ne_ta/translate/translate-source-text/01.md

14 lines
3.2 KiB
Markdown

### स्रोत खण्‍डको लागि विचार गर्नुपर्ने कुराहरू
स्रोत खण्‍डको छनोट गर्दा, त्यहाँ थुप्रै कुराहरू छन् जसको विचार गरिनुपर्छः
* **[विश्‍वासको कथन](../../intro/statement-of-faith/01.md)** - के खण्‍ड विश्‍वासको कथनसँग मेल खान्छ ?
* **[अनुवादका मार्गदर्शनहरू](../../intro/translation-guidelines/01.md)** - के खण्‍ड अनुवादका मार्गदर्शनहरूसँग मेल खान्छ ?
* **भाषा** - के खण्‍ड सुहाउँदो भाषामा छ जसलाई अनुवादकहरू र जाँच गर्नेहरूले राम्ररी बुझ्‍छन् ?
* **[प्रतिलिप अधिकारहरू, अनुमतिपत्रहरू, र स्रोत खण्‍डहरू](../translate-source-licensing/01.md)** - के खण्‍ड त्यस्तो एउटा अनुमतिपत्र अन्तर्गत ल्याइएको छ जसले पर्याप्‍त कानुनी स्वतन्त्रता प्रदान गर्छ ?
* **[स्रोत खण्‍डहरू र संस्करण सङ्ख्याहरू](../translate-source-version/01.md)** - के खण्‍ड सबैभन्दा पछिल्‍लो आएको, सबैभन्दा पछि अद्यावधिक गरएको हो ?
* **[मूल र स्रोत भाषाहरू](../translate-original/01.md)** - के अनुवाद टोलीले स्रोत भाषाहरू र मूल भाषाहरूको बीचमा भएको भिन्‍नतालाई बुझ्‍छन् ?
* **[मूल पाण्‍डुलिपिहरू](../translate-manuscripts/01.md)** - के अनुवाद टोलीले मूल पाण्‍डुलिपिहरू र [खण्‍डमा हुने भिन्‍नताहरू](../translate-textvariants/01.md)को बारेमा बुझ्‍छन् ?
यो महत्त्वपूर्ण छ कि भाषा समूहमा भएका मण्‍डलीहरूका अगुवाहरूले त्यो स्रोत खण्‍ड राम्रो हो भन्‍ने कुरामा सहमत होऊन् । खुला बाइबल कथाहरू थुप्रै स्रोत भाषाहरूमा http://ufw.io/stories/ मा उपलब्ध छन् । त्यहाँ अनुवादका लागि स्रोतहरूको रूपमा प्रयोग गरिनलाई अङ्ग्रेजीमा बाइबलका अनुवादहरू पनि छन्, र साथै अरू भाषाहरूमा पनि चाँडै हुनेछन् ।