ne_ta/translate/translate-formatsignals/01.md

47 lines
11 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### विवरण
पाठ्यखण्‍डमा भएको जानकारी त्यसको वरिपरि भएको कुरासँग कसरी सम्बन्धित छ भनेर देखाउनका लागि *अन्फोल्‍डिङ्ग वर्ड अक्षरशः रहेको पाठ्यखण्‍ड* (यूएलटी) अनि *अन्फोल्‍डिङ्ग वर्ड सामान्यीकरण गरिएको पाठ्यखण्‍ड*ले (यूएसटी) शब्दहरूलाई हटाएको अङ्कित गर्ने चिन्हहरू, लामा धर्काहरू, कोष्‍ठकहरूको प्रयोग गर्छन्, र शब्हरूको अगाडि खाली ठाउँ राख्‍ने गर्छन् ।
#### शब्दहरूलाई हटाएको अङ्कित गर्ने चिन्हहरू
**परिभाषा**- शब्दहरूलाई हटाएको अङ्कित गर्ने चिन्हहरूलाई (...) कि त कोही व्यक्तिले आफूले सुरु गरेको वाक्यलाई पूरा गरेन, वा लेखकले कोही व्यक्तिले भनेको कुरा सबै उद्धरण गरेनन् भनेर देखाउनका लागि प्रयोग गरिन्छन् ।
मत्ती ९:४-६ मा, शब्दहरूलाई हटाएको अङ्कित गर्ने चिन्हले देखाउँछ कि येशूले शास्‍त्रीहरूलाई भन्‍नुभएको उहाँको वाक्यलाई पूरा गर्नुभएन जब उहाँले आफ्‍नो ध्यान पक्षघाती मानिसतर्फ फर्काउनुभयो र उसलाई भन्‍नुभयोः
>हेर, केही शास्‍त्रीहरूले तिनीहरूका आपसमा भने, “यस मानिसले ईश्‍वरनिन्दा गरिरहेको छ ।” येशूले तिनीहरूका विचारहरू जान्‍नुभयो र भन्‍नुभयो, “तिमीहरू आफ्‍ना हृदयमा किन दुष्‍ट कुरा सोचिरहेका छौ ? किनकि कुन भन्‍न सजिलो हुन्छ, ‘तिम्रा पापहरू क्षमा भएका छन्’ भन्‍न वा ‘उठ र हिँड’ भन्‍न ? तर पृथ्‍वीमा मानिसको पुत्रसँग पापहरू क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भनेर, **...**” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “उठ, तिम्रो गुन्द्री बोक, अनि तिम्रो घर जाऊ ।” (यूएलटी)
मर्कुस ११:३१-३३ मा, शब्दहरूलाई हटाइएको अङ्कित गर्ने चिन्हले देखाउँछ कि त धार्मिक अगुवाहरूले तिनीहरूका वाक्यलाई पूरा गरेनन्, वा तिनीहरूले भनेका कुरालाई मर्कुसले लेख्‍न सकाएनन् ।
>तिनीहरूले आफ्‍ना माझमा छलफल गरे र तर्क गरे अनि भने, “यदि हामीले भनौँ, ‘स्वर्गबाट’, उनले भन्‍नेछन्, ‘तब तिमीहरूले किन उनलाई विश्‍वास गरेनौ ? तर हामीले भनौँ, ‘मानिसहरूबाट’, **...**” तिनीहरू मानिसहरूसँग डराउँथे, किनकि यूहन्‍ना एक अगमवक्ता थिए भनेर तिनीहरू सबैले मान्थे । तब तिनीहरूले येशूलाई जवाफ दिए र भने, “हामी जान्दैनौँ ।” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “नता म पनि कुन अधिकारद्वारा म यी कुराहरू गर्दछु भनेर भन्‍नेछु ।” (यूएलटी)
#### लामा धर्काहरू
**परिभाषा** - लामा धर्काहरूले (—) त्यसभन्दा अघि आएको कुरासँग तत्पश्‍चात रूपमा सम्बन्धित रहेको जानकारीलाई परिचय गराउँछन् । उदाहरणको लागिः
>तब दुई मानिसहरू खेतमा हुनेछन् **—** एकजना लगिनेछ, र एकजना पछाडि छोडिनेछ । दुई स्‍त्रीहरू जाँतो पिँधिरहेका हुनेछन् **—** एउटी लगिनेछे, र एउटी छोडिनेछे । त्यसकारण जागा रहो, किनकि कुन दिनमा तिमीहरूको प्रभु आउनुहुनेछ भनेर तिमीहरू जान्दैनौ । (मत्ती २४:४०-४१ यूएलटी)
