77 lines
13 KiB
Markdown
77 lines
13 KiB
Markdown
### वर्णन
|
|
|
|
कुनै इच्छा व्यक्त गर्न वा कसैलाई केही काम गर्न लगाउनको निम्ति विध्यर्थ वाक्यहरूको प्रयोग गरिन्छ । कहिलेकाहीँ बाइबलमा प्रयोग गरिएका विध्यर्थ वाक्यका अन्य प्रयोग पनि हुन्छन् ।
|
|
|
|
### यो अनुवादको विषय हुनुको कारण
|
|
|
|
केही भाषाहरूमा बाइबलमा प्रयोग गरे जसरी विध्यर्थ वाक्यहरूको प्रयोग गर्दैनन् ।
|
|
|
|
### बाइबलबाट उदाहरणहरू
|
|
|
|
वक्ताहरूले प्राय गरेर सुन्ने व्यक्तिलाई केही काम गर्न लगाउनको निम्ति विध्यर्थ वाक्यहरूको प्रयोग गर्छन् । उत्पत्ति २ मा परमेश्वर इसाहकसँग बोल्नुभयो अनि तिनलाई मिश्रमा नजान र परमेश्वरले भनेको ठाउँमा बसोबास गर्न भन्नुभयो ।
|
|
|
|
> परमप्रभुले तिनीकहाँ देखा परेर तिनलाई भन्नुभयो, “<u>मिश्रमा नजा</u>, तर मैले तँलाई भनेकै ठाउँमा <u>बस्</u> । (उत्पत्ति २६:२ )
|
|
|
|
कहिलेकाहीँ बाइबलमा प्रयोग गरिएका विध्यर्थ वाक्यहरूका अन्य प्रयोगहरू हुन्छन्ः
|
|
|
|
#### विध्यर्थले कुनै कुराहरू सम्भव गराउने काम गर्छ
|
|
|
|
परमेश्वरले कुनै कुरा होओस् भनेर आज्ञा गर्नुहुन्छ र ती कुराहरू हुन्छन् । येशूले एकजना मानिसलाई निको होऊ भनेर आज्ञा गर्नुभयो र ऊ निको भयो । त्यस मानिसले आज्ञा पालन गर्नको लागि केही गर्न सकेन तर येशूले त्यसलाई निको पार्नुभयो । ("शुद्ध होऊ" को अर्थ "निको होऊ" हुन्छ ।)
|
|
> “म इच्छा गर्छु, तिमी <u>निको भइजाऊ</u> ।” तुरुन्तै त्यसको कुष्ठरोग निको भइगयो । (मत्ती ८:३ )
|
|
|
|
उत्पत्ति १ मा परमेश्वरले उज्यालो होस् भनेर आज्ञा गर्नुभयो र आज्ञा गरेर नै उहाँले उज्यालोलाई अस्तित्वमा ल्याउनुभयो । केही भाषाहरूमा उदाहरणको लागि बाइबलमा प्रयोग गरिएको हिब्रू भाषामा आज्ञाहरू तृतीय पुरुषमा छन् । अङ्ग्रेजीमा त्यस्तो छैन, त्यसैले तृतीय पुरुषमा भएको आज्ञालाई द्वितीय पुरुषमा परिवर्तन गर्नुपर्छ । उदाहरणः
|
|
>परमेश्वरले भन्नुभयो, “<u>उज्यालो होस्</u> ।” तब उज्यालो भयो । (उत्पत्ति १:३ )
|
|
|
|
तृतीय पुरुष आज्ञा प्रयोग गरिने भाषाहरूले मूल हिब्रूलाई पच्छ्याउन सक्छन्, यसलाई सिधै अनुवाद गर्दा "उज्यालो हुनुपर्छ" हुन्छ ।
|
|
|
|
#### आशिष्हरूको रूपमा प्रयोग गरिएका विध्यर्थहरू
|
|
|
|
बाइबलमा मानिसहरूलाई आशिष् दिँदा विध्यर्थको प्रयोग गर्नुहुन्छ । यसले तिनीहरूको निम्ति उहाँको इच्छालाई जनाउँछ ।
|
|
|
|
>परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “<u>फल्दै-फुल्दै</u>, <u>वृद्धि हुँदै</u>, पृथ्वीमा <u>भरिँदै</u> र त्यसलाई आफ्नो <u>वशमा पार्दैजाओ</u> । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि <u>अधिकार गर</u> ।” उत्पत्ति १:२८
|
|
|
|
#### सर्तहरूको रूपमा विध्यर्थ
|
|
|
|
कुनै कुरा हुनको निम्ति आवश्यक **सर्त** को रूपमा पनि विध्यर्थ वाक्याको प्रयोग गर्न सकिन्छ । हितोपदेशले जीवन र अक्सर गरेर हुने कुराहरूको बारेमा बताउँछ । तल दिइएको हितोपदेश ४:६ को उद्देश्य आज्ञा दिनु नभइ **यदि** मानिसहरूले बुद्धिलाई प्रेम गरे भने तिनीहरूको जीवनमा के हुन्छ भन्ने कुरा सिकाउनु हो ।
|
|
|
|
>... बुद्धिलाई <u>नत्याग्</u>, र त्यसले तँलाई सुरक्षित राख्ने छ । त्यसलाई <u>प्रेम गर्</u>, र त्यसले तँमाथि हेरचाह गर्ने छ ।(हितोपदेश ४:६ )
|
|
|
|
