ne_ta/translate/figs-quotemarks/01.md

76 lines
15 KiB
Markdown
Raw Permalink Blame History

This file contains ambiguous Unicode characters

This file contains Unicode characters that might be confused with other characters. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### वर्णन
केही भाषाहरूमा बाँकी पाठहरूबाट उद्धरण चिन्हलाई हटाउनको निम्ति उद्धरण चिन्हको प्रयोग गरिन्छ ।
* यूहन्‍नाले भने, "म कहिले आइपुग्छु भन्‍ने मलाई थाहा छैन ।"
अप्रत्यक्ष कथनमा उद्धरण चिन्हको प्रयोग गरिन्‍न ।
* यूहन्‍नाले उनी कहिले आउँछन् भन्‍ने कुरा उनलाई थाहा नभएको बताए ।
कुनै कथनभित्र अन्य कथनहरू पनि भएको अवस्थामा कसले के भनिरहेको छ भनेर छुट्याउन पाठकलाई कठिन हुन्छ । अङ्ग्रेजी भाषामा सबैभन्दा बाहिरको कथनमा दोहोरो उद्धरण चिन्हको प्रयोग हुन्छ र भित्रको कथनमा एउटा उद्धरण चिन्हको प्रयोग गरिन्छ । त्यसभित्र रहेको अर्को कथनमा भने दोहोरो उद्धरणको प्रयोग गरिन्छ ।
* मरियमले भनिन्, “यूहन्‍ना भन्यो, ‘म कहिले आइपुग्छु भन्‍ने मलाई थाहा छैन ।’ “
* बबले भन्यो, “मरियमले भनिन्, ‘यूहन्‍नाले भन्यो, "म कहिले आइपुग्छु भन्‍ने मलाई थाहा छैन ।”
केही भाषाहरूमा अन्य प्रकारका उद्धरण चिन्हहरूको प्रयोग गरिन्छः केही उदाहरणहरूः „ “ « » ⁊ — .
### बाइबलबाट उदाहरणहरू
बाइबलमा प्रयोग गरिएका उद्धरण चिन्हका केही उदाहरणहरू तल दिइएका छन् ।
#### एउटा मात्र तह भएको कथन
प्रत्यक्ष कथनको पहिलो तहमा दोहोरो उद्धरण चिन्हको प्रयोग गरिएको छ।
> तिनीहरूले जवाफ दिए, “तिनी भुत्‍लाका लुगा लगाएका र कम्‍मरमा छालाको पेटी बाँधेका मानिस थिए। ” (२ राजा १:८ख यूएलटि)
#### दुई तह भएका कथनहरू
प्रत्यक्ष कथनको दोस्रो तहमा एउटा उद्धरण चिन्ह हुन्छ । तपाईंलाई हेर्न सजिलो होस् भनेर हामीले त्यस वाक्यांशलाई रेखाङ्कन गरेका छौँ ।
> तिनीहरूले त्‍यसलाई सोधे, “तिमीलाई '**ओछ्यान बोकेर हिँड**' भन्‍ने मानिस को हो?” (यूहन्‍ना ५:१२ यूएलटि)
> … उहाँले आफ्‍ना चेलाहरूमध्‍ये दुई जनालाई यसो भनेर पठाउनुभयो, “सामुन्‍नेको गाउँमा जाओ, र भित्र पस्‍दापस्‍दै तिमीहरूले गधाको एउटा बछेड़ो बाँधेको भेट्टाउने छौ, जसमाथि अहिलेसम्‍म कोही मानिस चढेको छैन । त्‍यसलाई फुकाएर यहाँ ल्‍याओ । कसैले **किन फुकाउँछौ**? भनेर तिमीहरूलाई सोध्‍यो भने, **प्रभुलाई यसको खाँचो छ** भन्‍नू।” (लूका १९:२९-३१ यूएलटि)
#### तिन तह भएको कथन
तेस्रो तहको कथनमा दोहोरो उद्धरण चिन्हको प्रयोग हुन्छ ।
> अबीमेलेकले फेरि अब्राहामलाई भने, “के सम्‍झेर तपाईंले मसित यस्‍तो काम गर्नुभयो?” अब्राहामले भने, “किनभने मैले त सोचेको थिएँ, 'यस ठाउँमा परमेश्‍वरको डर कसैलाई छैन, र मानिसहरूले मलाई मेरी पत्‍नीको कारण मार्ने छन्‌।' यो कुरो सत्‍य पनि हो कि तिनी मेरी बहिनी हुन्‌। तिनी मेरा पिताकी छोरी हुन्, तर मेरी आमाकी होइनन्‌। र तिनी मेरी पत्‍नी भइन्‌। अनि जब परमेश्‍वरले मलाई आफ्‍ना पिताको घर छोडेर परदेशी भएर यताउता घुमिहिँड्‌ने तुल्‍याउनुभयो, तब मैले सारालाई भनेको थिएँ, <u></u>दया गरेर तिमीले मेरो विषयमा “**यिनी मेरा दाजु हुन्‌”** भन्‍नू है’।” (उत्पत्ति २०:१०-१३ यूएलटि)
