ne_ta/translate/figs-rpronouns/01.md

74 lines
14 KiB
Markdown

### वर्णन
एउटा वाक्यभित्र कुनै एक व्यक्तिले दुई फरक भूमिका खेलेको कुरालाई देखाउने सबै भाषाका आफ्नै शैलीहरू हुन्छन् । अङ्ग्रेजी र नेपाली भाषामा यसको निम्ति **निजवाचक सर्वनामहरू**को प्रयोग गरिन्छ । यी सर्वनामहरूले वाक्यमा पहिले नै उल्लेख गरिएका व्यक्ति वा वस्तुलाई जनाउँछन् । नेपाली भाषामा निजवाचक सर्वनामहरू निम्‍न छन्ः आफैँ, स्वयम्, आफू । यसलाई अभिव्यक्त गर्ने अरू भाषाका अरू नै शैलीहरू छन् ।
### यो अनुवादको विषय हुनुको कारण
* उटा वाक्यभित्र कुनै एक व्यक्तिले दुई फरक भूमिका खेलेको कुरालाई देखाउने सबै भाषाका आफ्नै शैलीहरू हुन्छन् । ती भाषाहरूमा नेपाली निजवाचक सर्वनामलाई अनुवाद गर्ने तरिकाको बारेमा अनुवादकहरूलाई थाहा हुनुपर्छ ।
* अङ्ग्रेजी भाषामा निजवाचक सर्वनामका अन्य प्रयोगहरू पनि छन् ।
### निजवाचक सर्वनामका प्रयोगहरू
* कुनै एक व्यक्ति वा वस्तुले एउटा वाक्यभित्र दुई फरक भूमिकाहरू खेलेको छ भन्‍ने देखाउन
* वाक्यमा कुनै एक व्यक्ति वा वस्तुलाई जोड दिन
* कुनै व्यक्तिले एक्लै गरेको कुरालाई जनाउन
* कोही व्यक्ति वा केही कुरा एक्लै थियो भन्‍ने कुरा देखाउन
### बाइबलबाट उदाहरणहरू
एउटा वाक्यभित्र कुनै एक व्यक्तिले दुई फरक भूमिका खेलेको कुरालाई देखाउनको निम्ति निजवाचक सर्वनामहरूको प्रयोग गरिन्छ ।
<blockquote>यदि <u>मैले</u> <u>आफ्‍नो</u> विषयमा गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन । (यूहन्‍ना ५:३१ ) </blockquote>
>यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना <u>आफू-आफूलाई</u> शुद्ध पार्न भनी निस्‍तार-चाडको आरम्‍भ हुन अघि यरूशलेममा गए । (यूहन्‍ना ११:५५ )
वाक्यमा कुनै एक व्यक्ति वा वस्तुलाई जोड दिन निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।
<blockquote>वास्‍तवमा <u>येशू आफैले</u> त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे । (यूहन्‍ना ४:२ )</blockquote>
> अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्‍नुभएको थियो त्‍यसैमा उहाँलाई चेलाहरूले आफ्‍नासाथ लगे । र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए । अनि त्‍यहाँ ठूलो हुरी-बतास चल्‍यो, र छालहरू डुङ्गामा बज्रन लागे, यहाँसम्‍म कि डुङ्गा पानीले भरिन लाग्‍यो । उहाँ <u>आफै</u>चाहिँ डुङ्गाको पछिल्‍लो भागमा एउटा सिरानी लाएर निदाइरहनुभएको थियो । तिनीहरूले उहाँलाई यसो भन्‍दै बिउँझाए, “गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं भन्‍ने के तपाईंलाई वास्‍ता छैन?” (मर्कूस ४:३६-३८ )
कुनै व्यक्तिले एक्लै गरेको कुरालाई जनाउनको निम्ति निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।
>तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि <u>आफू</u> एकलै डाँडामा जानुभयो । (यूहन्‍ना ६:१५ )
कोही व्यक्ति वा केही कुरा एक्लै थियो भन्‍ने कुरा देखाउनको निम्ति निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।
>सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपडाहरू मात्र त्‍यसै पडिरहेका देखे । उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपडाहरूसँग थिएन, तर <u>अलग्‍गै<u> एक ठाउँमा पट्याएर राखिएको थियो । (यूहन्‍ना २०:६-७ )
### अनुवादका रणनीतिहरू
यदि तपाईंको भाषामा निजवाचक सर्वनामको प्रयोग त्यही प्रयोजनको निम्ति गरिन्छ भने त्यसको प्रयोग गर्नुहोस् । यदि गरिन्‍न भने अन्य रणनीतिहरू तल दिइएका छन्ः
