ne_ta/translate/translate-bweight/01.md

59 lines
10 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### वर्णन
तल दिइएका शब्दहरू बाइबलमा अक्सर प्रयोग गरिने तौलका एकाइहरू हुन् । "शेकेल" को अर्थ "तौल" हुन्छ र अन्य धेरे तौलहरूलाई शेकेलको रूपमा व्यक्त गरिएका छन् । यी मध्ये केही तौलहरू पैसाको निम्ति पनि प्रयोग गरिएका छन् । तलको तालिकामा दिइएका मापन प्रणालीहरू बाइबलीय मापनसँग हुबहु मिल्दैनन् । बाइबलीय मापन समय र ठाउँअनुसार फरक फरक थिए । तल दिइएका समकक्षीय मापनहरू औषत मापन मात्र हुन् ।
| मूल मापन | शेकेल | ग्राम | किलोग्राम |
|--------------------|----------|---------|------------|
|शेकेल | १ शेकेल |११ ग्राम | - |
| बेका | १/२ शेकेल | ५.७ ग्राम | - |
| पिम | २/३ शेकेल | ७.६ ग्राम | - |
| गेरा | १/२० शेकेल | .५७ ग्राम | - |
| मिना | ५० शेकेल | ५५० ग्राम | १/२ किलोग्राम |
| तोडा | ३, शेकेल | - | ३४ किलोग्राम |
#### अनुवादका सिद्धान्तहरू
१. बाइबलका समयका मानिसहरूले मिटर, लिटर, र किलोग्रामजस्ता आधुनिक मापनहरूको प्रयोग गर्दैन थिए । मूल मापनहरूको प्रयोग गर्दा मानिसहरूलाई बाइबल धेरै वर्ष अगाडि लेखिएको थियो भन्‍ने कुरा बुझ्‍न मदत मिल्छ ।
२. आधुनिक मापनको प्रयोगले पाठकहरूलाई पाठ अझ स्पष्टसँग बुझ्‍नलाई मदत मिल्छ ।
३. जुनसुकै मापनको प्रयोग गरेता पनि पनि पादटिप्पणीमा वा पाठमा अर्को मापन प्रणालीलाई उल्लेख गर्नु असल हुन्छ ।
४. यदि तपाईंले बाइबलीय मापनहरूको प्रयोग गर्नुहुन्‍न भने पाठकहरूलाई ती मापनहरू सही छन् भन्‍ने भान पर्न नदिनुहोस् । उदाहरणको निम्ति, यदि तपाईंले गेरालाई ".५७" ग्राम भनेर अनुवाद गर्नुभयो भने पाठकहरूले त्यो मापन सही हो भन्‍ने बुझ्छन् । यसको साटोमा "आधा" किलो भन्‍नु ठिक हुन्छ ।
५. कहिलेकाहीँ मापन ठ्याक्कै मिल्दैन भन्‍ने जनाउन "लगभग" शब्दको प्रयोग गर्नु उचित हुन्छ । उदाहरणको निम्ति, २ शमूएल २१:१६ मा इश्‍बी-बनोबको भालाको तौल ३०० शेकेल थियो भनिएको छ । यसलाई "३३०० ग्राम" वा "३.३ किलोग्राम" भनेर अनुवाद गर्नुको साटो यसलाई "लगभग साढे तिन किलोग्राम" भनेर अनुवाद गर्न सकिन्छ ।
६. परमेश्‍वरले मानिसहरूलाई यति वजनको भनेर तोकेको कुरालाई "लगभग" भनेर अनुवाद नगर्नुहोस् । यसले परमेश्‍वरले वजनको बारेमा ठ्याक्कै भन्‍न सक्नुहुन्‍न रहेछ भन्‍ने अर्थ दिन्छ ।
### अनुवादका रणनीतिहरू
१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् [शब्दहरूको नक्कल वा सापटी](../translate-transliterate/01.md))
२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।
३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।
४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
### अनुवाद रणनीतिहरूको प्रयोग
रणनीतिहरूलाई प्रस्थान ३८:२९ मा प्रयोग गरिएको छ ।
* **डोलाइने बलिको काँसो <u>सत्तरी तोडा र दुई हजार चार सय शेकेलको</u> थियो ।** (प्रस्थान ३८:२९ यूएलटी)
१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् [शब्दहरूको नक्कल वा सापटी](../translate-transliterate/01.md))
* “डोलाइने बलिको काँसो <u>सत्तरी तोडा र २,४०० शेकेलको</u> थियो ।”
२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्‍ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।
* “डोलाइने बलिको काँसो <u>२,४०० किलोग्राम</u> थियो ।”
३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।
* “डोलाइने बलिको काँसो <u>५,३०० पाउण्ड</u> थियो ।”
४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्‍ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तल यी दुबै मापनहरूलाई पाठमा उल्लेख गरिएको छ ।१
* “डोलाइने बलिको काँसो <u>सत्तरी तोडा (२,३८० किलोग्राम)</u><u>२,४०० शेकेल(२६.४ किलोग्राम)</u> थियो ।”
५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् । तल युएलटीको मापनलाई टिप्पणीमा दिइएको छ ।
* “डोलाइने बलिको काँसो <u>सत्तरी तोडा र २,४०० शेकेल</u> थियो ।
* पादटिप्पणीमा यस्तो देखिन्छः
<sup>[१]</sup> यसको जम्मा तौल २,४०० किलोग्राम थियो ।