ne_ta/translate/figs-inclusive/01.md

22 lines
3.7 KiB
Markdown

### वर्णन
केही भाषाहरूमा "हामी" को एकभन्दा धेरै स्वरूप हुन्छन्ः **समावेश भएको** स्वरूप अर्थात् "म र तपाईं" **समावेश नभएको** स्वरूप अर्थात् "म र तपाईं बाहेकको अन्य कोही" । समावेश गरिएको स्वरूपले जोसँग कुरा गरिन्छ उसलाई र अरूलाई पनि समेट्छ । "हामी" र "हाम्रो" मा पनि यही लागु हुन्छ । केही भाषाहरूमा यी हरेक सर्वनामको लागि समावेश भएको र नभएको दुबै स्वरूप हुन्छन् ।
चित्रहरू हेर्नुहोस् । दाहिनेतिर भएका व्यक्तिहरू वक्ताले कुरा गरिरहेका मानिसहरू हुन् । पहेँलो रङ्गले समावेश गरिएको "हामी" र समावेश नगरिएको "हामी" लाई जनाउँछ ।
![](https://cdn.door43.org/ta/jpg/vocabulary/we_us_inclusive.jpg)
![](https://cdn.door43.org/ta/jpg/vocabulary/we_us_exclusive.jpg)
**यो अनुवादको विषय हुनुको कारण** - पहिले बाइबल हिब्रू, आरामेइक र ग्रीक भाषाहरूमा लेखिएको थियो । यी भाषाका अङ्ग्रेजीमा जस्तो "हामी" को समावेश भएको र नभएको दुबै स्वरूपहरू छैनन् । "हामी" को दुबै स्वरूप भएका भाषामा अनुवाद गर्ने अनुवादकले "हामी" को कुन स्वरूप प्रयोग गर्ने भन्‍ने निर्णय गर्नको निम्ति लेखकले भन्‍न खोजेको कुरा बुझ्‍न जरुरी छ ।
### बाइबलबाट उदाहरणहरू
>… गोठालाहरूले आपसमा भने, “आओ, <u>हामी</u> बेथलेहेमसम्‍म जाऔं, र त्‍यहाँ घटेको यो घटना र परमप्रभुले <u>हामीलाई</u> बताउनुभएको कुरा गएर हेरौं ।” (लूका २:१५ )
गोठालाहरू एक अर्कासँग कुरा गर्दै थिए । तिनीहरूले "हामी" भन्दा तिनीहरूले कुरा गरिरहेका व्यक्ति अर्थात् एक अर्कालाई समेटेका थिए ।
>एक दिन उहाँ आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “<u>हामी</u> तालको पारिपट्टि जाऔं ।” र उहाँहरू डुङ्गामा चढी जानुभयो । (लूका ८:२२ )
येशूले "हामी" भनेर आफैँ र उहाँले कुरा गरिरहनु भएका चेलाहरूलाई भन्‍नु भएको हो ।