65 lines
10 KiB
Markdown
65 lines
10 KiB
Markdown
### विवरण
|
||
|
||
बाइबलमा क्रम सङ्ख्याहरूलाई मुख्य रूपमा सूचीमा भएको केही कुराको स्थानको विषयमा भन्नलाई प्रयोग गरिएका छन् ।
|
||
|
||
>उहाँले मण्डलीलाई <u>पहिला</u> प्रेरितहरू, <u>दोस्रो</u> अगमवक्ताहरू, <u>तेस्रो</u> शिक्षकहरू, त्यसपछि शक्तिशाली कार्यहरू गर्नेहरू दिनुभयो (१ कोरिन्थीहरू १२:२८ यूएलटी)
|
||
|
||
यो चाहिँ परमेश्वरले मण्डलीलाई दिनुभएको कामदारहरूको सूची हो जुन तिनीहरूको क्रमअनुसार छ ।
|
||
|
||
#### अङ्ग्रेजीमा भएका क्रम सङ्ख्याहरू
|
||
|
||
अङ्ग्रेजीमा भएका अधिकांश क्रम सङ्ख्याहरूमा सामान्य रूपमा अन्तिममा “-टीएच” थपिएको हुन्छ ।
|
||
|
||
| अङ्क | सङ्ख्या | क्रम सङ्ख्या |
|
||
| -------- | -------- | -------- |
|
||
| ४ | चार | चौथो |
|
||
| १० | दश | दशौँ |
|
||
| १०० | एक सय | एक सयौँ |
|
||
| १,००० | एक हजार | एक हजारौँ |
|
||
|
||
अङ्ग्रेजीमा भएका केही क्रम सङ्ख्याहरूले त्यस ढाँचालाई पछ्याउँदैन ।
|
||
|
||
| अङ्क | सङ्ख्या | क्रम सङ्ख्या |
|
||
| -------- | -------- | -------- |
|
||
| १ | एक | पहिलो |
|
||
| २ | दुई | दोस्रो |
|
||
| ३ | तीन | तेस्रो |
|
||
| ५ | पाँच | पाँचौँ |
|
||
| १२ | बाह्र | बाह्रौँ |
|
||
|
||
#### यो अनुवादको विषय हुनुको कारणः
|
||
|
||
केही भाषाहरूमा सूचीमा भएका चीजहरूको क्रमलाई देखाउनका लागि विशेष सङ्ख्याहरू हुँदैनन् । यसको सामना गर्नलाई थुप्रै तरिकाहरू छन् ।
|
||
|
||
### बाइबलबाट उदाहरणहरू
|
||
|
||
><u>पहिलो</u> चिट्ठा यहोयारीबलाई गयो, <u>दोस्रो</u> यदायाहलाई, <u>तेस्रो</u> हारीमलाई, <u>चौथो</u> सोरीमलाई, ... <u>तेइसौँ</u> दलायाहलाई, अनि <u>चौबीसौँ</u> माज्याहलाई । (१ इतिहास २४:७-१८ यूएलटी)
|
||
|
||
मानिसहरूले चिट्ठा हाले र एउटा यी हरेक मानिसहरूलाई दिइएको क्रममा पर्यो ।
|
||
|
||
>तैँले त्यसलाई बहुमूल्य ढुङ्गाहरूको चार लहरमा राख्नुपर्छ । <u>पहिलो</u> लहरमा मानिक, पुष्पराज, र बेरूज हुनुपर्छ । <u>दोस्रो</u> लहरमा पन्ना, नीर, र हीरा हुनुपर्छ । <u>तेस्रो</u> लहरमा नीलमणि, हाकिक, र कटेला हुनुपर्छ । <u>चौथो</u> लहरमा पीतमणि, आनिक्स, र बिल्लौर हुनुपर्छ । तिनीहरूलाई सुनका घरहरूमा जडिनुपर्छ । (प्रस्थान २८:१७-२० यूएलटी)
|
||
|
||
यसले पत्थरहरूका चार लहरहरूलाई वर्णन गर्छ । पहिलो लहर शायद माथिको लहर हो, र चौथो लहर शायद सबैभन्दा तलको लहर हो ।
|
||
|
||
### अनुवादका रणनीतिहरू
|
||
|
||
यदि तपाईंको भाषामा क्रम सङ्ख्याहरू छन् भने र तिनको प्रयोगले ठीक अर्थ दिन्छ भने, तिनीहरूलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् । यदि छैनन् भने, विचार गर्नका लागि यहाँ केही रणनीतिहरू छन्ः
|
||
|
||
