66 lines
8.6 KiB
Markdown
66 lines
8.6 KiB
Markdown
### विवरण
|
|
|
|
जब कसैले कुनै कुरा भन्यो भने, हामी अक्सर कसले, कसलाई के भन्छ र उनीहरूले के भन्छन् भन्छौं। कसले भने र तिनीहरूले कसलाई भने भन्ने बारेको जानकारीलाई उद्धरण मार्जिन भनिन्छ। (यसलाई उद्धरण पनि भनिन्छ।) केही भाषाहरूमा उद्धरण मार्जिन सुरुमा, अन्तिममा, वा उद्धरणको दुई भागको बिचमा पनि आउन सक्छ।
|
|
|
|
उद्धरण मार्जिन तल रेखाङ्कित गरिएका छन् ।
|
|
|
|
* **उनले भनिन्**, “खाना तयार छ। आऊ र खाऊ,।”
|
|
* “खाना तयार छ। आऊ र खाऊ,” **उनले भनिन्**।
|
|
* “खाना तयार छ,” **उनले भनिन्** “आऊ र खाऊ”
|
|
|
|
केही भाषाहरूमा, उद्धरण मार्जिनमा एक भन्दा बढी क्रिया अर्थ "भनिएको" हुन सक्छ।
|
|
|
|
> तर उसकी आमाले **उत्तर दिइन्** र **भनिन्**, “होइन, त्यसको नाम यूहन्ना राखिने छ।” (लुका १:६० यूएलटी)
|
|
|
|
जब कसैले केही भनेको छ भनेर लेख्दा, केही भाषाहरूमा उद्धरण चिन्हमा (के भनिएको थियो) राखिन्छ जसलाई इन्भर्टेड अल्पविराम भनिन्छ("")। केही भाषाहरूले उद्धरण वरपर अन्य प्रतीकहरू प्रयोग गर्दछन्, जस्तै कोण उद्धरण चिन्हहरू («»), वा अरू केही।
|
|
|
|
#### यो अनुवाद सवाल हुनुका कारणहरू
|
|
|
|
* अनुवादकहरूले उद्धरण मार्जिन त्यहाँ राख्नु पर्छ जहाँ राख्दा तिनीहरूको भाषामा सबैभन्दा स्पष्ट र स्वभाविक हुन्छ।
|
|
* अनुवादकहरूले "भन्यो" अर्थ दिने एक वा दुई उद्धरण मार्जिन प्रयोग गर्ने कि नगर्ने भन्ने निर्णय लिनुपर्छ।
|
|
* उद्धरणको वरिपरि कुन चिन्हहरू प्रयोग गर्ने भन्ने निर्णय अनुवादकहरूले गर्नुपर्छ।
|
|
|
|
### बाइबलबाट उदाहारणहरू
|
|
|
|
#### उद्धरण भन्दा पहिले उद्धरण मार्जिन
|
|
|
|
> **तब जकरियाले दूतलाई भने**,,“यो मैले कसरी जान्ने? म बूढो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।” (लुका १:१८ यूएलटी)
|
|
|
|
> कर उठाउनेहरू पनि बप्तिस्मा लिन आए, **अनि तिनलाई सोधे**, “गुरुज्यू, हामीले के गर्ने ? (लुका ३:१२ यूएलटी)
|
|
|
|
> तब **तिनले उनीहरूलाई भने**, “तिमीहरूलाई खटाएकोभन्दा बेसी नलेओ।” (लुका ३:१३ यूएलटी)
|
|
|
|
##### उद्धरण पछि उद्धरण मार्जिन
|
|
|
|
> यस कुरामा परमप्रभु नरम हुनुभयो। “यसो हुने छैन,” **परमप्रभुले भन्नुभयो**। (आमोस ७:३ यूएलटी)
|
|
|
|
##### उद्धरणको दुई भाग बिचको उद्धरण मार्जिन
|
|
|
|
> “म तिनीहरूबाट आफ्नो मुख लुकाउने छु," **उहाँले भन्नुभयो**,"अनि तिनीहरूको अन्त के हुने छ, म हेर्ने छु; किनकि तिनीहरू उल्टा पुस्ताका हुन्, विश्वासघाती सन्तानहरू हुन्।" (व्यवस्था ३२:२० यूएलटी)
|
|
|
|
> “यसकारण तिमीहरूमध्येका जो सक्छन्" उनले भने, "त्यहाँ हाम्रो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।” (प्रेरित २५:५ यूएलटी)
|
|
|
|
> "हेर, यस्ता दिन आउँदैछन" — **यहोवा परमेश्वर घोषण गर्नुहुनछ**—जब म मेरा प्रजा इस्राएलीहरूलाई फर्काएर ल्याउने छु, (यर्मिया ३०:३ यूएलटी)
|
|
|
|
### अनुवाद रणनीतिहरू
|
|
|
|
१. उद्धरण मार्जिन कहाँ राख्ने निर्णय गर्नुहोस्।
|
|
|
|
२. "भन्यो" अर्थ दिने एक वा दुई शब्द प्रयोग गर्ने कि नगर्ने निर्णय गर्नुहोस्।
|
|
|
|
### प्रयोग गरिएका अनुवाद रणनीतिहरू
|
|
|
|
१. उद्धरण मार्जिन कहाँ राख्ने निर्णय गर्नुहोस् ।
|
|
|
|
* “यसकारण तिमीहरूमध्येका जो सक्छन्" **उनले भने**, "त्यहाँ हाम्रो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।” (प्रेरित २५:५ युएलटि)
|
|
* उनले भने, "यसकारण , तिमीहरूमध्येका जो सक्छन् त्यहाँ हाम्रो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन् ।”
|
|
* "यसकारण , तिमीहरूमध्येका जो सक्छन् त्यहाँ हाम्रो साथ जाऊन्, र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।” **उनले भने**
|
|
* "यसकारण , तिमीहरूमध्येका जो सक्छन् त्यहाँ हाम्रो साथ जाऊन्," उनले भने,र त्यस मानिसमा केही खराबी छ भने त्यसलाई अभियोग लगाऊन्।”
|
|
|
|
२. "भन्यो" अर्थ दिने एक वा दुई शब्द प्रयोग गर्ने कि नगर्ने निर्णय गर्नुहोस् ।
|
|
|
|
* तर उसकी आमालेउत्तर दिइन् र **भनिन**, “होइन, त्यसको नाम यूहन्ना राखिने छ।” (लुका १:६० यूएलटी)
|
|
* तर उसकी आमालेउत्तर **दिइन्**, “होइन, त्यसको नाम यूहन्ना राखिने छ।”
|
|
* तर उसकी आमाले **भनिन**, “होइन, त्यसको नाम यूहन्ना राखिने छ।”
|
|
* तर उसकी आमाले यसरी **उत्तर दिइन्** “होइन, त्यसको नाम यूहन्ना राखिने छ।” उनले भनिन।
|