अलङ्कारहरू मा भएको पृष्‍ठलाई हेर्नुहोस् ।