ne_ta/translate/resources-alterm/01.md

5.2 KiB

विवरण

वैकल्पिक अर्थहरूले बाइबल विद्वानहरूमा एउटा शब्द वा वाक्यांशको बुझाइमा आएको भिन्‍नतालाई जनाउँछन् ।

टिप्पणीमा यूएलटी पाठ दिइन्छ र त्यसपछि "सम्भाव्य अर्थहरू" भनेर त्यसको व्याख्या गरिएको पाइन्छ । अर्थहरू धेरै हुन्छन्, पहिलो चाहिँ बाइबल विद्वानहरूले ठिक मानेको अर्थ दिइएको हुन्छ । अनुवादको निम्ति प्रयोग गर्न सकिने अर्थलाई उद्धरण चिन्हमा राखिएको हुन्छ ।

अनुवादको कुन अर्थ अनुवाद गर्ने भन्‍ने निर्णय अनुवादकले लिन आवश्यक छ। अनुवादकहरूले पहिलो अर्थ छनौट गर्नसक्छन्, वा उनीहरूले कुनै अर्को एउटा अर्थ छनौट गर्नसक्छन् । यदि उनीहरूका समुदायका मानिसहरूले बाइबलको अर्को संस्करणलाई सम्मान र आदर गर्छन् भने त्यसलाई प्रयोग गर्न सक्छन् ।

अनुवाद टिप्पणीका उदाहरणहरू

तर तैँले कपालको एउटा केही भाग लिएर आफ्नो लुगामा बाँधेर राख् । (इजकिएल ५:३ यूएलटी)

  • लुगामा बाँधेर राख् -- सम्भाव्य अर्थहरू १) "पाखुराको कपडा " (“बाहुला ”) (यूएसटी) वा २) “लुगाको अन्तिम भाग ” (“किनारा”)वा ३) पेटीमुनि अडिने कपडाको पट्याइएको भाग ।

यो टिप्पणीमा तीनवटा सम्भाव्य अर्थहरूले पछ्याएको यूएलटी पाठ छ । "लुगामा बाँधेर राख्" भनेर अनुवाद गरिएका शब्दहरूले कपडाको खुकुलो भागलाई जनाउँछ । धेरैजसो विद्वानहरूले यो विश्वास गर्छन् कि यसले बाहुलालाई जनाउँछ, तर यसले यहाँ तलको खुकुलो भागलाई पनि जनाउँछ पेटीको वरिपरिको बिचको भागलाई पनि यसले जनाउँछ ।

तब सिमोन पत्रुसले यो देखे, येशूको पाउमा घोप्टो परे' (लूका ५:८ यूएलटी)

  • येशूको पाउमा घोप्टो परे -सम्भाव्य अर्थहरू १) "येशूको अगाडि घुँडा टेक्नु " वा २) "येशूको खुट्टमा ढोग्‍नु" वा ३) "येशूको खुट्टमा लम्पसार पर्नु " पत्रुस झुक्कियर घोप्टो परेका होईनन् । उनले नम्रतको संकेतको रूपमा येशूलाई आदर गर्नलाई गरेका हुन् ।

यो टिप्पणीले "येशूको अगाडि घुँडा टेक्नु" भनेको के हुन सक्छ भन्‍ने कुराको वर्णन गर्छ । पहिलो अर्थ सबैभन्दा ठिक हुन्छ, तर अरू अर्थहरूको पनि सम्भावना हुन्छ । यदि तपाईंको भाषामा यस्ता कुराहरू जनाउने सामान्य अभिव्यक्ति छैन भने तपाईंले यी मध्ये एक सम्भावित अर्थ छान्‍नु पर्ने हुन्छ जसले सिमोन पत्रुसले गरेको कुराको वर्णन गर्छ । सिमोन पत्रुसले यसो किन गरे र तपाईंको संस्कृतिमा नम्रता र आदर जनाउनको निम्ति कस्तो क्रियाकलाप गर्नुपर्छ भन्‍ने बारेमा सोच्‍नु पनि लाभदायक हुन्छ ।