#### कोष्‍ठकहरू
**परिभाषा** - कोष्‍ठकहरूले “( )” देखाउँछन् कि केही जानकारी व्याख्या गरिएको वा पछि थप गरिएको विचार हो ।
पाठकलाई त्यसको वरिपरि भएको सामग्री बुझ्‍नलाई सहायता गर्नका लागि त्यो चाहिँ लेखकले त्यस ठाउँमा राखेको पृष्‍ठभूमि जानकारी हो ।
यूहन्‍ना ६:६ मा, येशूलाई आफूले के गर्न गइरहनुभएको थियो भनेर पहिले नै थाहा थियो भनेर व्याख्या गर्नका लागि यूहन्‍नाले उनले लेखिरहेका कथालाई बीचमा रोके । यसलाई कोष्‍ठकहरूमा राखिएको छ ।
><sup></sup>जब येशूले हेर्नुभयो र आफूतर्फ एउटा ठूलो भीड आउँदै गरेको देख्‍नुभयो, उहाँले फिलिपलाई भन्‍नुभयो, “हामी कहाँ रोटी किन्‍न गइरहेका छौँ ताकि यिनीहरूले खान सकून् ?” <sup></sup> **(**<u>अब यो कुरा येशूले फिलिपको जाँच गर्न भन्‍नुभयो, किनकि उहाँ आफैँ जान्‍नुहुन्थ्यो कि उहाँले के गर्न गइरहनुभएको थियो</u> ।**)** <sup></sup>फिलिपले उहाँलाई जवाफ दिए, “यी हरेकलाई थोरै मात्र दिनलाई पनि दुई सय दिनारी बराबरको रोटी यथेष्‍ट हुने थिएन ।” (यूहन्‍ना ६:५-७ यूएलटी)
तलपट्टि कोष्‍ठकहरूमा भएका शब्दहरू येशूले भनिरहनुभएको कुरा होइनन्, तर मत्तीले पाठकलाई भनिरहेको कुरा हो, तिनीहरूलाई सचेत गराउन कि येशूले ती शब्दहरूको प्रयोग गरिरहनुभएको थियो जसको बारेमा तिनीहरूले सोच्‍न वा उल्था गर्न आवश्‍यक हुने थियो ।
>“त्यसकारण, जब तिमीहरूले विनाशको घृणित थोकलाई, जसको बारेमा दानिएल अगमवक्ताद्वारा भनिएको थियो, पवित्र स्थानमा उभिरहेको देख्‍छौ” **(**<u>पाठकले बुझोस्</u>**)**, “यहूदियामा हुनेहरू पहाडहरूतिर भागून्, घरको कौशीमा हुनेले उसको घरमा भएको कुनै पनि कुरा निकाल्‍नलाई तल नजाओस्, अनि खेतमा हुनेले आफ्‍नो खास्‍टो लिनलाई नफर्कोस् ।” (मत्ती २४:१५-१८ यूएलटी)
#### शब्हरूलाई अगाडि खाली ठाउँ राख्‍ने
**परिभाषा** - जब कुनै पाठ्यखण्‍डमा भएका शब्दहरूको अगाडि खाली ठाउँ राखिन्छ, यसको अर्थ हो कि ती शब्दहरू भएको पङ्क्ति त्यसभन्दा माथि वा तलपट्टिका भएका र अगाडि खाली ठाउँ नराखिएका शब्दहरूको पङ्क्तिभन्दा दायाँपट्टि केही पर गएर सुरु हुन्छ ।
यो चाहिँ कविता र केही सूचीहरूको लागि गरिन्छ, यो देखाउन कि अगाडि खाली ठाउँ छोडेर सुरु गरिएका पङ्क्तिहरूले अगाडि खाली ठाउँ नछोडिकन सुरु गरिएका त्यसभन्दा माथिका पङ्क्तिहरूको कुनै हिस्‍सा निर्माण गर्छ । उदाहरणको लागिः
> <sup>५</sup> यी ती अगुवाहरूको नाउँहरू हुन् जसले तिमीहरूसँगै लड्नुपर्छः
> रूबेनको कुलबाट, शदेऊरको छोरो एलीसूर;
> <sup>६</sup> शिमियोनको कुलबाट, सूरीशद्दैको छोरो शलूमीएल;
> <sup>7</sup> यहूदाको कुलबाट, अम्‍मीनादाबको छोरो नहशोन; (गन्ती १:५-७ यूएलटी)