ne_ta/translate/translate-fraction/01.md

70 lines
12 KiB
Markdown

### विवरण
भाग-सङ्ख्याहरू भनेका एक प्रकारको सङ्ख्या हुन् जसले कुनै थोकको बराबर रूपमा रहेका अंशहरूलाई अथवा मानिसहरूको वा थोकहरूको कुनै एउटा ठूलो समूहभित्र बराबर रूपमा रहेका समूहहरूलाई जनाउँछन् । कुनै चीज वा चीजहरूको समूहलाई दुई वा सोभन्दा बढी भागहरूमा वा समूहहरूमा बाँडिन्छ, र भाग-सङ्ख्याले ती अंशहरू वा समूहहरूमध्येमा कुनै एउटा वा त्यसभन्दा बढीलाई जनाउँछ ।
>अर्घ-बलिको लागि, तैँले एक हिन दाखमद्यको <u>एक तिहाइ</u> भाग चढाउनुपर्छ । (गन्ती १५:७ यूएलटी)
हिन भनेको चाहिँ दाखमद्य वा अन्य तरल पदार्थहरूको नाप गर्नका लागि प्रयोग गरिने एउटा भाँडो हो । तिनीहरूले एक हिन भाँडोलाई तीन बराबर भागहरूमा विभाजन गर्ने र तीमध्ये केवल एउटालाई मात्र भर्ने हिसाबले सोच्‍नुपर्थ्यो, र त्यति जति चाहिँ चढाउनुपर्थ्यो ।
जहाजहरूका ><u>एक तिहाइ</u> जति नष्‍ट भए । (प्रकाश ८:९ यूएलटी)
त्यहाँ थुप्रै जहाजहरू थिए । यदि जहाजहरूका तीन बराबर समूहहरूमा ती सबै जहाजहरूलाई भाग गरिएको थियो भने, जहाजहरूको एउटा समूह चाहिँ नष्‍ट भएको थियो ।
अङ्ग्रेजीमा अधिकांश भाग-सङ्ख्याहरूमा सामान्य रूपमा सङ्ख्याको पछाडि अन्तिममा “-टीएच” अक्षरहरू थपिन्छ ।
| सम्पूर्ण कुरालाई भाग लगाइएको अंशहरूको सङ्ख्या | भाग-सङ्ख्या |
| -------- | -------- |
| चार | चौथो |
| दश | दशौँ |
| एक सय | एक सयौँ |
| एक हजार | एक हजारौँ |
अङ्ग्रेजीमा केही भाग-सङ्ख्याहरूले त्यो ढाँचालाई पछ्याउँदैनन् ।
| सम्पूर्ण कुरालाई भाग लगाइएको अंशहरूको सङ्ख्या | भाग-सङ्ख्या |
| -------- | -------- |
| दुई | आधा |
| तीन | तेस्रो |
| पाँच | पाँचौँ |
**अनुवादको विषय हुनुको कारणः** केही भाषाहरूले भाग-सङ्ख्यालाई प्रयोग गर्दैनन् । तिनीहरूले सामान्य रूपमा भागहरू वा समूहहरूको रूपमा कुरा गर्न सक्‍छन्, तर तिनीहरूले कुनै एउटा भाग कति ठूलो छ वा कुनै समूहमा कति धेरै समावेश गरिएका छन् भनेर बताउनका लागि भाग-सङ्ख्याहरूको प्रयोग गर्दैनन् ।
### बाइबलबाटका उदाहरणहरू
>अब मनश्‍शेको कुलको <u>आधा</u> भागलाई, मोशाले बाशानमा अंश प्रदान गरेका थिए, तर अर्को <u>आधा</u> भागलाई चाहिँ, यहोशूले तिनीहरूका दाजुभाइहरूको छेउमा यर्दनको पश्‍चिममा रहेको जमिनको अंश दिए । (यहोशू २२:७ यूएलटी)
मनश्‍शेको कुल दुई समूहहरूमा विभाजन भएको थियो । “मनश्‍शेको कुलको एउटा भाग” भन्‍ने वाक्यांशले ती समूहहरूमध्येको एउटालाई जनाउँछ । “अर्को आधा भाग” भन्‍ने वाक्यांशले चाहिँ अर्को समूहलाई जनाउँछ ।
>ती चार दूतहरू जो त्यही घडी, त्यस दिन, त्यस महिना, र त्यस वर्षको लागि तयार पारिएका थिए, तिनीहरूलाई मानवजातिको <u>एक तिहाइ</u> जतिलाई मार्नका लागि छोडियो । (प्रकाश ९:१५ यूएलटी)
यदि सबै मानिसहरूलाई तीन बराबर समूहहरूमा बाँडिने हो भने, तब एउटा समूहमा भए जतिका मानिसहरू चाहिँ मारिने थिए ।
>तैँले अर्घ-बलिको रूपमा एक हिन दाखमद्यको <u>एक चौथो</u> भाग जति पनि तयार गर्नुपर्छ । (गन्ती १५:५ यूएलटी)
