ne_ta/translate/figs-declarative/01.md

67 lines
11 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### विवरण
सामान्यतया अभिव्यक्तिहरू जानकारी दिनको निम्ति प्रयोग गरिन्छन्। तर बाइबलमा कहिलेकाहीँ
अन्य प्रयोजनको निम्ति पनि प्रयोग गरिन्छन्।
### यो अनुवादको विषय हुनुको कारण
केही भाषाहरूमा कुनै प्रयोजनका निम्ति बाइबलमा प्रयोग गरिएका अभिव्यक्तिहरू प्रयोग नगरिन सक्छन्।
### बाइबलबाट उदाहरणहरू
सामान्यतया अभिव्यक्तिहरू **जानकारी** प्रदान गर्नको निम्ति प्रयोग गरिन्छन्। तल दिइएका अभिव्यक्तिहरू यूहन्‍ना १:६-८ मा प्रयोग गरिएका अभिव्यक्तिहरू हुन् र तिनको कार्य जानकारी प्रदान गर्नु हो।
> परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो। उनीद्वारा सबैले विश्‍वास गरून्‌ भनेर त्‍यस ज्‍योतिको गवाही दिन उनी साक्षी भई आए। उनी आफै त्‍यो ज्‍योति थिएनन्, तर त्‍यस ज्‍योतिको गवाही दिन आए (यूहन्‍ना १:६-८ यूएलटि)
अभिव्यक्तिको प्रयोग **आज्ञा** दिनको लागि पनि प्रयोग गरिन्छ। यसले कसैलाई के गर्नुपर्ने हो सो बताउँछ। तल दिइएको उदाहरणमा मूख्य पुजारीले मानिसहरूले गर्नुपर्ने कुराको आज्ञा दिनको निम्ति “गर्ने” अर्थ लाग्‍ने किसिमका अभिव्यक्तिका प्रयोग गरेका छन्।
> तिनले तिनीहरूलाई यसो भनेर हुकुम दिए, “तिमीहरूले यसो **गर्नुपर्छ**: तिमीहरू जो तीन दलमा शबाथको काम गर्न जान्‍छौ— तिमीहरूमध्‍ये एक-तिहाइले चाहिँ राजमहलको रक्षा गर्ने*,* एक-तिहाइ सूर ढोकामा बस्‍ने, र मन्‍दिरको पालैपालो रक्षा गर्ने एक-तिहाइ गारदको पछि ढोकामा _बस्ने_ ” (२ राजाहरू ११:५ यूएलटि)
अभिव्यक्तिको प्रयोग **निर्देशनहरू** दिनको निम्ति पनि गर्न सकिन्छ। तल दिइएको उदाहरणमा वक्ताले योसेफले भविष्यमा गर्ने कुरामा मात्र नभइ, तिनले गर्नुपर्ने कुरा पनि व्यक्त गरेका छन्।
> तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र **तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ**, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ। (मत्ती १:२१ यूएलटि)
अभिव्यक्तिको प्रयोग **अनुरोध** गर्नको निम्ति पनि गर्न सकिन्छ। कुष्ठरोगीले येशूले गर्न सक्‍ने कुरा मात्र नभइ उहाँसँग आफ्नो चङ्‍गाइको आशा गरिरहेको छ।
> एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए **मलाई निको पार्न सक्‍नुहुन्‍छ**।” (मत्ती ८:२ यूएलटि)
अभिव्यक्तिको प्रयोग कुनै **कार्य सम्पन्‍न गर्न** को निम्ति पनि गर्न सकिन्छ। आदमलाई तिनको कारण भूमि श्रापित भएको छ भन्दा, परमेश्‍वरले साँच्‍चै नै त्यसलाई श्राप दिनुभएको कुरा बुझिन्छ।
> … भूमि तेरो कारण श्रापित भएको छ; (उत्पत्ति ३:१७ख यूएलटि)
त्यस मानिसलाई तिम्रा पापहरू क्षमा भएका छन् भनेर येशूले त्यसका पापहरू क्षमा गरिदिनुभयो।
> येशूले तिनीहरूको विश्‍वास देखेर त्यस पक्षाघातीलाई भन्‍नुभयो, "ए **छोरा, तिम्रा पापहरू क्षमा भए**।” (मर्कूस २:५ यूएलटि)
### अनुवादका रणनीतिहरू
(१) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने **अभिव्यक्तिको प्रकारको** प्रयोग गर्नुहोस्।
(२) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने **अभिव्यक्तिको प्रकार** थप गर्नुहोस्।
(३) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने **क्रियापद** **प्रयोग गर्नुहोस्**
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
(१) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकारको प्रयोग गर्नुहोस्।
* तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र **तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ**, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ। (मत्ती १:२१ यूएलटि)
* "तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ" निर्देशन हो। यसलाई सामान्य निर्देशन दिने किसिमको निर्देशन दिने वाक्य प्रयोग गरेर यसको अनुवाद गर्न सकिन्छ।
* तिनले एउटा पुत्र जन्‍माउनेछिन्। उहाँको **नाउँ येशू राख्‍नू**, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ।
(२) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने अभिव्यक्तिको प्रकार थप गर्नुहोस् ।
* “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ"। (मत्ती ८:२ यूएलटि)
* "**मलाई निको पार्न सक्‍नुहुन्छ**" वाक्यको कार्य अनुरोध गर्नु हो। यो अभिव्यक्तिका साथमा अनुरोध थप गर्न सकिन्छ।
* हे प्रभु, तपाईंको इच्‍छा भए **मलाई निको पार्न सक्‍नुहुन्‍छ**, कृपया निको पार्नुहोस्।
* हे प्रभु, तपाईंको इच्‍छा भए कृपा गरेर मलाई निको पार्नुहोस् , **मलाई थाहा छ तपाईंले त्यसो गर्न सक्‍नुहुन्छ**
(३) यदि तपाईंको भाषामा अभिव्यक्तिको कार्य बुझिन्‍न भने त्यस कार्यलाई व्यक्त गर्ने क्रियापद प्रयोग गर्नुहोस्।
* तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र **तिमीले उहाँको नाउँ येशू राख्‍ने छौ,** किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ। (मत्ती १:२१ यूएलटि)
* तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र **तिमीले उहाँलाई येशू नाम दिने छौ,** किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुने छ।
* **ए छोरा, तिम्रा पापहरू क्षमा भए।** मर्कुस २:५ यूएलटि
* ए छोरा, म तिम्रा पापहरू क्षमा गर्छु।
* ऐ छोरा, परमेश्‍वरले तिम्रा पापहरू क्षमा गर्नु भएको छ।