ne_ta/checking/vol2-backtranslation/01.md

1.7 KiB

वापस अनुवाद भनेको के हो?

स्थानीय भाषाबाट पुनः वृहत्तर संचारको भाषामा अनुवाद गर्ने कामलाई वापस अनुवाद भनिन्छ । स्थानीय भाषाको अनुवाद सृजना गर्ने प्रक्रियाको विपरित दिशातर्फ गरिने अनुवाद भएकोले यसलाई "वापस अनुवाद" भनिन्छ ।

वापस अनुवाद पूर्णतयाः स्वभाविक शैलीमा गरिन्छ तर यसको अनुवादको भाषा (वृहत्तर संचारको भाषा) मा स्वभाविकता ल्याउनु यसको लक्ष्य होइन । स्थानीय भाषा अनुवादका शब्द र अभिव्यक्तिहरूको प्रतिनिधित्व गर्नुो यसको लक्ष्य हो । यसो गर्दा वृहत्तर संचारको भाषामा प्रयोग गरिने व्याकरण र शब्दक्रमको प्रयोग गरिन्छ । यसरी अनुवाद जाँचकीले शब्दको अर्थ लक्षित भाषामा स्पष्टसँग देख्‍न सक्छन् र वापस अनुवादलाई राम्ररी बुझ्‍नका साथै चाँडो र सजिलै पढ्न सक्छन् ।