ne_ta/translate/bita-part1/01.md

46 lines
12 KiB
Markdown

यो पृष्ठले एकापसमा सीमित रूपमा जोडिएका विचारहरूको बारेमा बताउँछ । (जटिल सम्बन्ध (जोड) को बारेमा थाहा पाउन यहाँ हेर्नुहोस् [बाइबलीय बिम्बविधान - सांस्कृतिक नमुनाहरू](../bita-part3/01.md))
### विवरण
सबै भाषाहरूमा **रूपकहरू** एउटा विचारलाई अर्को विचारसँग जोड्ने वृहत्तर ढाँचाहरूबाट उत्पन्‍न हुन्छन् । उदाहरणको निम्ति, केही भाषाहरूमा __उचाइलाई__ "धेरै" र __होचो हुनु__लाई "थोरै" सँग जोडिएको पाइन्छ । केही कुराहरूलाई धेरै मात्रामा थुपारेर राख्दा त्यो अग्लो हुने हुनाले यसो भनिएको हुनसक्छ । किन्‍नु पर्ने कुराको मूल्य धेरै रहेछ भने केही भाषाहरूमा मूल्य __उच्च__ रहेछ भनिन्छ वा कुनै शहरमा हुनुपर्ने भन्दा बढी जनसङ्ख्या भएको अवस्थामा मानिसहरूको सङ्ख्या __उच्च__ भएछ भनिन्छ । यसैगरी कोही व्यक्तिले आफ्नो तौल घटाएर दुब्लो भयो भने तौल __झरेछ__ भनिन्छ ।
बाइबलमा भएका यी सम्बन्धका ढाँचाहरू प्रायः हिब्रू र ग्रीक भाषाहरूमा मात्र पाइन्छन् । तिनलाई कसरी अनुवाद गर्ने भन्‍ने बारेमा अनुवादकहरू बारम्बार समस्यामा पर्ने भएकोले यी ढाँचाहरूको पहिचान गर्नु उपयोगी कुरा हो । अनुवादकहरूले एकपटक अनुवादका यी चुनौतिहरूको समाधानको बारेमा सोचेपछि यस्तै किसिमका ढाँचाहरू सामना गर्न तिनीहरू तयार हुन्छन् ।
उदाहरणको लागि, बाइबलमा <u>हिंड्नु</u>लाई "व्यवहार गर्नु" र <u>बाटोलाई</u> व्यवहारको एक प्रकारसँग जोडिएको पाइन्छ । भजनसंग्रह १:१ मा दुष्टको सल्लाहमा हिँड्नुले दुष्टहरूले भनेको कुरा गर्नुलाई जनाउँछ ।
>धन्‍य हो त्‍यो मानिस, जो दुष्‍टहरूको सल्‍लाहमा <u>हिँड्‌दैन</u> (भजनसंग्रह १:१)
यस्तो ढाँचा भजनसंग्रह ११९:३२ मा पनि पाइन्छ जहाँ परमेश्‍वरको मार्गमा दौडने कुरालाई परमेश्‍वरको आज्ञाअनुसार गर्नुलाई जनाउँछ । यहाँ दौडनुले पूर्ण हृदयले गर्नु भन्‍ने बुझाउनसक्छ ।
> म तपाईंका आज्ञाहरूको <u>मार्गमा दौडन्‍छु</u> । (भजनसंग्रह ११९:३२)
#### रूपकहरू अनुवादको निम्ति चुनौतिको विषय हुनुका कारणहरू
यसलाई पहिचान गर्न चाहने व्यक्तिको लागि यस ढाँचामा तीनवटा चुनौतिहरू छन्ः
१. बाइबलमा प्रयोग भएका केही रूपकहरूमा एक विचारलाई कुन अर्को विचारसँग जोडिएको छ भन्‍ने कुरा पत्ता लगाउन सजिलो छैन । उदाहरणको लागि, परमेश्‍वरले ममाथि शक्ति पेटीको रूपमा लगाइदिनुहुन्छ भन्‍ने कुरालाई हेर्ने बित्तिकै बुझ्‍न सजिलो छैन । (भजनसंग्रह १८:३२) मा पहिरनलाई नैतिक गुणसँग जोडिएको छ । यहाँ शक्तिको निम्ति पेटीको बिम्ब प्रयोग गरिएको छ । (हेर्नुहोस्ः "पहिरनले नैतिक गुणको प्रतिनिधित्व गर्छ” [बाइबलीय बिम्बविधान - मानव निर्मित वस्तुहरू](../bita-manmade/01.md))
२. कुनै अभिव्यक्तिलाई हेर्ने क्रममा त्यसले कुनै अर्को विचारको प्रतिनिधित्व गरेको छ कि छैन भनी अनुवादकले हेर्नुपर्छ । यसो गर्नको निम्त त्यस अभिव्यक्तिको अगाडि र पछाडि हेर्नुपर्ने हुन्छ । उदाहरणको लागि, "बत्ती" ले तेल र सलेदो भएको कुनै वस्तुलाई जनाउँछ कि बिम्बको रूपमा प्रयोग भएर जीवनलाई जनाउँछ भन्‍ने कुरा जान्‍नको निम्ति यस शब्दको अघि-पछि हेर्नुपर्ने हुन्छ । (हेर्नुहोस्ः “आगो वा बत्तीले जीवलाई जनाउँछ" [बाइबलीय बिम्बविधान - प्राकृतिक घटनाहरू](../bita-phenom/01.md))
