ne_ta/translate/resources-links/01.md

36 lines
7.7 KiB
Markdown

अनुवाद टिप्पणीहरूमा प्रयोग गरिने लिङ्कहरू दुई प्रकारका हुन्छन्ः एउटाले अनुवाद ऐकेडेमी शीर्षक पृष्ठमा लिङ्क गर्छ र अर्कोले त्यहि पुस्तक भित्रका दोहोरिएका शब्दहरू वा वाक्यांशहरूलाई सम्पर्क गर्छ।
### अनुवाद ऐकेडेमी शीर्षकहरू
अनुवाद ऐकेडेमी शीर्षकहरू हरेकलाई हरेक ठाउँमा बाइबलका मुलभूत कुराहरूलाई उनीहरूको आफ्नै भाषामा कसरी अनुवाद गर्न सकिन्छ भनी सक्षम गराउन अभिप्रेरित हुन्छन् । तिनीहरू वेब साईट र अफलाइन मोबाइल भिडियो मार्फत सिक्ने समयमा उच्च लचकताको लागि अभिप्रेरित हुन्छन् ।
प्रत्येक अनुवाद टिप्पणीहरूले यूएलटीका वाक्यांशलाई पालना गर्छन् र त्यो वाक्यांशलाई कसरी अनुवाद गर्ने भनी तत्कालको लागि सहायता गर्छन् । कहिलेकाहीँ अनुवादको लागि सुझाबको अन्तमा दिईएको कोष्ठकमा जानकारी दिईएको हुन्छ जुन यस प्रकारको देखिनसक्छः (हेर्नुहोस् *रुपक*) । हरियोमा दिइएका शब्द वा शब्दहरू अनुवाद ऐकेडेमी शीर्षकमा भएका लिङ्क हुन् । शीर्षकको बारेमा धेरै जान्‍नको लागि लिङ्कमा क्लिक गर्न सक्नुहुन्छ ।
अनुवाद ऐकेडेमी शीर्षक जानकारी पढ्नुका विविध कारणहरू छन्:
* शीर्षकको बारेमा सिक्दा अनुवादकलाई सहि तरिकाले अनुवाद गर्न सहायता गर्छ ।
* अनुवादका नियमहरू र रणनीतिहरूको आधारभुत बुझाइको लागि शीर्षकहरू छानिएका हुन्छन् ।
#### उदाहरणहरू
* **साँझ र विहान** - यसले पूरै दिनलाई जनाउँछ । एउटा पूरा दिन जानाउनलाई दुईवटा भागहरू प्रयोग गरिएको हो । यहूदी संस्कृतिमा सूर्य अस्ताएपछि दिनको सुरुवात हुन्छ । (हेर्नुहोस् : *कुनै एउटा पूर्ण कुरालाई जनाउने दुई विपरित शब्दहरू*)
* **हिडिरहनु** - “पालना गर्नु ” (हेर्नुहोस्: *रुपक*)
* **जानकारी गराउनु** - “संचार गर्नु ” (हेर्नुहोस्: *वाक्पद्धति*)
### पुस्तकमा दोहोरिएका वाक्यांशहरू
कहिलेकाहीँ एउटा पुस्तकमा धेरै पटक वाक्यांशको प्रयोग गरिन्छ । यस्तो अवस्थामा अनुवाद टिप्पणीहरूमा एउटा अध्याय र पद संख्याहरू भएको लिङ्क हरियो रङमा हुन्छ, त्यहाँ तपाईंले क्लिक गर्न सक्नुहुन्छ जसले तपाईंलाई वाक्यांशहरूको पहिले अनुवाद गर्नुभएको स्थानमा पुर्‍याउँछ । पहिले अनुवाद गरिएका शब्द वा वाक्यांशको अनुवाद भएको ठाउँमा जाने विविध कारणहरू हुन्छन् ।
* पहिले त्यो वाक्यांशलाई कसरी अनुवाद गर्नुभएको थियो त्यो सम्झाएर यसले तपाईंलाई वाक्यांशको अनुवाद गर्नमा सजिलो बनाउँछ ।
* यसले तपाईंको अनुवाद छिटो बनाउँछ र त्यसमा एकरुपता ल्याउँछ, किनकि यसले त्यो वाक्यांशको अनुवाद हरेक समान किसिमले गर्नलाई तपाईंलाई सम्झना दिलाउँछ ।
तपाईंले पहिले प्रयोग गरेको वाक्यांशको अनुवाद उस्तै अर्को नयाँ प्रसङ्गमा नमिल्न पनि सक्छ, यसरी नमिलेको खण्डमा तपाईंले यसलाई फरक तरिकाले अनुवाद गर्ने बारेमा सोच्‍नुपर्छ । यस्तो अवस्थामा तपाईंले यसको टिप्पणी बनाएर अनुवाद समूहका सदस्यहरूसँग यस विषयमा छलफल गर्नुपर्छ ।
यी लिङ्कहरूले तपाईंलाई तपाईंले काम गरिरहेको पुस्तकका टिप्पणीहरूमा लैजाने काम मात्र गर्छन् ।
#### उदाहरणहरू
* **फल्‍दै-फुल्‍दै, वृद्धि हुँदै** - यी आज्ञाहरूलाई उत्पत्तिमा कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् । उत्पत्ति १:२८.
* **जमिनमा घस्रने सबै वस्तु** - यसले सबै प्रकारका जनावरहरूलाई जनाउँछ । यसलाई तपाईंले उत्पत्ति १:२५ मा कसरी अनुवाद गर्नुभएको छ हेर्नुहोस् ।
* **उहाँमा आशिषित् हुने छन्** - मा वैकल्पिक अनुवाद: “अब्रामको कारणले आशिषित् हुने छन् " वा आशिषित् हुने छन् किनकि मैले अब्रामलाई आशिषित् तुल्याएको छु।" "उनमा" लाई अनुवाद गर्नको लागि "तिमीद्वारा" लाई कसरी अनुवाद गर्नुभएको छ त्यसलाई उत्पत्ति १२:३ मा हेर्नुहोस् ।