ne_ta/intro/translation-guidelines/01.md

25 lines
10 KiB
Markdown

* यस दस्ताबेजको आधिकारिक संस्करण http://ufw.io/guidelines/ मा पाउन सकिन्छ ।*
* अनुवादमा प्रयोग गरिएका निम्‍न सिद्धान्त र प्रक्रियाहरूसँग वचन प्रकटीकरण परियोजनाका सबै सदस्य संस्थाहरू र योगदानकर्ताहरू सहमत छन् (हेर्नुहोस् https://unfoldingword.bible)। अनुवादका सबै क्रियाकलापहरू यी साझा निर्देशक सिद्धान्तहरू अनुसार सञ्‍चालित हुन्छन् ।*
१. **सही** — मूल पाठमा थपघट वा परिवर्तन नगरी सही तरिकाले अनुवाद गर्नुहोस् । मूल पाठकहरूले जसरी बुझेका थिए अनुवादित सामाग्रीले पनि त्यही अर्थ दिने गरी विश्‍वासयोग्य सञ्‍चार गर्नुपर्छ । (हेर्नुहोस् [सही अनुवाद सृजना गर्ने](../../translate/guidelines-accurate/01.md))
२. **स्पष्ट** — पाठकहरूले सकेसम्म धेरै बुझ्‍ने गरी आवश्यक भाषाका ढाँचाहरू प्रयोग गर्नुहोस् । मूल अर्थलाई सकेसम्म स्पष्टसँग बुझाउनको निम्ति पाठको स्वरूपलाई मिलाउने, धेरै वा थोरै शब्दहरूको प्रयोग गर्ने काम पनि यसभित्र पर्छ । (हेर्नुहोस् [स्पष्ट अनुवाद सृजना गर्ने](../../translate/guidelines-clear/01.md))
३. **स्वभाविक** — प्रभावकारी र सन्दर्भ अनुरुप तपाईंको भाषालाई प्रतिबिम्बित गर्ने भाषाको प्रयोग गर्नुहोस् । (हेर्नुहोस् [ स्वभाविक अनुवाद सृजना गर्ने](../../translate/guidelines-natural/01.md))
४. **विश्‍वासयोग्य** — तपाईंको अनुवादलाई कुनै पनि किसिमका राजनीतिक, साम्प्रदायिक, वैचारिक, सामाजिक, सांस्कृतिक वा ईश्‍वरशास्त्रीय पूर्वाग्रहबाट अलग राख्‍नुहोस् । बाइबलको मूल भाषाका शब्दहरूलाई न्याय गर्ने किसिमका मूल शब्दहरूको प्रयोग गर्नुहोस् । पिता परमेश्‍वर र पुत्र परमेश्‍वरको सम्बन्धलाई वर्णन गर्ने बाइबलीय शब्दहरूको निम्ति समान किसिमको साझा भाषाको प्रयोग गर्नुहोस् । यसलाई पाद टिप्पणी वा अन्य थप सामाग्रीहरूद्वारा थप स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस् [विश्‍वासयोग्य अनुवादको सृजना गर्ने](../../translate/guidelines-faithful/01.md))
**आधिकारिक** — बाइबलीय सामाग्रीको अनुवाद गर्ने क्रममा बाइबल पाठहरूको मूल भाषालाई सर्वोच्च अधिकारको रूपमा प्रयोग गर्नुहोस् । स्पष्टताको लागि मध्यस्थ स्रोत भाषाको रूपमा अन्य भाषामा भएका विश्‍वासयोग्य बाइबलीय सामाग्रीलाई प्रयोग गर्न सकिन्छ । (हेर्नुहोस् [आधिकारिक अनुवाद सृजना गर्ने](../../translate/guidelines-authoritative/01.md))
५. **ऐतिहासिक** — मूल पाठकहरूको जस्तो सांस्कृतिक सन्दर्भ नभएका पाठकहरूले सही तरिकाले बुझ्‍नको लागि ऐतिहासिक घटना र तथ्यहरूलाई थप जानकारीका साथमा सही तरिकाले सञ्‍चार गर्नुहोस् । (हेर्नुहोस् [ऐतिहासिक अनुवादक सृजना गर्ने](../../translate/guidelines-historical/01.md))
