7.4 KiB
विवरण
एउटा कथाको समापनको भागमा दिन सकिने धेरै प्रकारका जानकारीहरू हुन्छन् । प्रायजसो यो पृष्ठभुमि जानकारी हुन्छ । यो पृष्ठभुमि जानकारी कथाको निर्माण गर्ने मुख्य भागमा भएको क्रियाभन्दा भिन्न हुन्छ । बाइबल प्रायजसो साना-साना कथाहरूले बनेको छ जुन किताबको ठुलो कथाका भागहरू हुन् । उदाहरणको लागि, येशूको जन्म लूकाको पुस्तकमा भएको ठुलो कथाको भाग हो । प्रत्येक कथाहरू चाहे ती साना हुन् वा ठुला तिनीहरूको कथाको समापनको भागमा पृष्ठभुमि जानकारी हुन्छ ।
कथाको समापनको जानकारीका विभिन्न उद्देश्यहरू
- कथाको सारांश बताउन
- कथामा भएको कुराको टिप्पणी दिन ।
- साना कथाहरूलाई ठुला कथामा जोड्न ।
- कथाको मुख्य भागको समापनपछि एउटा विशेष पात्रलाई के भयो भनेर जानकारी दिन ।
- कथाको मुख्य भागको समापनपछि पनि निरन्तर चलिरहने कार्यको बारेमा जानकारी दिन ।
- कथामा घटेको घटनाहरूको परिणाम के भयो भनेर जानकारी दिन ।
यो अनुवादको सवाल हुनुको कारण
विभिन्न भाषाहरूका यस्ता प्रकारका जानकारी प्रस्तुत गर्ने आफ्नै तरिकाहरू हुन्छन् । यदि अनुवादकले उनीहरूको भाषाको प्रस्तुत गर्ने तरिका प्रयोग गर्दैनन् भने, पाठकहरूले निम्न कुराहरूको बारेमा थाहा पाउदैनन्ः
- यो जानकारी कथा समापनको जानकारी हो
- जानकारीको उद्देश्य के हो
- जानकारी कथासँग कसरी सम्बन्धित छ
अनुवादका सिद्वान्तहरू
- निश्चित प्रकारको जानकारीलाई तपाईंको भाषामा जसरी व्यक्त्त गरिन्छ त्यसरी नै कथाको समापनअनुवाद गर्नुहोस्
- यो कथाको भागसँग कसरी सम्बन्धित छ भन्ने कुरा बुझ्नेगरी अनुवाद गर्नुहोस् ।
- यदि सम्भव छ भने कथाको समापनको भागलाई कथा कहाँ अन्त हुन्छ र अर्को कहाँबाट सुरु हुन्छ भन्ने कुरा मानिसहरूले थाहा पाउनेगरी अनुवाद गर्नुहोस् ।
बाइबलबाट उदाहारणहरू
१. कथाको सारांश बताउन
र बाँकी रहेकाहरूचाहिँ फल्याकहरूमा र जहाजका टुक्राहरूमा पारि जानू भने। यसरी सबै सकुशल किनारमा पुगे । (प्रेरित २७:४४ यूएलटी)
२. कथामा भएको कुराको टिप्पणी दिन ।
तिनीहरूमध्ये धेरै जना, जस-जसले टुनामुना गर्थे, आफ्ना-आफ्ना पुस्तकहरू बटुलेर ल्याए, र सबैका सामुन्ने जलाइदिए । तिनीहरूले तिनको मोल गर्दा पचास हजार चाँदीका सिक्काको हिसाब लाग्यो। यसरी प्रभुको वचन फैलँदैगयो, र प्रभावशाली भयो। (प्रेरित १९:१९-२० यूएलटी)
३. कथाको मुख्य भागको समापनपछि एउटा विशेष पात्रलाई के भयो भनेर जानकारी दिन ।
अनि मरियमले भनिन्, “मेरो प्राणले परमप्रभुको गुणगान गर्दछ, र मेरो आत्मा मेरा मुक्तिदाता परमेश्वरमा रमाहट गर्दछ..."मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्। (लुका १:४६-४७, ५६ यूएलटी)
४. कथाको मुख्य भागको समापनपछि पनि निरन्तर चलिरहने कार्यको बारेमा जानकारी दिन ।
गोठालाहरूले बताएका कुरा सुन्नेहरू सबै आश्चर्यचकित भए। तर मरियमले यी सब कुरा गुन्दै मनैमा राखिन्। (लुका २:१८-१९ यूएलटी)
५. कथामा घटेको घटनाहरूको परिणाम के भयो भनेर जानकारी दिन ।
“तिमी व्यवस्थाका पण्डितहरूलाई धिक्कार! किनकि तिमीहरूले ज्ञानको साँचो लिन त लियौ, तर तिमीहरू आफै पनि भित्र प्रवेश गरेनौ, अनि अरू पस्नेहरूलाई पनि रोक्यौ।” जब उहाँ त्यहाँबाट निस्कनुभयो, तब शास्त्रीहरू र फरिसीहरूले उहाँको घोर विरोध गर्दै धेरै विषयहरूमा उहाँलाई प्रश्न गर्न थाले, र उहाँको मुखबाट निस्केका कुरामा उहाँलाई पक्रने दाउमा बसे। (लुका ११:५२-५४ यूएलटी)