ne_ta/translate/guidelines-intro/01.md

38 lines
7.4 KiB
Markdown

### चार प्रमुख विशेषताहरू
एउटा असल अनुवादका चार प्रमुख विशेषताहरू हुन्छन् । त्यो हुनुपर्छः
* स्‍पष्‍ट - हेर्नुहोस् [स्‍पष्‍ट अनुवादहरू बनाउनुहोस्](../guidelines-clear/01.md)
* स्वभाविक - हेर्नुहोस् [स्वभाविक अनुवादहरू बनाउनुहोस्](../guidelines-natural/01.md)
* ठ्याक्‍कै मिलेको - हेर्नुहोस् [ठ्याक्‍कै मिलेका अनुवादहरू बनाउनुहोस्](../guidelines-accurate/01.md)
* मण्‍डली-अनुमोदित - हेर्नुहोस् [मण्‍डली-अनुमोदित अनुवादहरू बनाउनुहोस्](../guidelines-church-approved/01.md)
हामी यी चारै विशेषताहरूलाई चार-खुट्टे कुर्सीको खुट्टाको रूपमा विचार गर्न सक्छौँ । हरेक जरुरी छ । यदि एउटा छैन भने, कुर्सी बस्नेछैन । त्यसैगरी, कुनै एउटा अनुवाद मण्‍डलीको लागि उपयोगी र विश्‍वासयोग्‍य हुनका लागि त्यसमा यी हरेक विशेषताहरू हुनुपर्छ ।
#### स्‍पष्‍ट
बुझाइको सबैभन्दा माथिल्‍लो तह प्राप्‍त गर्नका लागि आवश्‍यक भएको कुनै पनि भाषा संरचनाहरूको प्रयोग गर्नुहोस् । मूल अर्थलाई सम्भव भएसम्‍म ठ्याक्‍कै मिल्‍ने गरेर प्रवाह गर्नका लागि यसले अवधारणाहरूलाई सरल बनाउने, पाठ्यखण्‍डको स्वरूपलाई पुनः मिलाउने, र आवश्‍यक भएअनुसार धेरै वा थोरै शब्दहरूको प्रयोग गर्ने कुरालाई समावेश गर्छ । कसरी स्‍पष्‍ट अनुवादहरू बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् [स्‍पष्‍ट अनुवादहरू बनाउनुहोस्](../guidelines-clear/01.md) ।
#### स्वभाविक
भाषाका ती ढाँचाहरूलाई प्रयोग गर्नुहोस् जुन प्रभावकारी छन् र जसले सम्बन्धित सन्दर्भहरूमा तपाईंको भाषाको प्रयोग गरिने तरिकालाई झल्‍काउँछन् । स्वभाविक अनुवादहरू कसरी बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् [स्वभाविक अनुवादहरू बनाउनुहोस्](../guidelines-natural/01.md) ।
#### ठ्याक्‍कै मिलेको
मूल खण्‍डको अर्थबाट नघटाइकन, त्यसलाई परिवर्तन नगरिकन, वा त्यसमा नथपिकन ठ्याक्‍कै मिल्‍ने गरेर अनुवाद गर्नुहोस्, जुन अर्थ मूल श्रोताहरूद्वारा बुझिने थियो । मनमा पाठ्यखण्‍डको अर्थलाई राखेर अनुवाद गर्नुहोस् र अन्तर्निहित जानकारी, नजानिएका अवधारणाहरू, र भाषाका अलङ्कारहरूलाई ठ्याक्‍कै मिल्‍ने गरेर प्रवाह गर्नुहोस् । ठ्याक्‍कै मिलेका अनुवादहरू कसरी बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् [ठ्याक्‍कै मिलेका अनुवादहरू बनाउनुहोस्](../guidelines-accurate/01.md) ।
#### मण्‍डली-अनुमोदित
यदि कुनै अनुवाद स्‍पष्‍ट, स्वभाविक, र ठ्याक्‍कै मिलेको छ, तर मण्‍डलीले त्यसलाई अनुमोदन गर्दैन वा त्यसलाई स्वीकार्दैन भने, तब त्यसले मण्‍डलीलाई सुधार गर्ने त्यसको आखिरी लक्ष्य प्राप्‍त गर्दैन । यो महत्त्वपूर्ण छ कि मण्‍डली अनुवादमा, जाँचको काममा, र अनुवादको वितरणमा संलग्‍न भएको होस् । मण्‍डली-अनुमोदित अनुवादहरू कसरी बनाउने भन्‍ने बारेमा जान्‍नलाई, हेर्नुहोस् [मण्‍डली-अनुमोदित अनुवादहरू बनाउनुहोस्](../guidelines-church-approved/01.md) ।
### अरू छ विशेषताहरू
स्‍पष्‍ट, स्वभाविक, ठ्याक्‍कै मिलेको, र मण्‍डली-अनुमोदित हुनुको थपमा, महान् अनुवादहरू यस्ता पनि हुनुपर्छः
* विश्‍वासयोग्‍य - हेर्नुहोस् [विश्‍वासयोग्‍य अनुवादहरू बनाउनुहोस्](../guidelines-faithful/01.md)
* आधिकारिक - हेर्नुहोस् [आधिकारिक अनुवादहरू बनाउनुहोस्](../guidelines-authoritative/01.md)
* ऐतिहासिक - हेर्नुहोस् [ऐतिहासिक अनुवादहरू बनाउनुहोस्](../guidelines-historical/01.md)
* समान - हेर्नुहोस् [समान अनुवादहरू बनाउनुहोस्](../guidelines-equal/01.md)
* समन्वयमा गरिएको - हेर्नुहोस् [समन्वयमा गरिएका अनुवादहरू बनाउनुहोस्](../guidelines-collaborative/01.md)
* निरन्तर अगाडि बढिरहने - हेर्नुहोस् [निरन्तर अगाडि बढिरहने अनुवादहरू बनाउनुहोस्](../guidelines-ongoing/01.md)