#### चार तह भएको कथन
चौथो तहको कथनमा एउटा उद्धरण चिन्हको प्रयोग हुन्छ। देख्‍न सजिलो होस् भनेर हामीले यसलाई कालो रङ्ग गरेका छौँ।
> तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: **'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’।** “ “ (२ राजा १:५-६ यूएलटि)
### उद्धरण चिन्ह प्रयोगका निम्ति रणनीतिहरू
पाठकहरूले उद्धरण चिन्हको सुरु कहाँ हुन्छ र त्यसको अन्त्य कहाँ हुन्छ भन्‍ने कुरा थाहा पाऊन् भनेर केही नियमहरू बनाइएका छन्।
(१) दुई प्रकारका उद्धरण चिन्हलाई पालोपालो प्रयोग गर्नुहोस्। अङ्ग्रेजीमा एकोहोरो र दोहोरो उद्धरण चिन्हलाई पालैपालो प्रयोग गरिन्छ।
(२) थोरै मात्र उद्धरण चिन्हको प्रयोगको लागि एउटा वा केही कथनलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस्। (हेर्नुहोस् [प्रत्यक्ष र अप्रत्यक्ष कथनहरू](../figs-quotations/01.md))
(३) यदि कुनै एउटा उद्धरण धेरै लामो र धेरै तहको छ भने मूल कथनको अगाडि अलिकति खाली ठाउँ छोडेर (indent) त्यसभित्र भएका प्रत्यक्ष कथनमा मात्र उद्धरण चिन्हको प्रयोग गर्नुहोस्।
### उद्धरण चिन्ह रणनीतिहरूको प्रयोगका उदाहरणहरू
(१) दुई प्रकारका उद्धरण चिन्हलाई पालोपालो प्रयोग गर्नुहोस्।
> तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’। “ “ (२ राजा १:६ यूएलटि)
(२) थोरै मात्र उद्धरण चिन्हको प्रयोगको लागि एउटा वा केही कथनलाई अप्रत्यक्ष कथनको रूपमा अनुवाद गर्नुहोस् । तल दिइएको उदाहरणमा दूतले राजालाई भनेको कुरा अप्रत्यक्ष कथनमा लेखिएको छ।
> तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’। “ “ (२ राजा १:६ यूएलटि)
* तिनीहरूले जवाफ दिए **कि** हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌ । यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌। ”
(३) यदि कुनै एउटा उद्धरण धेरै लामो र धेरै तहको छ भने मूल कथनको अगाडि अलिकति खाली ठाउँ छोडेर त्यसभित्र भएका प्रत्यक्ष कथनमा मात्र उद्धरण चिन्हको प्रयोग गर्नुहोस्।
> तिनीहरूले जवाफ दिए, “हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, ‘तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌’। “ “ (२ राजा १:६ यूएलटि)
* तिनीहरूले जवाफ दिए,
* हामीसँग भेट गर्नलाई एक जना मानिस आए र तिनले हामीलाई भने, "तिमीहरूलाई पठाउने राजाकहाँ जाओ, र तिनलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्‍छ: 'के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न र तँ एक्रोनको देवता बाल-जिबबकहाँ सल्‍लाह लिनलाई मानिसहरू पठाउँदैछस्‌। यसैकारण तँ बिरामी परेको ओछ्यान छोड्‌नेछैनस्‌। तँ निश्‍चय नै मर्नेछस्‌। “