ne_ta/translate/figs-exclamations/01.md

71 lines
11 KiB
Markdown

### विवरण
जसले आश्‍चर्य, खुसी, डर वा रिसजस्ता गहिरा भावनाहरू व्यक्त गर्ने शब्दहरू वा वाक्यहरूलाई विस्मयादि भनिन्छ । यसको लागि शब्द वा वाक्यको अन्त्यमा(!) चिन्हको प्रयोग गरिएको हुन्छ । हो चिन्हले विस्मयादि जनाउँछ । परिस्थिति र अर्थले मानिसहरूले व्यक्त गरेको भावनालाई बुझ्‍न मदत गर्छ । तल दिइएको मत्ती ८ को उदाहरणमा वक्ताहरू धेरै डराएका थिए । मत्ती ९ को उदाहरणमा कहिले नदेखेको कुरा देखेर वक्ताहरू छक्क परेका थिए ।
>बचाउनुहोस्‌ प्रभु! हामीहरू नष्‍ट हुन लाग्‍यौं। (मत्ती ८:२५)
>भूत निकालिएपछि त्‍यो गूँगो बोल्‍यो। अनि “इस्राएलमा कहिल्‍यै यस्‍तो देखिए!” भन्‍दै भीड छक्‍क पर्‍यो। (मत्ती ९:३३)
### यो अनुवादको विषय हुनुको कारण
कुनै वाक्यले गहिरो भावना व्यक्त गरेको छ भन्‍ने कुरा व्यक्त गर्ने विभिन्‍न भाषाहरूका फरक तरिकाहरू हुन्छन् ।
### बाइबलबाट उदाहरणहरू
केही विस्मयादिहरूमा कुनै एउटा शब्दले भावना व्यक्त गर्छ । तल दिइएका वाक्यहरूमा "आहा" र "हाय" शब्दहरू प्रयोग गरिएको छ । "आहा" शब्दले वक्ता अचम्भित भएको देखाउँछ ।
><u>आहा !</u>, परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो !
उहाँका इन्‍साफहरू कति अगम र उहाँका मार्ग बुझ्‍न नसकिने! (रोमी ११:३३)
तल प्रयोग गरिएको "हाय" शब्दले गिदोन डराएका थिए भन्‍ने देखाउँछ ।
>तब गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन्‌ भनी थाहा पाए, र भने, “<u>हाय</u>, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें ।”(न्यायकर्ताहरू ६:२२)
केही विस्मयादिहरू "कति" वा "किन" जस्ता प्रश्‍नवाचक शब्दबाट सुरु हुन्छन् । तल दिइएकाो वाक्यले लेखक परमेश्‍वरका इन्साफहरूको अगमता देखेर छक्‍क परेको कुरा व्यक्त गर्छ ।
>उहाँका इन्‍साफहरू <u>कति</u> अगम! (रोमी ११:३३)
बाइबलमा भएका केही विस्मयादिहरूमा मुल क्रियापद छैनन् । तल दिइएको वाक्यमा लेखकले घृणा व्यक्त गरेका छन् ।
>तँ मूर्ख! (मत्ती ५:२२)
### अनुवादका रणनीतिहरू
१. यदि तपाईंको भाषामा विस्मयादिसँग क्रियापदको आवस्यकता पर्छ भने त्यो थप्‍नुहोस् । "हो" वा "हुन्" सँग सम्बन्धित क्रियापदहरू लाभदायक हुन्छन् ।
२. तपाईंको भाषामा गहिरो भावना व्यक्त गर्ने विस्मयादि शब्दको प्रयोग गर्नुहोस् ।
३. भावना व्यक्त गर्ने वाक्यमा भएको विस्मयादि शब्दको अनुवाद गर्नुहोस् ।
४. गहिरो भावना व्यक्त गर्ने वाक्यको भागमा त्यस्तो शब्दको प्रयोग गर्नुहोस् ।
५. यदि लक्षित भाषामा व्यक्त गरिएको गहिरो भावना स्पष्ट छैन भने उक्त व्यक्तिले गरेको अनुभवलाई स्पष्ट पारिदिनुहोस् ।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. यदि तपाईंको भाषामा विस्मयादिसँग क्रियापदको आवस्यकता पर्छ भने त्यो थप्‍नुहोस् । "हो" वा "हुन्" सँग सम्बन्धित क्रियापदहरू लाभदायक हुन्छन् ।
* **तँ मूर्ख !** (मत्ती ५:२२)
* “तँ मूर्ख "छस्" !
* **आहा ! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो !** (रोमी ११:३३)
* “आहा ! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरा <u>छन्</u>!”
२. तपाईंको भाषामा गहिरो भावना व्यक्त गर्ने विस्मयादि शब्दको प्रयोग गर्नुहोस् । तल प्रयोग गरिएको "आहा" शब्दले तिनीहरू छक्क परेको कुरा व्यक्त गर्छ । त्यसैगरी "बाफरे" शब्दले डरलाग्दो घटना घटेको छ भन्‍ने कुरालाई व्यक्त गर्छ ।
* **मानिसहरू आश्‍चर्यले अत्‍यन्‍तै चकित भए, र भन्‍न लागे, “उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गूँगालाई बोल्‍नेसम्‍म पनि तुल्‍याउनुहुन्‍छ ।”** (मर्कूस ७:३७)
* “मानिसहरू आश्‍चर्यले अत्‍यन्‍तै चकित भए, र भन्‍न लागे, “<u>आहा</u>! उहाँले सबै कुरा असल गर्नुभएको छ । उहाँले बहिरालाई सुन्‍ने र गूँगालाई बोल्‍नेसम्‍म पनि तुल्‍याउनुहुन्‍छ ।"
* **हाय, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें ।** (न्यायकर्ताहरू ६:२२)
* “__बाफरे__, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें । "
३. भावना व्यक्त गर्ने वाक्यमा भएको विस्मयादि शब्दको अनुवाद गर्नुहोस् ।
* **<u>हाय</u>, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें ।** (न्यायकर्ताहरू ६:२२)
* परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें । <u>अब मलाई के हुन्छ होला?”
* <u>गुहार</u>, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ। मैले परमप्रभुका दूतलाई आमने-सामने देखें ।
४. गहिरो भावना व्यक्त गर्ने वाक्यको भागमा त्यस्तो शब्दको प्रयोग गर्नुहोस् ।
* **आहा ! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान कति गहिरो !** (रोमी ११:३३)
* “आहा ! परमेश्‍वरको वैभव र बुद्धि र ज्ञान <u>यति</u> गहिरो छ कि तिनलाई खोज्‍न <u>सकिन्‍न</u>!
५. यदि लक्षित भाषामा व्यक्त गरिएको गहिरो भावना स्पष्ट छैन भने उक्त व्यक्तिले गरेको अनुभवलाई स्पष्ट पारिदिनुहोस् ।
* **गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन्‌ भनी थाहा पाए, र भने, “<u>हाय</u>, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ । मैले परमप्रभुका दूतलाई आमने-सामने देखें ।** (न्यायकर्ताहरू ६:२२)
* “गिदोनले तिनी त परमप्रभुका दूत पो रहेछन्‌ भनी थाहा पाए । <u>तिनले डराएर भने</u>, “<u>हाय</u>, परमप्रभु परमेश्‍वर यो त साँच्‍चै पो रहेछ । मैले परमप्रभुका दूतलाई आमने-सामने देखें ।" (न्यायकर्ताहरू ६:२२)