१. पहिलो चीजको लागि “एउटा” शब्दको प्रयोग गर्नुहोस् र बाँकीको लागि “अर्को” वा “त्यसपछिको” शब्द प्रयोग गर्नुहोस् ।
|
||
२. चीजहरूको जम्मा सङ्ख्या भन्नुहोस् अनि तिनलाई वा तिनीहरूसँग सम्बन्धित रहेका कुराहरूलाई सूचीकृत गर्नुहोस् ।
|
||
|
||
### अनुवादका रणनीतिहरूलाई लागु गरिएका उदाहरणहरू
|
||
|
||
१. चीजहरूको जम्मा सङ्ख्या भन्नुहोस्, अनि पहिलो चीजको लागि “एउटा” शब्दको प्रयोग गर्नुहोस् र बाँकीको लागि “अर्को” वा “त्यसपछिको” शब्द प्रयोग गर्नुहोस् ।
|
||
|
||
* **पहिलो चिट्ठा यहोयारीबलाई गयो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई ।** (१ इतिहास २४:७-१८ यूएलटी)
|
||
* त्यहाँ <u>चौबीसवटा</u> चिट्ठाहरू थिए । <u>एउटा चिट्ठा</u> यहोयारीबलाई गयो, <u>अर्को</u> यदायाहलाई, <u>अर्को</u> हारीमलाई, ... <u>अर्को</u> दलायाहलाई, <u>अनि अन्तिमको</u> माज्याहलाई गयो ।
|
||
* त्यहाँ <u>चौबीसवटा</u> चिट्ठाहरू थिए । <u>एउटा चिट्ठा</u> यहोयारीबलाई गयो, <u>त्यसपछिको</u> यदायाहलाई, <u>त्यसपछिको</u> हारीमलाई, ... <u>त्यसपछिको</u> दलायाहलाई, <u>अनि अन्तिमको</u> माज्याहलाई गयो ।
|
||
* **एउटा नदी बगैँचा भिजाउनलाई अदनबाट बाहिर गएको थियो । त्यहाँबाट त्यो भाग भएको थियो र <u>चार</u> नदीहरू भएको थियो । <u>पहिलो</u>को नाउँ पीशोन हो । यो त्यही हो जुन हवीलाको समस्त मुलुकबाट भएर बहन्छ, जहाँ सुन पाइन्छ । त्यस देशको सुन असल हुन्छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् । <u>दोस्रो</u>को नाउँ गीहोन हो । यो चाहिँ कूशको समस्त मुलुकबाट भएर बहन्छ । <u>तेस्रो</u>को नाउँ टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट भएर बहन्छ । <u>चौथो</u> नदी यूफ्रेटिस हो ।** (उत्पत्ति २:१०-१४ यूएलटी)
|
||
* एउटा नदी बगैँचा भिजाउनलाई अदनबाट बाहिर गएको थियो । त्यहाँबाट त्यो भाग भएको थियो र <u>चार</u> नदीहरू भएको थियो । <u>एउटा</u>को नाउँ पीशोन हो । यो त्यही हो जुन हवीलाको समस्त मुलुकबाट भएर बहन्छ, जहाँ सुन पाइन्छ । त्यस देशको सुन असल हुन्छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् । <u>त्यसपछि</u>को नाउँ गीहोन हो । यो चाहिँ कूशको समस्त मुलुकबाट भएर बहन्छ । <u>त्यसपछि</u>को नाउँ टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट भएर बहन्छ । <u>अन्तिम</u> नदी यूफ्रेटिस हो ।
|
||
|
||
२. चीजहरूको जम्मा सङ्ख्या भन्नुहोस् अनि तिनलाई वा तिनीहरूसँग सम्बन्धित रहेका कुराहरूलाई सूचीकृत गर्नुहोस् ।
|
||
|
||
* **पहिलो चिट्ठा यहोयारीबलाई गयो, दोस्रो यदायाहलाई, तेस्रो हारीमलाई, चौथो सोरीमलाई, ... तेइसौँ दलायाहलाई, अनि चौबीसौँ माज्याहलाई ।** (१ इतिहास २४:७-१८ यूएलटी)
|
||
* तिनीहरूले <u>चौबीसवटा</u> चिट्ठाहरू हाले । चिट्ठाहरू यहोयारीब, यदायाह, हारीम, सोरीम, ... दलायाह, अनि माज्याहलाई गयो ।
|