ne_ta/translate/figs-you/01.md

20 lines
2.8 KiB
Markdown

### एकवचन, दुई जनालाई जनाउने र बहुवचन
केही भाषाहरूमा "तिमी" ले कति जना मानिसहरूलाई जनाउँछ भन्‍ने कुराको आधारमा "तिमी" को निम्ति एउटाभन्दा बढी शब्दको प्रयोग गरिन्छ। **एकवचन**ले एक जना मानिसलाई जनाउँछ भने **बहुवचन**ले एकभन्दा धेरै व्यक्तिहरूलाई जनाउँछ। कुनै भाषामा **दुई जनालाई जनाउने** रूप का साथै तिन वा चार जनालाई जनाउने रूप पनि हुन्छ।
यसको निम्ति http://ufw.io/figs\_younum मा रहेको भिडियो पनि हेर्न सक्नुहुन्छ।
कहिलेकाहिँ बाइबलमा कुनै वक्ताले भिडलाई सम्बोधन गरेको भएता पनि "तिमी" को एकवचन नै प्रयोग गरेको पाउँछौँ।
* [समूहहरूलाई जनाउने एकवचन सर्वनाम](../figs-youcrowd/01.md)
### औपचारिक र अनौपचारिक
केही भाषाहरूमा वक्ता र श्रोता बिचको सम्बन्धको आधारमा "तिमी" का एकभन्दा धेरै रूपहरूको प्रयोग गरिन्छ। आफूभन्दा ठूला वा नचिनेका व्यक्तिहरूलाई जनाउनको निम्ति "तिमी" को **औपचारिक** रूप "तपाईं" वा "हजुर" को प्रयोग गरिन्छ भने नजिकको साथी वा परिवारको मानिस वा आफूभन्दा सानो व्यक्तिलाई सम्बोधन गर्नको लागि **अनौपचारिक** रूप "तिमी" वा "तँ" को प्रयोग गरिन्छ।
यसको निम्ति http://ufw.io/figs\_youform मा रहेको भिडियो पनि हेर्न सक्नुहुन्छ।
यसलाई अनुवाद गर्ने कार्यमा मदतको निम्ति तल दिइएको जानकारी पढ्नुहोस्।
* ["तिमी" का रूपहरू - औपचारिक वा अनौपचारिक](../figs-youformal/01.md)