ne_ta/translate/figs-events/01.md

49 lines
15 KiB
Markdown

### विवरण
बाइबलमा घटनाहरूलाई तिनीहरूको सधैं क्रम अनुसार राखिएको छैन । कहिलेकहिँ लेखकले आफूले गर्दै गरेको कुराभन्दा अगाडिका घटनाहरूका बारेमा कुरा गर्न चाहन्छन् । त्यसले पाठकलाई अलमलमा पार्छ ।
**यो अनुवादको विषय हुनुको कारण:** पाठकहरूलाई जुन क्रममा घटनाहरूलाई लेखिएका छन् त्यही क्रममा ती घटनाहरू घटेका होलान् भन्‍ने लाग्‍न सक्छ । यसैले उनीहरूलाई सही घटनाक्रमहरूको बारेमा सहायता गर्नु जरूरी हुन्छ ।
### बाइबलबाट उदाहरणहरू
> यूहन्‍नालाई झ्‍यालखानमा थुनेर ... जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो । (लूका ३:२०-२१)
यसले यूहन्‍नाले आफू झ्यालखानामा गएपछि येशूलाई बप्तिस्मा दिए भन्‍ने अर्थ दिन सक्छ । तर तिनले आफू झ्यालखानामा जानु अघि बप्तिस्मा दिएका थिए ।
> यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पुजारी भेडाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे । परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो । हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पुजारीहरूका अगाडि हिँडे, र पछाडिकाहरूचाहिँ सन्‍दूकको पछि हिँडे, अनि पुजारीहरू तुरही फुक्‍दै हिँडे । तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू । मैले कराउनू भनेपछि मात्र कराउनू ।” (यहोशू ६:८-१०)
यहाँ यहोशूले तिनीहरूले आवाज निकाल्न सुरु गरिसकेपछि आवाज ननिकाल्ने आज्ञा दिएजस्तो देखिन्छ, तर तिनले हिँड्नु अगाडि नै यो आज्ञा दिएका थिए ।
>यो मुट्ठो खोल्‍न र यसका मोहोरहरू तोड्‌न योग्‍य को छ? (प्रकाश ५:२)
यहाँ पहिले मुठ्ठो खोलिसकेपछि मात्र मोहोरहरू तोड्नुपर्ने जस्तो देखिन्छ, तर पुठ्ठो खोल्‍‍नु अगाडि नै मोहोरहरू तोड्नुपर्ने हुन्छ ।
### अनुवादका रणनीतिहरू
१. यदि तपाईंको भाषामा अगाडि नै उल्लेख गरिएको घटनालाई जनाउने वाक्यांशहरू वा समयवाचक शब्दहरू छन् भने तिनको प्रयोग गर्नुहोस् ।
२. यदि तपाईंको भाषामा अगाडि नै उल्लेख गरिएको घटनालाई जनाउने काल वा कालका पक्षहरू छन् भने तिनको प्रयोग गर्नुहोस् । (खण्डमा कालका पक्षहरू हेर्नुहोस् [क्रियापदहरू](../figs-verbs/01.md))
३. यदि तपाईंको भाषामा घटना घटेको आधारमा त्यसको वर्णन गर्ने गरिन्छ भने त्यसै गर्नुहोस् । यसको लागि (लूका ५-६ मा जस्तै) एक वा एकभन्दा बढी वाक्यांशहरूलाई एकैठाउँमा लेख्‍नुपर्ने हुनसक्छ । (हेर्नुहोस्: [क्रियापदका सेतुहरू](../translate-versebridge/01.md))
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
१. यदि तपाईंको भाषामा अगाडि नै उल्लेख गरिएको घटनालाई जनाउने वाक्यांशहरू वा समयवाचक शब्दहरू छन् भने तिनको प्रयोग गर्नुहोस् ।
* **<sup>२०</sup> यूहन्‍नालाई झ्‍यालखानमा थुनेर <sup>२१</sup>... जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो ।** (लूका ३:२०-२१)
* <sup>२०</sup> त्यसबेला यूहन्‍नालाई झ्‍यालखानमा थुनेर <sup>२१</sup>... <u>यूहन्‍नालाई झ्यालखानामा थुन्‍नु अगाडि</u> जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो ।
* **यो मुट्ठो खोल्‍न र यसका मोहोरहरू तोड्‌न योग्‍य को छ ?** (प्रकाश ५:२)
* यसका मोहोरहरू तोडे<u>पछि</u> त्यसको मुट्ठो खोल्‍न र योग्‍य को छ?