>१. केही भाषाहरूमा क्रियापदको कर्म क्रियापदको कर्ता नै हो भन्‍ने देखाउन क्रियापदमा केही थप्‍ने गरिन्छ ।
२. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति त्यसलाई वाक्यको विशेष ठाउँमा राख्‍ने गरिन्छ ।
३. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति उक्त शब्दमा अर्को शब्द जोडेर लेखिन्छ ।
४. केही भाषाहरूमा कुनै व्यक्तिले एक्लै कुनै काम गरेको हो भन्‍ने देखाउनको निम्ति "एक्लै" शब्दको प्रयोग गरिन्छ ।
५. केही केही भाषाहरूमा कुनै कुरा एक्लै थियो भन्‍ने देखाउनको निम्ति त्यो ठाउँ कहाँ थियो भनेर बताउने गरिन्छ ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. केही भाषाहरूमा क्रियापदको कर्म क्रियापदको कर्ता नै हो भन्‍ने देखाउन क्रियापदमा केही थप्‍ने गरिन्छ ।
* **यदि मैले <u>आफ्‍नो</u> विषयमा गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन ।** (यूहन्‍ना ५:३१)
* “यदि मैले <u>आफूले आफ्नै</u> गवाही दिएँ भने मेरो गवाही सत्‍य हुँदैन ।”
* **यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना <u>आफू-आफूलाई शुद्ध पार्न</u> भनी निस्‍तार-चाडको आरम्‍भ हुन अघि यरूशलेममा गए ।** (यूहन्‍ना ११:५५)
* “यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना <u>आफैँलाई शुद्ध पार्न</u> भनी निस्‍तार-चाडको आरम्‍भ हुन अघि यरूशलेममा गए ।”
२. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति त्यसलाई वाक्यको विशेष ठाउँमा राख्‍ने गरिन्छ
* **यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “<u>उहाँ आफैले</u> हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो ।”** (मत्ती ८:१७ )
*<u>उहाँ जसले</u> हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो । ”
* **वास्‍तवमा <u>येशू आफैले</u> त होइन, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे ।** (यूहन्‍ना ४:२)
* “वास्‍तवमा <u>येशूले होइन</u>, तर उहाँका चेलाहरूले बप्‍तिस्‍मा दिन्‍थे ।”
३. केही भाषाहरूमा कुनै व्यक्ति वा वस्तुलाई जोड दिनको निम्ति उक्त शब्दमा अर्को शब्द जोडेर लेखिन्छ । अङ्ग्रेजी र नेपालीमा निजवाचक सर्वनामको प्रयोग गरिन्छ ।
* **उहाँले तिनको जाँच गर्नलाई यो भन्‍नुभएको थियो, किनभने उहाँ <u>आफैले</u> जे गर्न लाग्‍नुभएको थियो, सो उहाँलाई थाहा थियो ।** (यूहन्‍ना ६:६)
४. केही भाषाहरूमा कुनै व्यक्तिले एक्लै कुनै काम गरेको हो भन्‍ने देखाउनको निम्ति "एक्लै" शब्दको प्रयोग गरिन्छ ।
* **तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि <u>आफू</u> एकलै डाँडामा जानुभयो ।** (यूहन्‍ना ६:१५)
* “तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्‍दैछन्‌ भन्‍ने थाहा पाएर येशू फेरि आफू <u>एकलै</u> डाँडामा जानुभयो ।”
५. केही केही भाषाहरूमा कुनै कुरा एक्लै थियो भन्‍ने देखाउनको निम्ति त्यो ठाउँ कहाँ थियो भनेर बताउने गरिन्छ ।
* **सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपडाहरू मात्र त्‍यसै पडिरहेका देखे । उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपडाहरूसँग थिएन, तर <u>अलग्‍गै</u> एक ठाउँमा पट्याएर राखिएको थियो ।** (यूहन्‍ना २०:६-७ )
* “सिमोन पत्रुस त्‍यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपडाहरू मात्र त्‍यसै पडिरहेका देखे । उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपडाहरूसँग थिएन, तर अलग्‍गै <u>आफ्नै</u> ठाउँमा पट्याएर राखिएको थियो । ”