तल दिइएको हितोपदेश २२:६ मानिसहरूले आफ्ना छोराछोरीलाई हिँड्नुपर्ने बाटोमा तालीम दिँदा के हुन्छ भनेर सिकाउँछ ।
|
|
|
|
>बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा <u>तालीम देऊ</u>
|
|
>,र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन । (हितोपदेश २२:६ )
|
|
|
|
### अनुवादका रणनीतिहरू
|
|
|
|
१. बाइबलमा जुन कार्यहरू जनाउनको लागि विध्यर्थको प्रयोग भएको छ, यदि तपाईंको भाषा बोल्ने मानिसहरूले उक्त कार्य जनाउनको लागि विध्यर्थ प्रयोग गर्दैनन् भने विध्यर्थको ठाउँमा सामान्य वाक्यको प्रयोग गर्नुहोस् ।
|
|
२. कुनै कुरा गराउनको निम्ति प्रयोग गरिएको वाक्यलाई मानिसहरूले बुझ्दैनन् भने कुनै कुरा भनिएको कारण त्यो काम भएको हो भन्ने जनाउन "यसैले" को प्रयोग गर्नुहोस् ।
|
|
३. यदि तपाईंको भाषा बोल्ने मानिसहरूले आज्ञालाई सर्तको रूपमा प्रयोग गर्दैनन् भने, यसलाई "यदि" र "तब" भएका सामान्य वाक्यको रूपमा अनुवाद गर्नुहोस् ।
|
|
|
|
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
|
|
|
|
१. बाइबलमा जुन कार्यहरू जनाउनको लागि विध्यर्थको प्रयोग भएको छ, यदि तपाईंको भाषा बोल्ने मानिसहरूले उक्त कार्य जनाउनको लागि विध्यर्थ प्रयोग गर्दैनन् भने विध्यर्थको ठाउँमा सामान्य वाक्यको प्रयोग गर्नुहोस् ।
|
|
|
|
* **शुद्ध होऊ ।** (मत्ती ८:३ )
|
|
* “अब तिमी शुद्ध भयौ ।”
|
|
* “अब म तिमीलाई शुद्ध पार्छु ।”
|
|
* **परमेश्वरले भन्नुभयो, “<u>उज्यालो होस् </u>।” तब उज्यालो भयो ।** (उत्पत्ति १:३ )
|
|
* परमेश्वरले भन्नुभयो, “<u>यहाँ अब उज्यालो छ </u>।” तब उज्यालो भयो ।
|
|
* **परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “<u>फल्दै-फुल्दै</u>, <u>वृद्धि हुँदै</u>, पृथ्वीमा <u>भरिँदै</u> र त्यसलाई आफ्नो <u>वशमा पार्दैजाओ</u> । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि <u>अधिकार गर</u> ।”** (उत्पत्ति १:२८ )
|
|
* परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “<u>तिमीहरूको लागि मेरो इच्छा तिमीहरू फलदायी होओ</u>, <u>वृद्धि हुँदै जाओ</u>, पृथ्वीमा <u>भरिँदै जाओ</u> र त्यसलाई आफ्नो <u>वशमा पार्दैजाओ</u> । समुद्रका माछाहरू, आकाशका पक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि <u>अधिकार गर भन्ने म चाहन्छु</u> ।”
|
|
|
|
२. कुनै कुरा गराउनको निम्ति प्रयोग गरिएको वाक्यलाई मानिसहरूले बुझ्दैनन् भने कुनै कुरा भनिएको कारण त्यो काम भएको हो भन्ने जनाउन "त्यसैले" को प्रयोग गर्नुहोस् ।
|
|
|
|
* **परमेश्वरले भन्नुभयो, “<u>उज्यालो होस् </u>।” तब उज्यालो भयो ।** (उत्पत्ति १:३ )
|
|
* परमेश्वरले भन्नुभयो, 'उज्यालो होस् ,' <u>त्यसैले</u> उज्यालो भयो ।
|
|
* परमेश्वरले भन्नुभयो, “उज्यालो हुनुपर्छ,” <u>फलस्वरूप</u> उज्यालो भयो ।
|
|
|
|
३. यदि तपाईंको भाषा बोल्ने मानिसहरूले आज्ञालाई सर्तको रूपमा प्रयोग गर्दैनन् भने, यसलाई "यदि" र "तब" भएका सामान्य वाक्यको रूपमा अनुवाद गर्नुहोस् ।
|
|
|
|
>**बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ,**
|
|
>**र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन ।** (हितोपदेश २२:६ )
|
|
|
|
#### अनुवाद गर्दा:
|
|
|
|
>“<u>यदि</u> तिमीले बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालिम दियौ भने,
|
|
><u>तब</u> ऊ वृद्ध हुँदा त्यसबाट तर्किएर जाँदैन ।”
|