२. यदि तपाईंको भाषामा अगाडि नै उल्लेख गरिएको घटनालाई जनाउने काल वा कालका पक्षहरू छन् भने तिनको प्रयोग गर्नुहोस् ।
* **<sup></sup> यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पुजारी भेडाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे । परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो । हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पुजारीहरूका अगाडि हिँडे, र पछाडिकाहरूचाहिँ सन्‍दूकको पछि हिँडे, अनि पुजारीहरू तुरही फुक्‍दै हिँडे । <sup>१०</sup> तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू । मैले कराउनू भनेपछि मात्र कराउनू ।”** (यहोशू ६:८-१०)
* <sup></sup> यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पुजारी भेडाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे । परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो । हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पुजारीहरूका अगाडि हिँडे, र पछाडिकाहरूचाहिँ सन्‍दूकको पछि हिँडे, अनि पुजारीहरू तुरही फुक्‍दै हिँडे । <sup>१०</sup> तर यहोशूले मानिसहरूलाई यसो भनेर <u>आज्ञा दिएका थिए</u>, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू । मैले कराउनू भनेपछि मात्र कराउनू ।”
३. यदि तपाईंको भाषामा घटना घटेको आधारमा त्यसको वर्णन गर्ने गरिन्छ भने त्यसै गर्नुहोस् । यसको लागि (लूका ५-६ मा जस्तै) एक वा एकभन्दा बढी वाक्यांशहरूलाई एकैठाउँमा लेख्‍नुपर्ने हुनसक्छ ।
* **<sup></sup> यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पुजारी भेडाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे । परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो । हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पुजारीहरूका अगाडि हिँडे, र पछाडिकाहरूचाहिँ सन्‍दूकको पछि हिँडे, अनि पुजारीहरू तुरही फुक्‍दै हिँडे । <sup>१०</sup> तर यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू । मैले कराउनू भनेपछि मात्र कराउनू ।”** (यहोशू ६:८-१०)
* <sup>९-१०</sup> यहोशूले मानिसहरूलाई यसो भनेर अह्राए, “जुन दिनसम्‍म म तिमीहरूलाई कराउने आज्ञा दिन्‍नँ, तिमीहरू नकराउनू, तिमीहरूको सोरै पनि नसुनिओस्, तिमीहरूका मुखबाट पनि केही वचन ननिकाल्‍नू । मैले कराउनू भनेपछि मात्र कराउनू ।” यहोशूले यी कुरा मानिसहरूलाई भनिसकेपछि सात जना पुजारी भेडाका सीङका सात वटा तुरही बोकेर परमप्रभुको अगाडि हिँडे र आफ्‍ना तुरही फुक्‍दै अगि बढ्‌न लागे । परमप्रभुका करारको सन्‍दूकचाहिँ तिनीहरूको पछि लाग्‍यो । हतियार बोक्‍ने मानिसहरूचाहिँ तुरही फुक्‍ने पुजारीहरूका अगाडि हिँडे, र पछाडिकाहरूचाहिँ सन्‍दूकको पछि हिँडे, अनि पुजारीहरू तुरही फुक्‍दै हिँडे ।
* **यो मुट्ठो खोल्‍न र यसका मोहोरहरू तोड्‌न योग्‍य को छ?** (प्रकाश ५:२)
* यो मुट्ठोका मोहोरहरू तोड्न र यसलाई खोल्‍ने योग्‍य को छ?
यसको निम्ति http://ufw.io/figs_events राखिएको भिडियो पनि हेर्न सक्‍नुहुन्छ ।