101 lines
15 KiB
Markdown
101 lines
15 KiB
Markdown
### विवरण
|
||
|
||
तलका शब्दहरूले बाइबलमा प्रयोग गरिएका भाँडाहरूमा कति अटाउँथ्यो भन्ने कुरा जनाउनको निम्ति आयतनलाई जनाउन प्रयोग गरिएका हुन् । भाँडा र मापनहरू तरल (जस्तै दाखमद्य) र ठोस (जस्तै अन्न) दुबैलाई जनाउनको लागि प्रयोग गरिएका छन् । मेट्रिक मापन बाइबलीय मापनसँग ठ्याक्कै मेल खाँदैनन् । बाइबलीय मापन समय र ठाउँअनुसार फरक फरक थिए । तल दिइएका समकक्षीय मापनहरू औषत मापन मात्र हुन् ।
|
||
|
||
| प्रकार | मूल मापन | लिटर |
|
||
| -------- | -------- | -------- |
|
||
| सुख्खा | ओमेर | २ लिटर |
|
||
| सुख्खा | एफा | २२ लिटर |
|
||
| सुख्खा | होमेर | २२० लिटर |
|
||
| सुख्खा | कोर | २२० लिटर |
|
||
| सुख्खा | सिआ | ७.७ लिटर |
|
||
| सुख्खा | लेथेक | ११४.८ लिटर |
|
||
| तरल | मेट्रेट | ४० लिटर |
|
||
| तरल | बाथ | २२ लिटर |
|
||
| तरल | हिन | ३.७ लिटर |
|
||
| तरल | काब | १.२३ लिटर |
|
||
| तरल | लग | ०.३१ लिटर |
|
||
|
||
#### अनुवादका सिद्धान्तहरू
|
||
|
||
* बाइबलका समयका मानिसहरूले मिटर, लिटर, र किलोग्रामजस्ता आधुनिक मापनहरूको प्रयोग गर्दैन थिए । मूल मापनहरूको प्रयोग गर्दा मानिसहरूलाई बाइबल धेरै वर्ष अगाडि लेखिएको थियो भन्ने कुरा बुझ्न मदत मिल्छ ।
|
||
* आधुनिक मापनको प्रयोगले पाठकहरूलाई पाठ अझ स्पष्टसँग बुझ्नलाई मदत मिल्छ ।
|
||
* जुनसुकै मापनको प्रयोग गरेता पनि पनि पादटिप्पणीमा वा पाठमा अर्को मापन प्रणालीलाई उल्लेख गर्नु असल हुन्छ ।
|
||
* यदि तपाईंले बाइबलीय मापनहरूको प्रयोग गर्नुहुन्न भने पाठकहरूलाई ती मापनहरू सही छन् भन्ने भान पर्न नदिनुहोस् । उदाहरणको निम्ति, यदि तपाईंले हिनलाई "३.६" लिटर भनेर अनुवाद गर्नुभयो भने पाठकहरूले त्यो मापन ३.७ र ३.८ नभएर ३.६ नै हो भन्ने बुझ्छन् । यसको साटोमा "साढे तिन लिटर" वा "चार लिटर" भन्नु उचित हुन्छ ।
|
||
* परमेश्वरले मानिसहरूलाई यति वजनको भनेर तोकेको कुरालाई "लगभग" भनेर अनुवाद नगर्नुहोस् । यसले परमेश्वरले वजनको बारेमा ठ्याक्कै भन्न सक्नुहुन्न रहेछ भन्ने अर्थ दिन्छ
|
||
|
||
### मापनको एकाइ दिइएको खण्डमा
|
||
|
||
#### अनुवादका रणनीतिहरू
|
||
|
||
१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् [शब्दहरूको नक्कल वा सापटी](../translate-transliterate/01.md))
|
||
२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।
|
||
३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।
|
||
