ne_ta/translate/figs-doublenegatives/01.md

13 KiB

एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ। फरक भाषाहरूमा दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक फरक अर्थ दिन्छन्। दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूको सही र स्पष्ट तरिकाले अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्‍ने बुझ्‍नुपर्छ।

विवरण

"होइन" भन्‍ने अर्थ दिने शब्दहरू नै नकारात्मक शब्दहरू हुन्। उदाहरणको लागि, "हुन्‍न," "होइन,", "कुनै पनि होइन," "कोही पनि होइन," "केही पनि होइन," "कहिँ पनि होइन," "कदापि होइन," "न त," र "बाहेक"। केही शब्दहरूमा प्रत्यय र उपसर्ग लागेर पनि नकारात्मक शब्द बन्छन्। तल दिइएका उदाहरणमा रेखांकित शब्दहरू यस्ता शब्दहरू हुन्ः “बेखुशी,” “सम्भव,” र “बेकार।”

एउटा वाक्यमा दुई वटा नकारात्मक अर्थ दिने शब्दहरू भएको वाक्यलाई दोहोरो नकारात्मक शब्द भएका वाक्य भनिन्छ।

सहायता पाउने हाम्रो हक भएर हामीले यो गरेको होइन … (२ थेसलोनिकी ३:९क युएलटि)

अनि योचाहिँ विनाशपथ भएको होइन। … (हिब्रू ७:२०क युएलटि)

दुष्‍टहरू दण्‍डविना उम्‍कने छैनन् (हितोपदेश ११:२१क युएलटि)

यो अनुवादको विषय हुनुको कारण

दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूले फरक भाषाहरूमा फरक अर्थ दिन्छन्।

  • स्पेनिशजस्ता केही भाषाहरूमा नकारात्मकलाई जोड दिन दोहोरो नकारत्मकको प्रयोग गरिन्छ। तल दिइएको स्पानिस् वाक्य No ví a nadie को अर्थ “मैले कोही पनि होइनलाई देखिन " हो। यसमा कोही पनि होइन र देखिन दुबै नकारात्मक अर्थ दिने शब्दको प्रयोग भएको छ । स्पानिस्‌ भाषामा दुई वटै नकारात्मक शब्दहरू मिलेका देखिन्छन् र त्यसको अर्थ हो, "मैले कसैलाई पनि देखिन।"
  • केही भाषाहरूमा दोस्रो नकारात्मक शब्दले पहिलो नकारात्मक शब्दलाई रद्द गर्छ र त्यसले सकारात्मक अर्थ दिन्छ। यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ " हुन्छ।
  • केही भाषाहरूमा दुई वटा नकारात्मक शब्दहरूले सकारात्मक शब्दको सृजना गर्छन् तर त्यो कमजोर वाक्य बन्छ। "ऊ अविवेकी छैन" को अर्थ "ऊ केही विवेकी छ" हुन्छ।
  • बाइबलमा प्रयोग गरिएजस्ता केही भाषाहरूमा दोहोरो नकारात्मक शब्दले सकारात्मक वाक्यको सृजना गर्छ र यसले वाक्यलाई बलियो बनाउँछ । यसैले "ऊ अविवेकी छैन" को अर्थ "ऊ विवेकी छ" वा " ऊ धेरै विवेकी छ" बन्छ।

दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरूलाई सही र स्पष्टसँग अनुवाद गर्नको निम्ति बाइबलमा दोहोरो नकारात्मक शब्द भएका वाक्यहरूले के अर्थ दिन्छन् र तिनलाई तपाईंको आफ्नो भाषामा कसरी व्यक्त गर्न सकिन्छ भन्‍ने बुझ्‍नुपर्छ।

बाइबलबाट उदाहरणहरू

यूहन्‍ना १५:५ को ग्रीकले भन्छ:

χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν

म बिना तिमी केहि गर्न सक्दैनौ

हामी यो दोहोरो नकारात्मकलाई अंग्रेजी यूएलटि मा पुन: उत्पादन गर्न सक्दैनौं किनभने अंग्रेजीमा, क्लजमा दोस्रो नकारात्मकले पहिलोलाई रद्द गर्दछ। अङ्ग्रेजीमा, र सायद तपाईको भाषामा, हामीले नकारात्मक मध्ये एउटा मात्र रोज्‍नुपर्छ र या त भन्‍नुपर्छ:

म बिना, तिमी केहि गर्न सक्दैनौ।

अथवाः

म बिना, तिमी केहि गर्न सक्दैनौ

निष्फल होस् भनेर। (तीतस ३:१४ख यूएलटि)

यसको अर्थ "फलदायी हुनको लागि।"

एक अगमवक्ता सम्मान बिना हुँदैन (मर्कुस ६:४ यूएलटि)

यसको अर्थ "अगमवक्तालाई सम्मान गरिएको छ।"

म तिमीलाई अज्ञानी बन्‍न चाहन्‍न। (१ कोरिन्थी १२:१)

यसको अर्थ "म तिमीलाई ज्ञानी बन्‍न चाहन्छु।"

अनुवादका रणनीतिहरू

दोहोरो नकारात्मक शब्दहरू भएका वाक्यहरू तपाईंको भाषामा स्वभाविक सुनिन्छन् र तिनले सकारात्मक अर्थ दिन्छन् भने तिनको प्रयोग गर्नुहोस्। यदि होइन भने, तल दिइएका रणनीतिहरूको प्रयोग गर्न सक्नुहुन्छः

(१) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य सकारात्मक कथन गर्नु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मकहरू हटाउनुहोस् ताकि यो सकारात्मक होस्।

(२) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य नकारात्मक कथन गर्नु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस्।

(3) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य अझ बलियो नकारात्मक कथन बनाउनु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस् र बलियो शब्द थप्‍नुहोस्।

अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू

(१) यदि बाइबलमा प्रयोग गरिएका दोहोरो नकारात्मक शब्दहरूको उद्देश्य सकारात्मक अभिव्यक्ति दिनु मात्र हो र तपाईंको भाषामा त्यस्तो प्रयोग हुँदैन भने दुइटै नकारात्मक शब्दलाई हटाएर सकारात्मक बनाउनुहोस् ।

किनकि हाम्रा कमजोरीहरूप्रति सहानुभूति देखाउन नसक्ने प्रधान पुजारी हामीसँग छैन। (हिब्रू ४:१५क यूएलटि)

"किनकि हामीसँग हाम्रा कमजोरीहरूप्रति सहानुभूति महसुस गर्न सक्ने प्रधान पुजारी छन्।"

निष्फल नहोस् भनेर। (तीतस ३:१४ख यूएलटि)

"… ताकि तिनीहरू फलदायी हुन सकून्।"

(२) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य नकारात्मक कथन गर्नु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस्।

χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν

म बिना तिमीहरू केहि गर्न सक्दैनौ (यूहन्‍ना १५:५)

म बिना तिमीहरू केहि गर्न सक्दैनौ

अथवा:

म बिना, तिमीहरू केहि गर्न सक्दैनौ

(३) यदि बाइबलमा दोहोरो नकारात्मकको उद्देश्य अझ बलियो नकारात्मक कथन बनाउनु हो, र यदि यसले तपाईंको भाषामा त्यसो गर्दैन भने, दुई नकारात्मक मध्ये एउटा हटाउनुहोस् र बलियो शब्द थप्‍नुहोस्।

…ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου (मत्ती ५:१८)

कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन

कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।

अथवा:

कुनै किसिमले व्यवस्थाबाट एउटा मात्रा वा एउटा बिन्दु टल्नेछैन।