10 KiB
विवरण
कहिलेकाँही टिप्पणीहरूको सूचीको शीर्ष स्थानमा सम्बन्धवाचक अभिव्यक्ति वा सामान्य जानकारी टिप्पणीहरू हुन्छन् ।
सम्बन्धवाचक अभिव्यक्ति ले धर्मशास्त्रको कुनै एउटा खण्ड त्यो भन्दा पहिलेको अर्को खण्डसँग कसरी सम्बन्धित छ भन्ने कुरा देखाउँछ । सम्बन्धवाचक अभिव्यक्तिमा भएका केही जानकारी यस प्रकार दिइएका छन् ।
- यो खण्ड नुच्छेदको शुरुमा वा मध्यमा वा अन्तमा कहाँ छ
- को बोलिरहेको छ
- वक्ता कोसँग बोलिरहेको छ
सामान्य जानकारी टिप्पणीले एक भन्दा धेरै वाक्यांशलाई समेट्ने कुनै एउटा खण्डमा भएका विषयहरूको बारेमा बताउँछ । तल दिइएका केही सुचनाका प्रकारहरू हुन जुन सामान्य जानकारी विवरणमा देखिन्छन् ।
- सर्वनामको रूपमा उल्लेख भएका व्यक्ति वा वस्तु
- महत्वपूर्ण पृष्ठभूमि अथवा त्यो खण्डमा बुझ्न आवश्यक अप्रत्यक्ष जानकारी
- तार्किक कुराहरू र निष्कर्ष
दुबै प्रकारका टिप्पणीहरूले खण्ड राम्रोसँग बुझ्न र अनुवादका सवालहरूलाई सम्बोधन गर्न सचेत गराउँछन् ।
उदाहरणहरू
यो टुक्रा यात खण्डको शुरु वा निरन्तरता वा खण्डको अन्तमा हुन्छ
१ आफ्ना बाह्रै जना चेलाहलाई शिक्षा दिंदै येशूले आफ्ना कुराहरू भनिसकेपछि उहाँ गालिलको शहरहरूतिर प्रचार गर्न अनि शिक्षा दिन जानुभयो । २ बप्तिसमा दिने यूहन्ना कैदमा थिए । ख्रीष्टले गरेका सबै कुराहरू उनले सुने । अनि यूहन्नाले आफ्ना चेलाहरूलाई येशू कहाँ पठाए । ३ यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउनुहुनेछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?” (मत्ती ११:१-३)
- सामान्य जानकारी: - यो कथाको नयाँ भागको शुरुवात हो जहाँ लेखकले येशूले बप्तिसमा दिने यूहन्नाका चेलाहरूलाई कसरी प्रतिक्रिया दिनुभयो भनेर बताउँछ । (हेर्नुहोस्: नयाँ घटनाको परिचय*)
यो टिप्पणीले एउटा कथाको नयाँ भागको शुरुवातको जानकारी गराउँदछ जसले अनुवाद सम्बन्धित नयाँ घटनाहरू र सवालहरूको बारेमा अधिक जानकारी दिने पृष्ठको जानकारी दिन्छ ।
को बोलिरहेको छ
१७"किनकि ऊ हामी मध्येको एक भएको थियो । र यहि सेवामा त्यसले हिस्सा पाएको थियो ।" १८ (त्यस मानिसले अर्धमको कमाइबाट एउटा जग्गा किन्यो, र उँधोमुण्टो भई खस्यो र त्यसको भुँडी फुँट्यो, र त्यसको सबै आन्द्रा भुँडी निस्के । १९ यो कुरा यरूशलेमका बासिन्दाहरू सबैलाई थाह भयो । त्यो जग्गाको नाउँ तिनीहरूको आफनो भाषामा आखेल्दामा राखियो, अर्थात रगतको खेत।) (प्रेरित १:१७-१९)
- सम्बन्धवाचक अभिव्यक्ति: - पत्रुसले विश्वासीहरूसँग प्रेरित १:१६ मा शुरु गरेको आफ्नाो भाषणलाई निरन्तरता दिन्छन् । प्रेरित १:१६
पद १७ मा पत्रुस अझै बोलिरहेका छन् भन्ने कुरा टिप्पणीले बताउँछ । त्यसकारण तपाईंले त्यसलाई आफनो भाषामा ठिक तरिकाले यसलाई जनाउनुहोस् ।
सर्वनामको रूपमा उल्लेख भएका व्यक्ति वा वस्तु
२० र यशैयाले साहसपूर्वक भन्दछन्, "मलाई नखोज्नेहरूले मलाई भेट्टाएका छन्, जसले मेरो खोजी गरेनन् तिनीहरूकहाँ मैले आफैलाई प्रकट गरेको छु ।" २१ तर इस्राएलको विषयमा तिनी भन्दछन्, "दिनभरि नै अटेरी र बिरोधि मानिसहरूप्रति मैले मेरो हात पसारेको छु ।" (रोमी १०:२०-२१)
- सामान्य जानकारी: - यहाँ “म,” “मलाई,” र “मेरो” शब्दहरूले परमेश्वरलाई जनाउँछन् ।
यस टिप्पणीले सर्वनामले उल्लेख गरेको कुरा के हो भन्ने जानकारी तपाईंलाई गराउँदछ । यशैयाले आफैँउलाई नभइ परमेश्वरलाई जनाउनको निम्ति यसको प्रयोग गरेका हुन् भन्ने कुरा जनाउनलाई यो सर्वनामको प्रयोग गरेका हुन् भन्ने जनाउनलाई तपाईंले केही थप्नुपर्ने हुनसक्छ ।
महत्वपूर्ण पृष्ठभूमि अथवा अप्रत्यक्ष जानकारी
२६"परमेश्वरका एकजना दुतले फिलिपलाई भने,“झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ । त्यहाँ मरुभुमिको बाटो छ ।" २७ अनि फिलिप उठेर गए र एक इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्दाकीका ठूला पदाअिधकारी र समस्त सम्पत्तिका कोषाध्यक्ष थिए । उनी यरूशलेमा आराधना गर्न गएका थिए । ( प्रेरित ८:२६-२८)
- सामान्य जानकारी: - यो फिलिप र इथियोपियाली मानिसको बारेमा लेखिएको कथाको एउटा शुरुवाती भाग हो । (हेर्नुहोस्: पृष्ठभूमि)
यो टिप्पणीले एउटा कथाको नयाँ भागको शुरुवात र केही पृष्ठभूमिको बारेमा जानकारी गराउँदछ । ताकि तपाईं यी कुराहरूको बारेमा सचेत हुनुहोस् र यिनीहरूलाई आफ्नाो भाषामा प्रयोग गरेर देखाउन सक्नुहोस् । तपाईंले यस्ता प्रकारका जानकारीको अनुवाद गर्ने बारेमा जान्न सक्नुभएको होस् भनेर यस टिप्पणीमा पृष्ठभूमिको लिङ्क पनि समावेश गरिएको हुन्छ ।