४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
|
||
५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
|
||
|
||
#### अनुवादका रणनीतिहरूको प्रयोग
|
||
|
||
रणनीतिहरूलाई यशैया ५:१० मा प्रयोग गरिएको छ ।
|
||
|
||
* **पाँच बिघा दाखबारीले एक बाथ दाखमद्य, र एक होमेर बीउले एक एफा अन्न मात्र उब्जाउने छ!”** (यशैया ५:१० यूएलटी)
|
||
|
||
१. युएलटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहुोस् । यी मापनहरू मूल लेखकहरूले प्रयोग गरेका मापनहरूसँग मेल खान्छन् । तिनीहरूको उच्चारण युएलटीमा भएको जस्तै गरी प्रयोग गर्नुहोस् । (हेर्नुहोस् [शब्दहरूको नक्कल वा सापटी](../translate-transliterate/01.md))
|
||
|
||
* “पाँच बिघा दाखबारीले एक <u>बाथ</u> दाखमद्य, र एक <u>होमेर</u> बीउले एक <u>एफा</u> अन्न मात्र उब्जाउने छ! ”
|
||
|
||
२. युएसटीमा प्रयोग गरिएका मापनहरूको प्रयोग गर्नुहोस् । युएसटीका लेखकहरूले मापन प्रणालीलाई कसरी व्यक्त गर्ने भन्ने कुराको निर्णय सोच विचार गरेर नै गरेका हुन् ।
|
||
|
||
* “पाँच बिघा दाखबारीले <u>बाइस लिटर</u> दाखमद्य, र <u>दश टोकरी</u> बीउले <u>एक टोकरी</u> अन्न मात्र उब्जाउने छ! ”
|
||
* “पाँच बिघा दाखबारीले <u>बाइस लिटर</u> दाखमद्य, र <u>२२० लिटर</u> बीउले <u>बाइस लिटर</u> अन्न मात्र उब्जाउने छ! ”
|
||
|
||
३. तपाईंको भाषामा प्रयोग गरिएको मापनहरूको प्रयोग गर्नुहोस् । यसो गर्नको निम्ति तपाईंले हरेक मापनको निम्ति तपाईंको मापन प्रणालीलाई मेट्रिक मापन प्रणालीसँग जोड्नुपर्छ ।
|
||
|
||
* “पाँच बिघा दाखबारीले पाँच पाथी दाखमद्य र <u>पचास पाथी </u>बीउले पाँच पाथी अन्न मात्र उब्जाउनेछ!””
|
||
|
||
४. युएलटीको मापनहरूको प्रयोग गर्नुहोस् र तपाईंका मानिसहरूले बुझ्ने मापनलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
|
||
|
||
* “पाँच बिघा दाखबारीले <u>एक बाथ (पचास पाथी)</u> दाखमद्य, र <u>एक होमेर</u> बीउले <u>एक एफा (पाँच पाथी)</u> अन्न मात्र उब्जाउने छ! ”
|
||
|
||
५. तपाईंका मानिसहरूले जानेका मापनहरूको प्रयोग गर्नुहोस् र युएलटीका मापनहरूलाई पाठमा वा टिप्पणीमा उल्लेख गर्नुहोस् ।
|
||
|
||
* “पाँच बिघा दाखबारीले बाइस लिटर<sup>१</sup> दाखमद्य, र २२० लिटर <sup>२</sup> बीउले २२ लिटर<sup>३</sup> अन्न मात्र उब्जाउने छ! ” पादटिप्पणीमा यस्तो देखिन्छः
|
||
* <sup>[१]</sup>एक बाथ
|
||
* <sup>[२]</sup>एक होमेर
|
||
* <sup>[३]</sup>एक एफा
|
||
|
||
