ne_ta/translate/bita-plants/01.md

45 lines
6.1 KiB
Markdown

बाइबलमा प्रयोग गरिएका बोटबिरूवाहरूसँग सम्बन्धित बिम्बहरू तल दिइएका छन् । सूचीमा प्रयोग भएका बोटबिरूवाहरूसँग सम्बन्धित नमुनाहरूले विचारको प्रतिनिधित्व गर्छन् । नमुनाको प्रयोग भएका हरेक पदमा उक्त शब्द देखा नपर्न सक्छ, तर त्यस शब्दले प्रतिनिधित्व गर्ने विचारको उपश्थिति भने अवश्य हुन्छ ।
#### हाँगाले कुनै व्यक्तिको सन्तानलाई जनाउँछ
तल दिइएको उदाहरणमा यशैयाले यिशैका सन्तान र यर्मियाले दाऊदा सन्तानको बारेमा लेखेका छन् ।
>यिशैको ठुटाबाट एउटा <u>टुसा</u> निस्‍कने छ, त्‍यसका जराहरूबाट निस्‍केको हाँगाले फल फलाउने छ ।
>परमप्रभुका आत्‍मा उहाँमा रहनुहुने छ— बुद्धि र समझका आत्‍मा । (यशैया ११:१)
>परमप्रभु भन्‍नुहुन्‍छ, “हेर, यस्‍ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट <u>एउटा धार्मिक हाँगा</u> खडा गर्ने छु ।
>एक जना राजा जसले बुद्धिसित राज गर्ने छन्, र जे उचित र ठीक छ त्‍यही तिनले देशमा गर्ने छन्‌ । (यर्मिया २३:५)
अय्यूबमा लेखिएको "त्‍यसका माथिका हाँगाहरू ओइलाउँछन्‌” ले त्यसका कुनै सन्तानहरू हुने छैनन् भन्‍ने अर्थ दिन्छ ।
>त्‍यसका तलतिरका जराहरू सुक्‍छन्,
><u>त्‍यसका माथिका हाँगाहरू ओइलाउँछन्‌ </u>
>पृथ्‍वीबाट त्‍यसको सम्‍झना लोप हुन्‍छ,
>संसारमा त्‍यसको नाउँनिशानै रहने छैन । (अय्यूब १८:१७)
#### बोटबिरूवाले व्यक्तिलाई जनाउँछ ।
>परमेश्‍वरले निश्‍चय तँलाई सदाको निम्‍ति नाश गर्नुहुने छ। उहाँले तँलाई तानेर तेरो निवासस्‍थानबाट <u>निकाल्‍नुहुने छ</u> । (भजनसंग्रह ५२:५)
#### बोटबिरूवाले भावना वा प्रवृत्तिको प्रतिनिधित्व गर्छ
जसरी कुनै एक प्रकारको बीउले त्यस्तै किसिमको बोटबिरूवा बढ्ने कुरालाई जनाउँछ, त्यसरी नै कुनै एक किसिमको व्यवहारले त्यस्तै किसिमको परिणाम निम्त्याउँछ ।
पदहरूमा प्रयोग गरिएका भावना वा प्रवृत्तिलाई रेखांकित गरिएको छ ।
>आफ्‍ना निम्‍ति <u>धार्मिकताका</u> बीउ रोप, र <u>अचूक प्रेमको</u> कटनी गर ।(होशे १०:१२)
<blockquote> मैले देखेको छु, कि <u>अधर्म</u> जोत्‍ने र <u>दु:ख</u> छर्नेहरूले, आफैले छरेको कुराको कटनी गर्छन् । (अय्यूब ४:८)</blockquote>
>तिनीहरू <u>बतास</u> छर्दछन्, र तिनीहरूले <u>भुमरीको</u> कटनी गर्नेछन्‌ । (होशे ८:७)
<blockquote>तिमीहरूले त न्‍यायलाई विष र <u>धार्मिकताका</u> फललाई तीतोपन बनाएका छौ । (आमोस ६:१२)</blockquote>
>अब जुन कुराहरूमा तिमीहरू अहिले <u>शर्माउँछौ</u>, सो कुराहरूबाट तिमीहरूले के प्रतिफल पायौ? (रोमी ६:२१)
#### रूखले व्यक्तिलाई जनाउँछ
>त्‍यो खोलाको किनारमा <u>रोपेको बोटजस्‍तै</u> हुन्‍छ, जसले <u>आफ्‍नो ऋतुमा फल दिन्‍</u>छ, अनि जसको <u>पात कहिल्‍यै ओइलाउँदैन</u> । त्‍यसले जे पनि गर्छ, त्‍यसमा त्‍यो सफल हुन्‍छ । (भजनसंग्रह १:३)
<blockquote>मैले एक जना दुष्‍ट र अत्‍याचारी मानिसलाई देखेको छु, जो <u>सप्रेको देवदारुको वृक्षजस्‍तो थियो</u> । (भजनसंग्रह ३७:३५)</blockquote>
>मचाहिँ परमेश्‍वरको भवनमा <u>हरियो जैतूनको वृक्षसमान</u> छु । (भजनसंग्रह ५२:८)