4.8 KiB
मण्डली नेतृत्वद्वारा गरिने जाँच कसरी सञ्चालन गर्ने
समुदायका सदस्यहरूले अनुवादको स्पष्टता जाँच गरेपछि मण्डलीका अगुवाहरूद्वारा यसको शुद्धता जाँच गरिन्छ । यस समूहमा लक्षित स्थानीय भाषा बोल्ने र स्रोत भाषामा भएको सामाग्रीलाई पनि बुझ्ने मण्डलीका कम्तिमा तीन सदस्यहरू रहन्छन् । ती व्यक्तिहरू अनुवाद समूहसँग सम्बन्धित वा नजिकका सम्बन्ध नभएका व्यक्तिहरू हुनुपर्छ । प्रायः यी समीक्षकहरू पास्टरहरू हुने छन् । यी अगुवाहरूले भाषा समुदायका फरक-फरक मण्डली सञ्जालको प्रतिनिधित्व गर्नुपर्छ । समुदाय ठूलो छ भने यो समूहमा तीन भिन्न मण्डली सञ्जालका मण्डली अगुवाहरू हुनुपर्छ भन्ने सिफारिस गर्दछौँ ।
यी समीक्षकहरूले निम्न चरणहरू अनुसरण गर्नुपर्छः
१. समीक्षा गर्ने क्रममा अनुवाद मार्गदिर्देशनहरू लाई पढ्नुपर्छ ताकि अनुवाद यससँग मेल खाएको होस् । २. अनुवादकका योग्यताहरूशीर्षकमा रहेका अनुवादक वा अनुवाद समूहसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिनुहोस् । ३. गरिएको अनुवाद लक्षित पाठकको निम्ति स्वीकार्य शैलीमा आधारित छ कि छैन भन्ने कुरा स्वीकार्य शैलीमा रहेका प्रश्नहरू सोधेर प्रमाणित गर्नुहोस् । ४. अनुवादले स्रोत पाठको अर्थलाई सही तरिकाले सञ्चार गरेको छ कि छैन भन्ने कुरा शुद्धताको जाँचमा दिइएका मार्गदिर्देशनहरूको आधारमा प्रमाणित गर्नुहोस् । ५. अनुवादको पूर्णतामा रहेका मार्गनिर्देशनहरूको आधारमा अनुवाद पूर्ण छ कि छैन भन्ने कुरा प्रमाणित गर्नुहोस् । ६. बाइबलका केही अध्यायहरू वा एउटा पुस्तकको समीक्षा गरिसकेपछि अनुवाद समूहसँग भेटेर हरेक समस्याको बारेमा सोध्नुहोस् । अनुवाद समूहले ती समस्याहरू कसरी समाधान गर्न सक्छन् भन्ने बारेमा सरसल्लाह गर्नुहोस् । अनुवाद समूहले अनुवादलाई सच्याएर समुदायमा जाँच गरेपछि फेरि अनुवाद समूहसँग भेट गर्नुहोस् । ७. अनुवाद समूहले समस्याहरूको समाधान गरेका छन् कि छैनन् भन्ने कुराको जाँच गर्नको लागि तिनीहरूसँग फेरि भेट गर्नुहोस् । ८. अनुवाद राम्रो छ भनेर पुष्टि गर्नुहोस् । यसको लागि तह दुई पुष्टि पानामा रहेको तह २ पुष्टि हेर्नुहोस् ।