### मापनको एकाइले स्पष्ट नदिइएको खण्डमा
|
||
|
||
कहिलेकाहिँ हिब्रूमा कुनै निश्चित आयतनको इकाइ प्रयोग नगरी सङ्ख्याको मात्र प्रयोग गरिएको पाइन्छ । यस्तो अवस्थामा, युएलटीका र युएसटी सहितका धेरै अङ्ग्रेजी संस्करणहरूमा "नाप" शब्दको प्रयोग गरिएको छ ।
|
||
|
||
* **ती दिनमा <u>बीस</u> नाप लिन आउनेले <u>दशै</u> नाप मात्र पाउँदथ्यो । दाखमद्यको कोलबाट <u>पचास</u> नाप निकाल्न आउनेले <u>बीस </u>नाप मात्र पाउँदथ्यो ।** (हाग्गै २:१६ यूएलटी)
|
||
|
||
#### अनुवादका रणनीतिहरू
|
||
|
||
१. एकाइ बिनाको सङ्ख्या मात्र प्रयोग गरेर आक्षरिक रूपमा अनुवाद गर्नुहोस् ।
|
||
२. "नाप" वा "मात्रा" वा "परिमाण" जस्ता सामान्य शब्दको प्रयोग गर्नुहोस् ।
|
||
३. भाँडाको नाम प्रयोग गर्नुहोस्, जस्तै अन्नको निम्ति "टोकरी" वा दाखमद्यको निम्ति "भाँडो वा जार" ।
|
||
४. तपाईंको अनुवादमा प्रयोग पहिले नै तपाईंले प्रयोग गरेको मापनको एकाइ प्रयोग गर्नुहोस् ।
|
||
|
||
#### अनुवाद रणनीतिहरूको प्रयोग
|
||
|
||
रणनीतिहरूलाई हाग्गै २:१६ मा प्रयोग गरिएको छ ।
|
||
|
||
* **ती दिनमा <u>बीस</u> नाप लिन आउनेले <u>दशै</u> नाप मात्र पाउँदथ्यो । दाखमद्यको कोलबाट <u>पचास</u> नाप निकाल्न आउनेले <u>बीस </u>नाप मात्र पाउँदथ्यो ।** (हाग्गै २:१६ यूएलटी)
|
||
|
||
१. एकाइ बिनाको सङ्ख्या मात्र प्रयोग गरेर आक्षरिक रूपमा अनुवाद गर्नुहोस् ।
|
||
|
||
* ती दिनमा <u>बीस</u> लिन आउनेले <u>दशै</u> मात्र पाउँदथ्यो । दाखमद्यको कोलबाट <u>पचास</u> निकाल्न आउनेले <u>बीस </u> मात्र पाउँदथ्यो ।
|
||
|
||
२. "नाप" वा "मात्रा" वा "परिमाण" जस्ता सामान्य शब्दको प्रयोग गर्नुहोस् ।
|
||
|
||
* ती दिनमा <u>बीस</u> मात्रा लिन आउनेले <u>दशै</u> मात्रा मात्र पाउँदथ्यो । दाखमद्यको कोलबाट <u>पचास</u> मात्रा निकाल्न आउनेले <u>बीस </u>मात्रा मात्र पाउँदथ्यो।
|
||
|
||
३. भाँडाको नाम प्रयोग गर्नुहोस्, जस्तै अन्नको निम्ति "टोकरी" वा दाखमद्यको निम्ति "भाँडो वा जार" ।
|
||
|
||
* ती दिनमा <u>बीस टोकरी</u> लिन आउनेले <u>दशै</u> मात्रा मात्र पाउँदथ्यो । दाखमद्यको कोलबाट <u>पचास भाँडो</u> निकाल्न आउनेले <u>बीस </u>मात्र पाउँदथ्यो।
|
||
|
||
४. तपाईंको अनुवादमा प्रयोग पहिले नै तपाईंले प्रयोग गरेको मापनको एकाइ प्रयोग गर्नुहोस् ।
|
||
|
||
* ती दिनमा <u>बीस मुरी</u> लिन आउनेले <u>दशै मुरी</u> मात्र पाउँदथ्यो। दाखमद्यको कोलबाट <u>पचास लिटर</u> निकाल्न आउनेले <u>बीस लिटर</u> मात्र पाउँदथ्यो।
|