ne_ta/translate/resources-eplain/01.md

25 lines
4.7 KiB
Markdown

#### विवरण
कहिलेकाहीँ यूएलटीमा कुनै शब्द वा वाक्यको अर्थ थाह नहुन पनि सक्छ र यूएसटीमा पनि यस्तै हुनसक्छ । यस्तो अवस्थामा यसलाई टिप्पणीहरूमा व्याख्या गरिएको हुन्छ, यी व्याख्याहरूले शब्द वा वाक्यको अर्थ बुझ्‍न सहायता गर्छन् । यी व्याख्याहरूलाई बाइबलमा अनुवाद नगर्नुहोस् तर तिनीहरूलाई अर्थ बुझ्‍नको लागि मात्र प्रयोग गर्नुहोस् ताकि बाइबलको पाठलाई ठीक तरिकाले अनुवाद गर्न सकियोस् ।
### अनुवाद टिप्पणीका उदाहरणहरू
शब्दहरू वा वाक्यहरूको बारेमा साधारण व्याख्याहरू पूर्ण वाक्यहरूमा लेखिएका हुन्छन् । तिनीहरू ठूला अक्षरबाट सुरू हुन्छन् र एउटा अवधिसँगै अन्त हुन्छन् ("।")
> <u>जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसिरहेका थिए </u> (लूका ५:२)
* **आफ्‍ना जालहरू धोइरहेका** - तिनीहरूले आफ्‍ना जालहरू फेरि माछा पक्रनको लागि सफा गरिरहेका थिए ।
यदि माझीहरूले जालहरू माछा पक्रनको लागि प्रयोग गरेका थिए भन्‍ने कुरा बुझिएन भने, माझीहरूले किन आफ्‍ना जालहरू सफा गरिरहेका थिए भन्‍नेमा अचम्म लाग्‍नसक्छ । यो व्याख्याले “धोइरहेका थिए” र “जालहरू” बुझ्‍नको लागि ठिक शब्दहरू वा वाक्यहरू छनौट गर्नलाई सहायता गर्छ ।
> तिनीहरूले अर्को डुङ्गामा भएका आफ्‍ना साझेदारहरूलाई <u>इशारा गरे</u> (लूका ५:७)
* **इशारा** - तिनीहरू किनारादेखि धेरै टाढा थिए त्यसकारण सम्भवतः तिनीहरूले आफ्‍ना हातहरू हल्लाएर इशारा गरे होलान् ।
यो टिप्पणीले मानिसहरूले कस्ता प्रकारका इशारा गर्छन् भन्‍ने बुझ्‍नलाई सहायता गर्छ । यो मानिसहरूले टाढैबाट देख्‍न सक्ने एउटा इशारा थियो र यसले "इशारा" शब्द बुझ्‍नको निम्ति असल शब्द वा वाक्य छनौट गर्नलाई सहायता गर्छ ।
> <u>तिनी आमाको गर्भमा हुँदा नै </u>, पवित्र आत्माले भरिपूर्ण हुने छन् । (लूका १:१४)
* **तिनी आमाको गर्भमा हुँदा नै** - यहाँ “नै” शब्दले विशेषगरी अचम्मको खबरलाई इङ्कित गर्छ । पहिले मानिसहरू पवित्र आत्माले भरिएका थिए , तर एउटा जन्मदै नजन्मेको बालक पवित्र आत्माले भरिएको कसैले सुनेका थिएनन् ।
यो टिप्पणीले दिइएको वाक्यमा “नै” शब्दको अर्थ के हो भन्‍ने बुझ्‍नलाई सहायता गर्छ, ताकि तपाईंले यो कति अचम्मको थियो भनी देखाउने तरिका थाहा पाउन सक्‍नुहुन्छ ।