ne_ta/translate/figs-idiom/01.md

9.6 KiB

टुक्का शब्दहरू मिलेर बनेको आलङ्‍कार हो, यसले यसमा प्रायुक्त हरेक शब्दहरू दिने सामान्य अर्थभन्दा फरक अर्थ दिन्छ। यो भाषा बोल्ने मानिसले यसको अर्थ नबताएसम्म यो भाषा नबोल्ने मानिसले यसको वास्तविक अर्थ थाहा पाउन सक्दैन। हरेक भाषामा टुक्काको प्रयोग गरिन्छ। नेपालीका केही उदाहरणहरूः

  • तपाईंका दिनहरू कसरी कटिरहेका छन्। (यसको अर्थ हुन्छ "तपाईंको समय कसरी बितिरहेको छ")
  • यदि मैले भएको जस्तो भएन भने म मेरो कान काट्छु। (यसको अर्थ हुन्छ, "मैले भनेको जस्तै हुन्छ भनी म कसम खान्छु"।)
  • तपाईंले त्यसरी मुख छाड्न मिल्दैन । (यसको अर्थ हुन्छ, "तपाईंले त्यसरी गाली गर्न मिल्दैन")
  • मेरो छोरोले मेरो नाक राख्छ। (यसको अर्थ हुन्छ, "मेरो छोरोले मेरो प्रतिष्ठा राख्छ")

वर्णन

टुक्का यस्तो वाक्यांश हो, जसले त्यही भाषा बोल्ने र प्रयोग गर्ने व्यक्तिलाई विशेष अर्थ दिन्छ। टुक्काले हरेक छुट्टाछुट्टै शब्दले दिने अर्थभन्दा फरक अर्थ दिन्छ।

उहाँले यरूशलेमतिर जाने अठोट गर्नुभयो। (लुका ९:५१ख यूएलटि)

अँग्रेजी बाइबलमा प्रयोग भएका शब्दहरू "set his face" अङ्ग्रेजी टुक्का हो, यसको अर्थ "अठोट गर्नुभयो" हुन्छ।

कहिलेकाहीँ मानिसहरूले टुक्कालाई सामान्य तरिकाले बुझ्‍न सक्छन् तर त्यसको अर्थ अनौठो लाग्‍न सक्छ।

किनकि तपाईं मेरो छानामुनि (घरभित्र) प्रवेश गर्नुहुने योग्‍यको म छैनँ। (लूका ७:६ख यूएलटि)

"छानामुनि" वाक्यांशले "घरभित्र" भन्‍ने अर्थ दिन्छ।

“यी कुरा तिमीहरूका कानमा गडून्।” (लूका ९:४४क यूएलटि )

यो टुक्काको अर्थ "मैले भनेको कुरालाई ध्यान दिएर सुन र सम्झ" हुन्छ।

उद्देश्य: कुनै व्यक्तिले झुक्किएर कुनै कुरालाई अनौठो तरिकाले व्याख्या गर्दा टुक्काको सृजना भएको हुन सक्छ। तर जब त्यो अनौठो तरिकाले गरिएको व्याख्याले भन्‍न खोजेको कुरालाई झन् शक्तिशाली तरिकाले व्यक्त गर्छ, तब अन्य मानिसहरूले त्यसको प्रयोग गर्न सुरु गर्छन्। केही समयपछि यो नै सामान्य बन्‍न जान्छ।

यो अनुवादको विषय हुनुका कारणहरू

  • मूल बाइबलमा प्रयोग भएका टुक्काहरूको भाषाको बारेमा थाहा नभएका मानिसहरूले टुक्काहरूलाई गलत तरिकाले बुझ्‍नसक्छन्।.
  • अनुदित बाइबलको भाषाको बारेमा जानकारी नभएका व्यक्तिहरूले बाइबलका स्रोत भाषामा प्रयोग गरिएका टुक्काहरूलाई गलत तरिकाले बुझ्‍नसक्छन्।
  • लक्षित भाषाका पाठकहरूले अर्थ बुझ्दैनन् भने टुक्काहरूको शाब्दिक अनुवाद (शब्दको अर्थअनुसार) गर्नु बेकार हुन्छ।

बाइबलबाट उदाहरणहरू

यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाडनाता हौं।” (१ इतिहास ११:१ यूएलटि)

यसको अर्थ हो, "हामी र तपाईं एउटै जाति र परिवारका हौँ।"

इस्राएलका सन्तानहरू साहससँग हिँडिरहेका थिए। (प्रस्थान १४:८ख ASV)

अङ्ग्रेजी टुक्का with a high hand (साहससँग) को अर्थ हो इस्राएलीहरू नडराइकन अटेर गरेर निस्केर गए।"

तर हे परमेश्‍वर, तपाईं मेरो वरिपरि एक ढाल हुनुहुन्‍छ, तपाईं मेरो गौरव र मेरो शिर उच्‍च पारिदिने हुनुहुन्‍छ। भजनसंग्रह ३:३ख यूएलटि

यसको अर्थ हो, "मलाई सहायता गर्ने"।

अनुवादका रणनीतिहरू

यदि तपाईंको भाषामा टुक्काहरूलाई सजिलै बुझ्‍न सकिन्छ भने तिनको प्रयोग गर्नुहोस्। यदि सकिन्‍न भने अरू विकल्पहरू तल दिइएका छन्।

(१) टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस्।

(२) तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) टुक्काको प्रयोग नगरिकन सामान्य अर्थको अनुवाद गर्नुहोस्।

  • त्‍यसपछि सारा इस्राएल जम्‍मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाडनाता हौं। (१ इतिहास ११:१ यूएलटि )
  • …हामीहरू तपाईंकै जाति हौँ।
  • उहाँको स्‍वर्गारोहणको दिन नजिकै आइपुग्‍दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो। (लूका ९:५१ख यूएलटि)
  • उहाँले यरूशलेमतर्फको यात्रा सुरु गर्नुभयो, "उहाँ त्यहाँ पुग्‍ने कुरामा दृढ हुनुहुन्थ्यो।
  • तपाईं मेरो छानामुनि प्रवेश गर्नुहुने योग्‍यको म छैनँ। (लूका ७:६ख यूएलटि)
  • तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्‍यको म छैनँ।

(२) तपाईंको भाषा बोल्ने मानिसहरूले प्रयोग गर्ने उस्तै अर्थ दिने अर्को टुक्काको प्रयोग गर्नुहोस्।

  • यी कुरा तिमीहरूका कानमा गडून्। (लूका ९:४४क यूएलटि)
  • यी कुराहरू कान थापेर सुन
  • शोकले गर्दा मेरा आँखा धमिला भएका छन्‌। (भजनसङ्ग्रह ६:७ख युएलटि)
  • शोकले गर्दा मेरा आँखाको आँसु सुकेका छन्