१ राजाहरू ७:५० मा सलेदाका चिम्टाहरूले साधारण बत्तीका सलेदा छोट्याउने चिम्टालाई जनाउँछ । २ शमूएल २१:१७ इस्राएलको प्रकाशले राजा दाऊदको जीवनला‌ई जनाउँछ । तिनका मानिसहरूले "इस्राएलको प्रकाश" निभ्‍ने छ" भन्‍ने चिन्ताले राजा दाऊद मारिएलान् कि भन्‍ने चिन्तालाई जनाउँछ ।
<blockquote>कञ्‍चन सुनका भाँडाहरू, <u>सलेदाका</u> चिम्‍टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू (१ राजाहरू ७:५०)</blockquote>
>इश्‍बी-बनोबले... दाऊदलाई मार्छु भनेको थियो । यसै बेला सरूयाहका छोरा अबीशै दाऊदलाई सहायता गर्नलाई आए। तिनले त्‍यस पलिश्‍तीलाई हिर्काएर मारे । तब दाऊदका मानिसहरूले इस्राएलको <u>प्रकाश</u> नै निभ्‍ने छ भन्‍ने डरले दाऊद तिनीहरूसँग लडाइँमा अब कहिल्‍यै जाने छैनन्‌ भनी तिनको सामु शपथ खाए । (२ शमूएल २१:१६-१७)
३. यसरी जोडिने अभिव्यक्तिहरू प्रायः जटिल प्रकारले जोडिएका हुन्छन् । यस्ता अभिव्यक्तिहरू साझा लक्षणाहरू र सांस्कृतिक नमुनाहरूसँग जोडिएर बनेका हुन्छन् । (हेर्नुहोस्ः [बाइबलीय बिम्बविधान - साझा लक्षणाहरू](../bita-part2/01.md) र [बाइबलीय बिम्बविधान - सांस्कृतिक नमुनाहरू](../bita-part3/01.md))
उदाहरणको लागि, तल दिइएको २ शमूएल १४:७ मा "आगोको भुङ्‌ग्रो" लाई मानिसहरूलाई आफ्नो पिताको सम्झना गराउने छोराको जीवनको बिम्बको रूपमा प्रयोग गरिएको छ । यसैले यहाँ दुई किसिमका सम्बन्धका ढाँचाहरू प्रयोग गरिएका छन्ः आगोको भुङ्‌ग्रोलाई छोराको जीवनसँग र छोरालाई उसको पिताको सम्झनासँग ।
>मेरा सबै आफन्‍तहरू मेरो विरुद्धमा उठेर यसो भन्‍छन्, ‘आफ्‍नो भाइ मार्नेलाई हामीकहाँ सुम्‍पिदेऊ र त्‍यसले आफ्‍नै भाइको हत्‍या गरेको हुनाले हामी त्‍यसलाई मार्ने छौं, अनि यसरी उत्तराधिकारीलाई पनि खतम गरिदिने छौं’। यदि तिनीहरूले त्‍यसो गरे भने मेरो एउटै बचेको <u>आगोको भुङ्‌ग्रो</u> पनि निभाइदिने छन्, र <u>मेरा पतिको नाउँनिशानै मेटाइदिएर संसारमा कोही सन्‍तान बाँकी रहने छैन</u> ।(२ शमूएल १४:७)
#### बाइबलमा भएका बिम्बसूचीहरूका लिङ्‍कहरू
एउटा विचारलाई अर्को विचारसँग जोड्ने बिम्बसूचीहरूका लिङ्‍क तल दिइएको छ, जसमा बाइबलका उदाहरणहरू पनि दिइएको छ । तिनलाई बिम्बको प्रकारको आधारमा क्रम मिलाइएको छः
* [बाइबलीय बिम्बविधान - शरीरका अङ्‍गहरू र मानवीय गुणहरू](../bita-hq/01.md)
* [बाइबलीय बिम्बविधान - मानवीय व्यवहार](../bita-humanbehavior/01.md) - यसमा भौतिक र अभौतिक कार्यहरू, अवस्थाहरू र अनुभवहरू समेटिएका छन्
* [बाइबलीय बिम्बविधान - बोटबिरूवाहरू](../bita-plants/01.md)
* [बाइबलीय बिम्बविधान - प्राकृतिक घटनाहरू](../bita-phenom/01.md)
* [बाइबलीय बिम्बविधान - मानव निर्मित वस्तुहरू](../bita-manmade/01.md)