तिनीहरूले एक हिन दाखमद्यलाई चार बराबर भागहरूमा बाँडिरहेको कल्‍पना गर्नुपर्थ्यो र तीमध्येमा एउटा भागमा हुने जति चाहिँ तयार गर्नुपर्थ्यो ।
### अनुवादका रणनीतिहरू
यदि तपाईंको भाषामा भाग-सङ्ख्याले सही अर्थ दिनेछ भने, त्यसलाई प्रयोग गर्ने बारेमा विचार गर्नुहोस् । यदि त्यसो होइन भने, तपाईंले यी रणनीतिहरूको बारेमा विचार गर्न सक्‍नुहुन्छ ।
१. कुनै थोकलाई विभाजन गरिने भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस्, र तब जनाउन खोजिएको भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस् ।
२. वजन र लम्बाइ जस्ता नापहरूको लागि, तपाईंका मानिसहरूलाई थाहा भएको हुन सक्‍ने कुनै एकाइलाई वा यूएसटीमा प्रयोग गरिएका एकाइलाई प्रयोग गर्नुहोस् ।
३. नापहरूको लागि, तपाईंको भाषामा प्रयोग भएकाहरूलाई चलाउनुहोस् । त्यसो गर्नका लागि मापन प्रणालीसँग तपाईंका नापहरू कसरी सम्बन्धित छन् भनेर थाहा गर्न तपाईंलाई आवश्‍यक हुनेछ र हरेक नापको हिसाब गर्नुपर्नेछ ।
### यी अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू
१. कुनै थोकलाई विभाजन गरिने भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस्, र तब जनाउन खोजिएको भागहरू वा समूहहरूको सङ्ख्या बताउनुहोस् ।
* **समुद्रको <u>एक तिहाइ</u> रगत झैँ रातो भयो ।** (प्रकाश ८:८ यूएलटी)
* त्यो चाहिँ तिनीहरूले <u>तीन भागहरूमा</u> समुद्रलाई <u>विभाजन</u> गरेको जस्तै थियो, र समुद्रको <u>एउटा भाग</u> चाहिँ रगत भयो ।
* **तब तैँले त्यस साँढेको साथमा <u>आधा हिन</u> तेलसँग मुछिएको एक एफा मसिनो पीठोको <u>तीन दशौँ</u> जति अन्‍नबलिको रूपमा चढाउनुपर्छ ।** (गन्ती १५:९ यूएलटी)
* ... तब तैँले <u>दश भागहरूमा</u> एक एफा मसिनो पीठोलाई <u>विभाजन</u> गर्नुपर्छ र <u>दुई बराबर भागहरूमा</u> एक हिन तेललाई <u>विभाजन</u> गर्नुपर्छ । तब पीठोका <u>ती भागहरूमा तीनवटा</u>लाई तेलको <u>एउटा भागसँग</u> मिसाउनुपर्छ । तब त्यस साँढेको साथमा तैँले त्यो अन्‍नबलि चढाउनुपर्छ ।
२. नापहरूका लागि, यूएसटीमा दिइएका नापहरूलाई प्रयोग गर्नुहोस् । यूएसटीका अनुवादकहरूले परिमाणहरूलाई मापन प्रणालीमा कसरी जनाउने भनेर अघिबाटै हिसाब गरिसकेका छन् ।
* **<u>दुई तिहाइ शेकेल</u>** (१ शमूएल १३:२१ यूएलटी)
* चाँदीको <u>आठ ग्राम</u> (१ शमूएल १३:२१ यूएसटी)
* **मसिनो पीठोको <u>एक एफाको तीन दशौँ</u> जति <u>आधा हिन</u> तेलसँग मुछिएको ।** (गन्ती १५:९ यूएलटी)
* <u>साँढे छ लिटर</u> मसिनो गरी पिनिएको पीठोलाई <u>दुई लिटा</u> जैतूनको तेलसँग मुछिएको । (गन्ती १५:९ यूएसटी)
३. नापहरूको लागि, तपाईंको भाषामा प्रयोग भएकाहरूलाई चलाउनुहोस् । त्यसो गर्नका लागि मापन प्रणालीसँग तपाईंका नापहरू कसरी सम्बन्धित छन् भनेर थाहा गर्न तपाईंलाई आवश्‍यक हुनेछ र हरेक नापको हिसाब गर्नुपर्नेछ ।
* **मसिनो पीठोको <u>एक एफाको तीन दशौँ</u> जति <u>आधा हिन</u> तेलसँग मुछिएको ।** (गन्ती १५:९, यूएलटी)
* <u>छ क्वार्ट</u> मसिनो पीठोलाई <u>दुई क्वार्ट</u> तेलसँग मुछिएको ।