ne_ta/translate/figs-genericnoun/01.md

58 lines
7.8 KiB
Markdown

### वर्णन
नाम प्रयोग भएका सामान्य वाक्यांशहरूले कुनै व्यक्तिगत मानिसहरू वा चिजहरूलाई नभइ सामान्य रूपमा मानिस वा चिजहरूलाई जनाउँछ । यस्तो हामी अक्सर गरेर हितोपदेशको पुस्तकमा पाउँछौं किनकि हितोपदेशले आम मानिसहरूको बारेमा भएका सत्य कुराहरू बताउँछ ।
>जलिरहेका भुङ्‌ग्रामा कुनै <u>मानिस</u> हिँड्‌यो भने के त्‍यसका खुट्टा पोल्‍दैनन्‌ र?
>अर्काकी पत्‍नीसित सुत्‍ने <u>मानिस त्‍यस्‍तै नै हुन्‍छ</u>,
><u>तिनलाई छुने कुनै पनि मानिस</u> दण्‍ड नपाई उम्‍कने छैन ।(हितोपदेश ६:२८ )
माथि दिइएका रेखाङ्कित वाक्यांशहरूले कुनै विशेष मानिसलाई जनाउँदैन । तिनले त्यस्तो काम गर्ने हरेक व्यक्तिलाई जनाउँछ ।
#### यो अनुवादको विषय हुनुको कारण
विभिन्‍न भाषाहरूमा सामान्य रूपमा केही कुरालाई जनाउने संज्ञात्मक वाक्यांशहरूलाई व्यक्त गर्ने फरक शैलीहरू हुन्छन् । अनुवादकहरूले यी सामान्य विचारहरूलाई आफ्नो भाषामा स्वभाविक लाग्‍ने तरिकाले अनुवाद गर्नुपर्छ ।
### बाइबलबाट उदाहरणहरू
><u>धर्मी मानिस सङ्कष्‍टबाट बचाइन्‍छ</u>, अनि त्‍यसको साटो <u>दुष्‍टमाथि</u> नै त्‍यो आइपर्छ । (हितोपदेश ११:८ )
माथि दिइएका रेखाङ्कित वाक्यांशहरूले कुनै विशेष मानिसलाई जनाउँदैन । तिनले कुनै पनि धर्मी र दुष्ट मानिसलाई जनाउँछन् ।
><u>अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्</u>, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुने छ । (हितोपदेश ११:२६ )
यसले कुनै विशेष व्यक्तिलाई नभइ अन्‍न बिक्री नगर्ने जुनसुकै व्यक्तिलाई जनाउँछ ।
><u>असल मानिसले</u> परमप्रभुको निगाह प्राप्‍त गर्छ, तर <u>धूर्तलाई</u> चाहिँ परमप्रभुले दोषी ठहराउनुहुने छ । (हितोपदेश १२:२ )
"असल मानिस" वाक्यांशले कुनै विशेष व्यक्तिलाई नभइ सामान्य रूपमा जुनसुकै असल व्यक्तिलाई जनाउँछ । यसरी नै "धुर्त" ले पनि कुनै विशेष धुर्त व्यक्तिलाई नभइ जुनसुकै धुर्त व्यक्तिलाई जनाउँछ ।
### अनुवादका रणनीतिहरू
यदि तपाईंको भाषामा मानिसहरू र चिजहरूलाई विशेष रूपमा नभइ सामान्य रूपमा जनाउने उस्तै शब्दहरूको प्रयोग हुन्छन् भने ती शब्दहरूको प्रयोग गर्नुहोस् । तपाईंको लागि केही रणनीतिहरू दिइएको छ ।
१. संज्ञात्मक वाक्यांशसँग "एउटा" प्रयोग गर्नुहोस् ।
२. "कुनै व्यक्ति" मा जस्तै "कुनै" शब्दको प्रयोग गर्नुहोस् ।
३. "मानिहरू" शब्दमा जस्तै बहुवचन शब्दको प्रयोग गर्नुहोस् ।
४. तपाईंको भाषामा स्वभाविक लाग्‍ने अर्को कुनै तरिकाको प्रयोग गर्नुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. संज्ञात्मक वाक्यांशसँग "एउटा" प्रयोग गर्नुहोस् ।
* **<u>अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्</u>, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुने छ ।** (हितोपदेश ११:२६ )
*<u>अन्‍न लुकाएर भण्‍डार भर्ने कुने एक व्यक्तिलाई मानिसहरूले सराप्‍छन्</u>, तर स्‍वेच्‍छाले बिक्री गर्ने व्‍यक्ति आशिष्‌ले भरपूर हुने छ ।”
२. "कुनै व्यक्ति" मा जस्तै "कुनै" शब्दको प्रयोग गर्नुहोस् ।
* **<u>अन्‍न लुकाएर भण्‍डार भर्नेलाई मानिसहरूले सराप्‍छन्</u>।** (हितोपदेश ११:२६ )
*<u>अन्‍न लुकाएर भण्‍डार भर्ने कुनै व्यक्तिलाई मानिसहरूले सराप्‍छन्</u>।”
३. "मानिहरू" शब्दमा जस्तै बहुवचन शब्दको प्रयोग गर्नुहोस् ।
* **अन्‍न लुकाएर भण्‍डार <u>भर्नेलाई</u> मानिसहरूले सराप्‍छन् ।** (हितोपदेश ११:२६ )
* “अन्‍न लुकाएर भण्‍डार भर्ने <u>मानिसहरूलाई</u> मानिसहरूले सराप्‍छन् ।”
४. तपाईंको भाषामा स्वभाविक लाग्‍ने अर्को कुनै तरिकाको प्रयोग गर्नुहोस् ।
* **अन्‍न लुकाएर भण्‍डार <u>भर्नेलाई</u> मानिसहरूले सराप्‍छन् ।** (हितोपदेश ११:२६ )
* “अन्‍न लुकाएर भण्‍डार भर्ने <u>हरेकलाई</u> मानिसहरूले सराप्‍छन् ।”