9.5 KiB
ठ्याक्कै मिलेका अनुवादहरू
बाइबलको ठ्याक्कै मिलेका अनुवादहरू बनाउनुको अर्थ यो हो कि अनुवादले स्रोतले दिएको एउटै सन्देशलाई नै प्रवाह गर्छ । यहाँ केही अनुसरण गर्नुपर्ने कदमहरू दिइएका छन्ः
- खण्डको अर्थलाई थाहा गर्नुहोस् ।
- प्रमुख अवधारणालाई पहिचान गर्नुहोस् ।
- लेखकको सन्देशलाई मनमा राखेर अनुवाद गर्नुहोस् ।
अर्थ थाहा गर्नुहोस्
सर्वप्रथम, अर्थ थाहा गर्नका लागि हरेक खण्डलाई केही पटक पढ्नुहोस् । ट्रान्सलेसन स्टुडियोमा उपलब्ध बाइबलका दुई फरक संस्करणहरूलाई प्रयोग गर्नुहोस्ः अनफोल्डिङ्ग वोर्डको सामान्यीकरण गरिएको पाठ्यखण्ड अनि अनफोल्डिङ्ग वोर्डको अक्षरशः रहेको पाठ्यखण्ड । । साथै अनुवादका शब्दहरू र अनुवादका टिप्पणीहरूका परिभाषाहरूलाई पनि पढ्नुहोस् ।
पहिला अनफोल्डिङ्ग वोर्डको अक्षरशः रहेको पाठ्यखण्डलाई पढ्नुहोस्ः
जुन पनि सहरमा तिमीहरू प्रवेश गर्छौ, र तिनीहरूले तिमीहरूलाई ग्रहण गर्छन्, तिमीहरूको अगि राखिएको कुरा खाओ, र त्यहाँ भएका बिरामीहरूलाई निको पार । तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूको नजिक आइपुगेको छ ।’ (लूका १०:८-९ यूएलटी)
अनुवादका सहयोगहरूमा अनफोल्डिङ्ग वोर्डको सामान्यीकरण गरिएको पाठ्यखण्डलाई हेर्नुहोस्ः
जब पनि तिमीहरू कुनै सहरमा प्रवेश गर्छौ र त्यहाँ भएका मानिसहरूले तिमीहरूलाई स्वागत गर्छन्, तिनीहरूले तिमीहरूका लागि प्रदान गर्ने कुनै पनि भोजन खाओ । त्यहाँ भएका मानिसहरूलाई निको पार जो बिरामी छन् । तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य ठीक यहीँ तपाईंहरूको नजिकै छ ।’ (लूका १०:८-९ यूएसटी)
के तपाईंले भिन्नताहरूलाई ख्याल गर्नुभयो ? प्रत्येक बाइबलको संस्करणले प्रयोग गर्ने शब्दहरूमा केही भिन्नताहरू हुन्छन् ।
अर्थ एउटै छ भनेर के तपाईंले थाहा गर्नुभयो ? दुवै संस्करणहरूमा येशूले निर्दिष्ट निर्देशनहरू दिइरहनुभएको छ, र तिनीहरू एउटै निर्देशनहरू हुन् । दुवै संस्करणहरू ठ्याक्कै मिलेका अनुवादहरू हुन् ।
प्रमुख अवधारणालाई पहिचान गर्नुहोस्
तब, खण्डको अर्थलाई थाहा गरिसकेपछि, तपाईंले प्रमुख अवधारणालाई पहिचान गर्नुपर्छ ।
आफैँलाई प्रश्न गर्नुहोस्, “लेखकले किन यो लेखिरहेका छन्, र यी कुराहरूको बारेमा तिनले कस्तो महसुस गर्छन् ?”
लूका १० को खण्डलाई फेरि हेर्नुहोस् । लेखकले यो किन लेखिरहेका छन् भनेर तपाईं के सोच्नुहुन्छ ? आफूले लेखेका कुराहरूको बारेमा लेखकले कस्तो महसुस गर्छन् भन्ने बारेमा तपाईं के विचार गर्नुहुन्छ ? तपाईं के विचार गर्नुहुन्छ ? तपाईंले खण्डलाई थुप्रै पटक पढ्नुभएपछि, यी प्रश्नहरूको उत्तर दिनुहोसः
- के भइरहेको छ ? येशूले निर्देशनहरू दिनुभयो ।
- यी कुराहरू कहिले र कहाँ भए ? यो प्रश्नको जवाफ दिनका लागि, यसभन्दा अगाडि के भयो भनेर सम्झन तपाईंलाई आवश्यक हुन्छ । अगाडि लूकाले लेख्छन् कि येशू र उहाँका चेलाहरू यरूशलेम जाने बाटोमा हुनुहुन्छ, र अध्याय १० चाहिँ येशूले ७२ जना मानिसहरूलाई प्रचार गर्न पठाउनुभएको कुरासँग सुरु हुन्छ ।
- यस खण्डमा को संलग्न छ ? येशू र उहाँले पठाउनुभएको ७२ जना मानिसहरू ।
- ७२ जनालाई किन पठाइएको थियो ? बिरामीहरूलाई निको पार्न र सबैजनालाई परमेश्वरको राज्य नजिकै छ भनी बताउन ।
लेखकको सन्देश
अन्ततः स्रोतमा भएको खण्डलाई ठ्याक्कै मिल्ने गरेर अनुवाद गर्ने कामको एउटा भाग चाहिँ मूल पाठकहरू र लेखकको सन्देशको बारेमा विचार गर्नु हो ।
पाठकले जानून् भन्नका लागि लेखकसँग केही खास कुराहरू थिए भनेर के तपाईं सोच्नुहुन्छ ? लेखकका प्रमुख अवधारणाहरू के-के थिए भनेर हामीले विचार गरेका थियौँ ? प्रमुख अवधारणाहरू यी थिएः
- येशूले दिनुभएका निर्देशनहरू
- कि येशूले पठाउनुभएको ७२ जना मानिसहरूसँग बिरामी मानिसहरूलाई निको पार्ने शक्ति हुने थियो
- कि तिनीहरूले अरूहरूलाई परमेश्वरको राज्य नजिक थियो भनेर बताउने थिए
यो मूल पाठकहरूको लागि भएको सन्देश हो । यही सन्देशलाई लक्षित गरिएको भाषामा तपाईंको हृदयमा प्रस्ट रूपमा आउन दिनुहोस् ।
खण्डलाई हेर्नुहोस् र तपाईंले त्यसलाई तपाईंको आफ्नो भाषामा कसरी फेरि भन्नुहुने थियो भनेर विचार गर्नुहोस् । यो सुरुको अनुवादलाई लेखेर राख्नुहोस् । तपाईंको भाषामा मिल्ने कुनै अक्षरलाई प्रयोग गर्नुहोस् ।
याद गर्नुहोसःअनुवाद भनेको सम्भव भएसम्म ठ्याक्कै मिल्ने गरेर, मूल सन्देशको अर्थलाई लक्षित भाषामा प्रस्ट र स्वभाविक रूपमा फेरि बताउने काम हो ।