ne_ta/translate/translate-tform/01.md

17 lines
4.4 KiB
Markdown

### अर्थको महत्त्व
बाइबल लेख्‍ने मानिसहरूसँग परमेश्‍वरबाटका सन्देशहरू थिए जुन मानिसहरूले बुझेका परमेश्‍वरले चाहनुहुन्थ्यो । यी मूल लेखकहरूले तिनीहरूका मानिसहरूले बोल्‍ने भाषालाई प्रयोग गरे ताकि तिनीहरू र तिनीहरूका मानिसहरूले परमेश्‍वरका सन्देशहरू बुझ्‍न सकून् । ती नै सन्देशहरू आजका मानिसहरूले पनि बुझेका परमेश्‍वर चाहनुहुन्छ । तर आजका मानिसहरूले लामो समयअगाडि बाइबल लेखिएको भाषा बोल्‍दैनन् । त्यसैले आजका मानिसहरूले बोल्‍ने भाषाहरूमा बाइबललाई अनुवाद गर्ने काम परमेश्‍वरले हामीलाई दिनुभएको छ ।
परमेश्‍वरका सन्देशहरू प्रवाह गर्नमा मानिसहरूले प्रयोग गर्ने कुनै खास भाषा महत्त्वपूर्ण छैन । प्रयोग गरिएका खास शब्दहरू महत्त्वपूर्ण छैनन् । महत्त्वपूर्ण कुरा चाहिँ ती शब्दहरूले प्रवाह गर्ने अर्थ हो । अर्थ चाहिँ सन्देश हो, शब्दहरू वा भाषा होइनन् । त्यसैले हामीले, तब अनुवाद गर्नुपर्ने कुरा भनेको स्रोत भाषाहरूका शब्दहरू वा वाक्यहरूका प्रारूपहरू होइनन्, तर अर्थ हो ।
तक दिइएका वाक्यहरूको जोडिहरूलाई हेर्नुहोस् ।
* सारा रात पानी पर्‍यो । / पानी रातभरी पर्‍यो ।
* जन त्यो खबर सुन्दा धेरै अचम्‍मित भएका थिए । / खबरले जनलाई धेरै छक्‍क बनायो जब उनले त्यो सुने ।
* त्यो गर्मी दिन थियो । / दिन गर्मी थियो ।
* पिटरको घर / त्यो घर जुन पिटरको हो
तपाईंले देख्‍न सक्‍नुहुन्छ कि वाक्यहरूको हरेक जोडिले भिन्‍न शब्दहरूको प्रयोग गरेतापनि तिनीहरूको अर्थ एउटै छ । यस किसिमले यो एउटा असल अनुवादमा पर्छ । हामी स्रोत खण्‍डमा भएकाभन्दा भिन्‍न शब्दहरूलाई प्रयोग गर्नेछौँ, तर हामी अर्थलाई एउटै राख्‍नेछौँ । हामी हाम्रा मानिसहरूले बुझ्‍ने शब्दहरू प्रयोग गर्नेछौँ र तिनलाई हाम्रो भाषाको लागि स्वभाविक हुने किसिमले प्रयोग गर्नेछौँ । स्रोत खण्‍डको जस्तै एउटै अर्थलाई प्रस्‍ट र स्वभाविक ढङ्गमा प्रयोग गर्नु नै अनुवादको लक्ष्य हो ।
* बार्नवेलबाटका उदाहरण वाक्यहरू, पृ. १९-२०, (सी) एसआइएल इन्टरनेशनल १९८६, अनुमतिद्वारा प्रयोग गरिएको ।*