ne_ta/translate/file-formats/01.md

63 lines
8.8 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### अनुवादको प्राविधिक स्वभाव
अनुवादको धेरैजसो भागचाहिँ भाषा, शब्द र वाक्यहरूसँग सम्बन्धित छन् तथापि अनुवादका प्राविधिक पक्ष पनि छन् । वर्णमालाको सृजना, टाइप गर्ने, ढाँचा तयार गर्ने, प्रकाशन गर्ने र वितरण गर्ने कामहरू अनुवादका प्राविधिक पक्ष हुन् ।
### युएसएफएम (USFM): बाइबल अनुवाद ढाँचा
धेरै वर्षसम्मा बाइबल अनुवादको ढाँचाको रूपमा युएसएफएम (USFM) अर्थात् युनिफाइड स्ट्यान्डर्ड ढाँचाको प्रयोग भयो । हामीले पनि यही ढाँचाको प्रयोग गरेका छौँ ।
युएसएफएम (USFM)ले पाठलाई कुन ढाँचामा राख्‍ने हो भनेर कम्प्युटरलाई बताउँछ । उदाहरणको निम्ति, हरेक अध्यायलाई यसरी जनाइन्छ \c 1 or \c 33. र पदहरूलाई यसरी जनाइन्छ‘‘\v 8 or \v 14। अनुच्छेदहरूलाई यसरी जनाइन्छ \p। विशेष अर्थ भएका यस्ता धेरै चिन्हहरू छन् । यसैले यूहन्‍ना १:१-२लाई युएसएफएम (USFM) ढाँचामा प्रयोग गर्दा यस्तो देखिन्छः
> \c 1
> \p
> \v 1 आदिमा वचन हुनुहुन्‍थ्‍यो, वचन परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो, अनि वचन परमेश्‍वर हुनुहुन्‍थ्‍यो।
> \v 2 उहाँ आदिमा परमेश्‍वरसँग हुनुहुन्‍थ्‍यो ।
जब युएसएफएम (USFM)लाई पढ्न सक्‍ने कम्प्युटरले यसलाई देख्छ यसले अरु सबै अध्याय र पदहरूलाई यही ढाँचामा राख्छ ।
**हामीले प्रयोग गर्न मिल्ने किसिमका बाइबल अनुवादहरू यही ढाँचामा हुनुपर्छ**
युएसएफएम (USFM)नोटेसनको बारेमा थप जानकारीको लागि http://paratext.org/about/usfm पढ्नुहोस् ।
#### युएसएफएम (USFM)बाइबल अनुवाद कसरी गर्ने
धेरै मानिसहरू युएसएफएम (USFM) मा लेख्‍न जान्दैनन् । यसै कारण हामीले ट्रान्स्लेशनस्टुडियो (http://ufw.io/ts/) को निर्माण गरेका हौँ । यो वर्ड प्रोसेसर जस्तै देखिन्छ । तर ट्रान्स्लेशनस्टुडियोले भित्र भित्र पाठलाई युएसएफएम (USFM)को ढाँचामा राखिरहेको हुन्छ र विभिन्‍न ढाँचामा तत्कालै प्रकाशन गर्न सकिन्छ ।
#### अनुवादलाई युएसएफएम (USFM)को ढाँचामा परिवर्तन गर्ने
युएसएफएम (USFM)मात्र अनुवाद गर्ने उत्साह दिन्छौँ तथापि संयोजक युएसएफएम (USFM)बिना पनि अनुवाद गरिन्छ । यी अनुवादहरूमा युएसएफएम (USFM)चिन्हहरू थप्‍नुपर्छ । अनुवादलाई ट्रान्स्लेशनस्टुडियोमा सारेर पद चिन्हहरू राख्‍नु एउटा तरिका हो । यसपछि अनुवादलाई युएसएफएम (USFM)मा सार्न सकिन्छ । यो धेरै नै कठिन कार्य हो, त्यसैले तपाईंको अनुवादलाई सुरुदेखि नै ट्रान्स्लेशनस्टुडियोमा वा युएसएफएम (USFM)को प्रयोग गर्ने अन्य प्रोग्रामहरूको प्रयोग गर्नु उचित हुन्छ ।
### अन्य कुराहरूमा मार्कडाउनको प्रयोग
इन्टरनेटमा धेरै ठाउँमा मार्कअप भाषाको रूपमा मार्कडाउनको प्रयोग गरिन्छ । कुनै पाठमा मार्कडाउनको प्रयोग गर्ने हो भने त्यसलाई विविध ढाँचाहरूमा (उदाहरणको निम्ति वेभपेज, मोबाइल एप, पिडिएफ आदि) प्रयोग गर्न सजिलो हुन्छ।
मार्कडाउनले **मोटो***छडके* दुवैमा समर्थन गर्छ, यसलाई यसरी लेखिन्छः
मार्कडाउनले **मोटो***छडके* दुवैमा समर्थन गर्छ ।
मार्कडाउनले शीर्षकलाई पनि समर्थन गर्छ, यसलाई यसरी लेखिन्छः
# शीर्षक १
## शीर्षक २
### शीर्षक ३
मार्कडाउनले लिङ्कहरूलाई पनि समर्थन गर्छ । लिङ्कहरू यस्ता देखिन्छन् https://unfoldingword.bible र तिनलाई यसरी लेखिन्छः
https://unfoldingword.bible
लिङ्कमा प्रयोग गरिने शब्दहरूलाई पनि यसले समर्थन गर्छ, उदाहरणको लागिः
[वेभसाइट](https://unfoldingword.bible)
मार्कडाउनमा HTML पनि प्रयोग गर्न सकिन्छ । मार्कडाउनको पूर्ण सूचीको निम्ति http://ufw.io/md हेर्नुहोस् ।
### निष्कर्ष
युएसएफएम र मार्कडाउनबाट सामाग्रीलाई सबैभन्दा सजिलो तरिकाले मार्कअप गर्न सकिन्छ । यदि वर्ड प्रोसेसर वा टेक्स्ट एडिटरको प्रयोग गर्ने हो भने चिन्हहरूलाई आफै हाल्नुपर्छ ।
* टिप्पणी: वर्ड प्रोसेसरमा पाठलाई मोटो, छड्के वा रेखाङ्‍कन गरिएकको पाठ मार्कअपको भाषामा मोटो, छड्के र रेखाङ्‍कन भएर आउँदैनन् । त्यसको लागि तोकिएका चिन्हहरूको प्रयोग गर्नुपर्छ ।*
कुन सफ्टवेयरको प्रयोग गर्ने निर्णय गर्नु अगाडि अनुवाद गर्ने काममा शब्दहरू मात्र पर्दैनन् भन्‍ने कुरा बुझ्‍नु जरुरी हुन्छ । यसको लागि धेरै प्राविधिक पक्षहरूमा पनि ध्यान दिनुपर्छ । जुनसुकै सफ्टवेयरको प्रयोग गरेता पनि बाइबल अनुवादलाई युएसएफएममा राख्‍नुपर्छ भन्‍ने कुरा बुझ्‍नुपर्छ र सबै कुराहरूलाई मार्कडाउनमा राख्नुपर्छ ।