ne_ta/translate/figs-apostrophe/01.md

33 lines
5.9 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

### विवरण
परोक्ष सम्बोधन एक प्रकारको अलङ्‍कार हो, जहाँ वक्ताले आफ्ना श्रोताहरूबाट आफ्नो ध्यान मोडेर उसले बोलेको सुन्‍न नसक्ने व्यक्ति वा वस्तुसँग बोल्छ। उसले यसो गर्नुको कारण आफ्ना स्रोताहरूलाई एक कडाँसँग उसका सन्देशहरू र भावनाहरू व्यक्त गर्नका निम्ति हो।
### यो अनुवादको विषय हुनुको कारण
थुप्रै भाषाहरूले परोक्ष प्रयोग गर्दैनन्, र श्रोताहरू यस कुराले भ्रमित हुन्छन्। तिनिहरूलाई वक्ता को हो भन्‍ने थाहा हुदैन वा, यो सोच्नछन्, कि वक्ताले बोलेका कुराहरू श्रोताहरूले बुझिरहेका हुदैनन्।
### बाइबलबाट उदाहरणहरू
हे गिल्बोका डाँडाहरू हो, तिमिहरूमाथि शीत कि पानी नपरोस्, (२ शमूएल १:२१क युएलटि)।
गिल्बोका डाँडामा शाऊल राजा मारियो, र दाऊदले यसबारे एउटा दुखित गीत गाए। यी डाँडाहरूमाथि कुनै शीत कि पानी नपरोस्, भनि भन्दा उनी कति दुखित थिए भन्‍ने कुरा देखिन्छ।
यरूशलेम, ए यरूशलेम, तँ अगमवक्त्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस् (लूका १३:३४क युएलटि)।
येशूले आफ्ना चेलाहरू र फरिसीहरूको समूहको अगाडि यरूशलेमका मानिसहरूप्रति आफ्ना भावनाहरू व्यक्त गरिरहनुभएको थियो। यरूशलेमका मानिसहरूले उहाँलाई सुन्‍ने गरी सीधै बोलेर येशूले तिनीहरूको कत्ति गहिरो ख्याल राख्नुहुन्छ भनी देखाउनुभयो।
तिनले यहोवाको वचनद्वारा वेदीको विरुद्धमा कराएर भने: "**वेदी**<u>,</u> **वेदी**! परमप्रभु यसो भन्‍नुहुन्‍छ, ‘हेर,…तिनीहरूले तिमिमाथि मानव हड्डीहरू जलाउनेछन्।'" (१ राजा १३:२ युएलटि)
परमेश्‍वरको जनले वेदीले सुन्‍ने जस्तो गरी बोल्‍यो, तर त्यहाँ उभिरहेका राजाले उहाँको कुरा सुन्‍ने उहाँको चाहना थियो।
## अनुवाद रणनितिहरू
यदि परोक्ष प्राकृतिक हुनेछ र तपाईंको भाषामा सही अर्थ दिन्छ भने, यसलाई प्रयोग गर्ने विचार गर्नुहोस्। तर यदि बोल्ने यो तरिका तपाईका मानिसहरूलाई अलमल्लमा पार्ने हो भने, वक्ताले उहाँलाई सुन्‍न नसक्ने व्यक्तिहरू वा चीजहरूको बारेमा आफ्नो सन्देश वा भावनाहरू बताउँदै उहाँलाई सुनिरहेका मानिसहरूसँग बोलिरहनुहोस्। तलको उदाहरण हेर्नुहोस्।
### अनुवाद रणनीतिहरू प्रयोगका उदाहरणहरू
* उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, **“वेदी, वेदी**<u>!</u> परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘… तँमाथि मानिसका हड्डी जलाइने छन्‌।”' (१ राजाहरू १३:२ युएलटि)
* उनले परमप्रभुको वचनद्वारा त्‍यस वेदीको विरुद्धमा कराएर यसो भने, “परमप्रभु **त्‍यस वेदीको** **बारेमा** यसो भन्‍नुहुन्‍छ: ‘… त्यसमाथि मानिसका हड्डी जलाइने छन्‌’।”
* **हे गिल्‍बोका डाँडाहरू हो**, **तिमीहरूमाथि** शीत कि पानी नपरोस्, (२ शमूएल १:२१क युएलटि)
* **यी गिल्‍बोका डाँडाहरूको बारेमा** भन्‍नुपर्दाा, **तिनीहरू**माथि शीत कि पानी नपरोस्,