६. **समान** — स्रोत भाषाको अनुवभव र प्रवृत्तिजस्ता आशय जस्ताको तस्तै सञ्‍चार गर्नुहोस् । मूल पाठमा भएका आख्यान, काव्य, अर्ति र भविष्यवाणीहरूजस्ता फरक किसिमका साहित्यलाई सकेसम्म तपाईंको भाषामा त्यसरी नै कामय राख्‍नुहोस् । (हेर्नुहोस् [समान अनुवाद सृजना गर्ने](../../translate/guidelines-equal/01.md))
### अनुवादको गुणस्तर पहिचान र व्यवस्थापन गर्ने
अनुवादको गुणस्तर भन्‍नाले सामान्य रूपमा त्यस अनुवाद मूल अर्थप्रति कति वफदार छ र त्यसलाई लक्षित भाषा बोल्‍ने व्यक्तिहरूले कति प्रभावकारी रूपले बुझे भन्‍ने कुरालाई जनाउँछ । भाषा समुदायसँग अनुवादको स्वरूप तथा सञ्‍चार गुणस्तर र मण्डली समुदायसँग अनुवादको विश्‍वस्तताको जाँच गर्ने सल्लाह दिन्छौँ ।
अनुवाद परियोजनाको सन्दर्भ र भाषाको आधारमा गुणस्तर पहिचान र व्यवस्थापनका चरणहरू फरक हुन सक्छन् । सामान्यतया, भाषा समुदाय र त्यही भाषा बोल्‍ने मण्डली अगुवाहरूद्वारा समीक्षा गरिएको अनुवादलाई हामी असल अनुवाद मान्छौँ र यसमा निम्‍न कुरा पर्छन्ः
१. **सही, स्पष्ट, स्वभाविक, र समान** — मण्डली समुदायले निर्धारित गरेको र विश्‍व मण्डलीसँग मेल खाने, ऐतिहासिक भएको ।
२. **मण्डलीद्वारा स्वीकृत** - मण्डलीले समर्थन गरेर प्रहयोग गरेको । (हेर्नुहोस् [मण्डलीद्वारा स्वीकृत अनुवाद](../../translate/guidelines-church-approved/01.md))
अनुवादको काम निम्‍न बमोजिम होस् भन्‍ने सिफारिस गर्छौँः
१. **सहकार्यमूलक** — उच्च गुणस्तर र सकेसम्म बढी व्यक्तिहरू माझ यो पुगोस् भन्‍ने कुराको सुनिश्‍चितताको लागि सम्भव भएसम्म अनुवाद गर्दा, जाँच गर्दा र अनुवाद गरिएका सामाग्रीहरू वितरण गर्दा तपाईंको भाषा बोल्‍ने अन्य विश्‍वासीहरूलाई समावेश गर्नुहोस् । (हेर्नुहोस् [सहकार्यमूलक अणुवाद सृजना](../../translate/guidelines-collaborative/01.md))
२. **निरन्तर प्रक्रिया** — अनुवादको काम कहिले पनि पूर्ण रूपमा समाप्त हुँदैन । कहीँ सुधार्नु पर्ने भए भाषाका सिप भएका व्यक्तिहरूलाई ती कुरा औंल्याउनको लागि उत्साह दिनुहोस् । अनुवादमा भएका गल्तीहरूलाई पत्ता लगाउने बित्तिकै सच्याउनुपर्छ । संशोधन वा नयाँ अनुवादको लागि समय-समयमा अनुवादको समीक्षा गर्न प्रोत्साहन गर्नुहोस् । यो नियमित प्रक्रियाको रेखदेख गर्नको निम्ति भाषा समूहलाई एउटा समिति गठन गर्ने सिफारिस गर्छौँ । वचन प्रकटीकरण अलनाइन सामाग्रीहरूको प्रयोग गरेर यी परिवर्तनहरू चाँडै र सजिलै गर्न सकिन्छ । (हेर्नुहोस् [निरन्तर अनुवाद प्रक्रियाको सृजना गर्ने](../../translate/guidelines-ongoing/01.md))