10 lines
2.6 KiB
Markdown
10 lines
2.6 KiB
Markdown
### अनुवादको पूर्णता
|
|
|
|
यस खण्डको उद्देश्य अनुवाद पूर्ण रूपमा सकियो भन्ने कुराको निश्चितता प्रदान गर्नु हो । यस खण्डमा, नयाँ अनुवादलाई स्रोत अनुवादसँग तुलना गरिनुपर्छ । यी दुई अनुवादहरूको तुलना गर्दा आफैंसँग यी प्रश्नहरू सोध्नुहोस्ः
|
|
|
|
१. अनुवादमा केही भाग छुटेका छन्? अर्को शब्दमा, के यस अनुवादले अनुवाद गरिएको पुस्तकका सबै घटनाहरू समेटेको छ?
|
|
२. के यस अनुवादले अनुवाद गरिएको पुस्तकका सबै पदहरू समेट्छ? (के स्रोत भाषा अनुवादका सबै पदहरू लक्षित भाषा अनुवादमा समेटिएका छन्?) कहिलेकहीँ पदहरूको संख्या अनुवादअनुसार फरक पर्छ । उदाहरणको लागि, केही अनुवादमा पदहरूलाई एउटै समूहमा राखिएको हुन्छ वा कुनै पदलाई पाद-टिप्पणीमा राखिएको हुन्छ । स्रोत अनुवाद र लक्षित अनुवादमा यस्ता फरकहरू भए तापनि त्यस्तो अनुवादलाई पूर्ण मान्न सकिन्छ ।
|
|
३. अनुवाद गर्न छुटेका ठाउँहरू छन् वा स्रोत अनुवादमा भन्दा फरक सन्देश दिने ठाउँ छन्? (शब्द र शब्दक्रमहरू फरक पर्न सक्छ, तर तर अनुवादकले प्रयोग गरेका शब्दहरूले स्रोत अनुवादसँग मिल्दो सन्देश दिनुपर्छ ।)
|
|
|
|
यदि अनुवाद पूर्ण नभएको ठाउँ पाइएमा अनुवाद समूहसँग छलफल गर्नको निम्ति त्यसको टिपोट बनाउनुहोस् ।
|