ne_ta/translate/figs-go/01.md

11 KiB

वर्णन

"जानु" वा "आउनु" मध्ये कुनचाहिँको प्रयोग गर्ने भन्‍ने बारेमा फरक-फरक भाषाहरूका फरक-फरक तरिकाहरू छन् र गतिको बारेमा कुरा गर्दा "लानु" वा "ल्याउनु" मध्ये कुन प्रयोग गर्ने भन्‍नने बारेमा पनि आ-आफ्नै तरिका छन्। उदाहरणको लागि, अङ्ग्रेजी बोल्नेहरूले आफूलाई बोलाउने व्यक्ति भएको ठाउँमा पुग्‍नै लाग्दा "म आउँदैछु" भन्छन् तर स्पानिस् भाषा बोल्‍नेहरूले "म जाँदैछु" भन्छन्। "आउनु" वा "जानु" ("लैजानु" र "ल्याउनु") को अनुवाद गर्दा आफ्ना पाठकहरूले बुझ्‍ने गरी गर्नुहोस्।

यो अनुवादको विषय हुनुको कारण

फरक भाषाहरूले गतिलाई फरक तरिकाले व्यक्त गर्छन्। "जानु" र "आउनु" वा "लैजानु" र "ल्याउनु" को प्रयोग गर्ने तरिका बाइबलीय भाषा वा स्रोत भाषा र तपाईंको भाषामा फरक पर्न सक्छ। यदि यी शब्दहरूको अनुवाद गर्दा तपाईंको भाषामा स्वभाविक लाग्दैन भने तपाईंका पाठकहरू अलमलमा पर्न सक्छन्।

बाइबलबाट उदाहरणहरू

तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ।(उत्पत्ति ७:१ यूएलटि)

केही भाषाहरूमा परमेश्‍वर जहाजभित्र हुनुहुन्थ्यो भन्‍ने अर्थ पनि लाग्‍न सक्छ।

जब तँ मेरो कुटुम्‍बकहाँ आउने छस्‌ तब मेरो यस शपथबाट छुट्‌ने छस्‌। अनि तिनीहरूले केटी दिएनन्‌ भने पनि मेरो यस शपथबाट तँ छुट्‌ने छस्‌। (उत्पत्ति २४:४१ यूएलटि)

अब्राहाम आफ्नो नोकरसँग कुरा गर्दै थिए। अब्राहामका कुटुम्‍बहरू अब्राहाम र नोकर उभिएको ठाउँबाट टाढा बस्थे, त्यसैले तिनी आफ्नो नोकर तिनी भएको ठाउँमा आएको होइन, तिनीहरूकहाँ गएको चाहन्थे।

परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा आएर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने … (व्यवस्था १७:१४क यूएलटि )

मोशा उजाडस्थानमा आफ्ना मानिसहरूसँग कुरा गरिरहेका छन्। तिनीहरू परमेश्‍वरले तिनीहरूलाई दिनुभएको देशमा पुगेका थिएनन्। केही भाषाहरूमा यसलाई, परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा गएर… भन्‍नु अझ अर्थपूर्ण हुन्छ।

योसेफ र मरियमले उहाँलाई परमप्रभुको सामुन्‍ने समर्पण गर्न यरूशलेममा ल्‍याए। (लूका १:२२ यूएलटि)

केही भाषाहरूमा, योसेफ र मरियमले उहाँलाई लगे भन्‍नु अर्थपूर्ण हुन्छ।

याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस्‌ भनी उहाँलाई बिन्‍ती गरे, (लूका ८:४१ यूएलटि)

येशूसँग कुरा गर्दा याइरस आफ्नो घरमा थिएनन्। येशू आफ्नो घर गएको तिनी चाहन्थे।

यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म सार्वजनिक रूपमा बाहिर गइनन्। (लूका १:२४ यूएलटि)

केही भाषाहरूमा, एलीशिबा बाहिर आइनन् भन्‍नु उपयुक्त हुन्छ।

अनुवादका रणनीतिहरू

यदि प्रयोग गरिएको शब्द स्वभाविक लाग्छ र सही अर्थ दिन्छ भने त्यसको प्रयोग गर्नुहोस्। यदि यसो होइन भने, अन्य रणनीतिहरू तल दिइएका छन्।

(१) तपाईंको भाषामा "जानु," "आउनु," वा "ल्याउनु," वा "लैजानु" कुन शब्दको प्रयोग स्वभाविक हुन्छ, त्यसैको प्रयोग गर्नुहोस्।

(२) सही अर्थ दिने अर्को शब्दको प्रयोग गर्नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

१. तपाईंको भाषामा "जानु," "आउनु," वा "ल्याउनु," वा "लैजानु" कुन शब्दको प्रयोग स्वभाविक हुन्छ, त्यसैको प्रयोग गर्नुहोस् ।

  • जब तँ मेरो कुटुम्‍बकहाँ आउने छस्‌ तब मेरो यस शपथबाट छुट्‌ने छस्‌ । अनि तिनीहरूले केटी दिएनन्‌ भने पनि मेरो यस शपथबाट तँ छुट्‌ने छस्‌ । (उत्पत्ति २४:४१ )
    • जब तँ मेरो कुटुम्‍बकहाँ जाने छस्‌ तब मेरो यस शपथबाट छुट्‌ने छस्‌ । अनि तिनीहरूले केटी दिएनन्‌ भने पनि मेरो यस शपथबाट तँ छुट्‌ने छस्‌ ।.
  • यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म सार्वजनिक रूपमा बाहिर गइनन् (लूका १:२४ )
    • यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म सार्वजनिक रूपमा बाहिर आइनन्

२. सही अर्थ दिने अर्को शब्दको प्रयोग गर्नुहोस् ।

  • परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा आएर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने ... (व्यवस्था १७:१४ )
    • “परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देशमा पुगेर त्‍यो अधिकार गरी त्‍यहाँ बसोबास गर्न लागेपछि “हाम्रा वरिपरिका सबै जातिहरूले गरेझैँ हामी पनि हामीमाथि एउटा राजा नियुक्त गरौं” भनी भन्‍यौ भने ...”
  • तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र आओ ... (उत्पत्ति ७:१ )
    • “तब परमप्रभुले नोआलाई भन्‍नुभयो, “तँ र तेरा सबै जहान जहाजभित्र प्रवेश गर ...”
  • यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म सार्वजनिक रूपमा बाहिर गइनन् (लूका १:२४ )
    • यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्‍म पाँच महिनासम्‍म सार्वजनिक रूपमा बाहिर देखा परिनन्