ne_ta/translate/translate-manual/01.md

11 lines
2.6 KiB
Markdown

### अनुवाद निर्देशन पुस्तिकाले के सिकाउँछ ?
यो निर्देशन पुस्तिकाले अनुवादको सिद्धान्तको बारेमा र अन्य भाषाहरूको (अ.भाहरू) लागि एउटा असल अनुवाद कसरी बनाउने भनेर सिकाउँछ । यस निर्देशन पुस्तिकामा भएका अनुवादका केही सिद्धान्तहरू गेटवे भाषा अनुवादमा पनि लागु हुन्छ । गेटवे भाषाहरूको लागि भएका अनुवादका साधनहरूको सङ्ग्रहलाई कसरी अनुवाद गर्ने भनेर निर्दिष्‍ट निर्देशन पाउनका लागि, कृपया गेटवे भाषा निर्देशन पुस्तिकालाई हेर्नुहोस् । कुनै पनि प्रकारको अनुवादको काम थालनी गर्नुभन्दा अगाडि यी थुप्रै भागहरूको अध्ययन गर्नु चाहिँ धेरै सहयोगी हुन सक्‍छ । अन्य भागहरू, जस्तै कि व्याकरणको बारेमा भएकाहरू चाहिँ “चाहिएको समयमा” पढ्नलाई मात्रै आवश्‍यक हुन्छन् ।
अनुवाद निर्देशन पुस्तिकामा भएका केही प्रमुख कुराहरूः
* [असल अनुवादका गुणहरू](../guidelines-intro/01.md) - असल अनुवादको परिभाषा
* [अनुवादको प्रक्रिया](../translate-process/01.md) - असल अनुवाद कसरी प्राप्‍त गर्ने
* [अनुवाद टोलीको छनोट](../choose-team/01.md) - अनुवादको काम सुरु गर्नुभन्दा पहिला विचार गर्नुपर्ने केही कुराहरू
* [के अनुवाद गर्ने भनेर छान्‍ने](../translation-difficulty/01.md) - के अनुवाद गर्न सुरु गर्ने