ne_ta/translate/translate-unknown/01.md

85 lines
16 KiB
Markdown

# म सिंह, अञ्‍जीरको रूख, पहाड, पूजाहारी, वा मन्दिर जस्ता शब्दहरूको कसरी अनुवाद गर्न सक्‍छु जब मेरो समाजमा भएका मानिसहरूले यी कुराहरू कहिल्यै देखेका छैनन् र हामीसँग तिनीहरूको लागि शब्द नै छैन ?
## विवरण
अज्ञात कुराहरू भनेका स्रोत खण्‍डमा आउने ती कुराहरू हुन् जुन तपाईंको समाजका मानिसहरूलाई ज्ञात छैन । अनुवादका शब्दहरूका पृष्‍ठहरूले र अनुवादका टिप्‍पणीहरूले ती के हुन् भनेर बुझ्‍नका लागि तपाईंलाई सहायता गर्न सक्‍छन् । तपाईंले तिनलाई बुझिसक्‍नुभएपछि, ती कुराहरूलाई जनाउनका लागि तपाईंले तरिकाहरू पत्ता लगाउनुपर्ने हुनेछ जसले गर्दा ती के हुन् भनेर तपाईंको अनुवाद पढ्ने मानिसहरूले बुझ्‍नेछन् ।
>हामीसँग यहाँ पाँच <u>रोटी</u>हरू र दुई माछा छन् (मत्ती १४:१७ यूएलटी)
रोटी भनेको अन्‍नका दानाहरूलाई तेलमा मसिनो हुने गरेर पिसेर, र त्यसपछि मिश्रणलाई सुक्‍खा होउञ्‍जेल पकाएर बनाइएको एक प्रकारको खानेकुरा हो । (दानाहरू चाहिँ एक प्रकारको घाँसका बिउहरू हुन् ।) केही समाजहरूमा मानिसहरूसँग रोटी भन्‍ने नै हुँदैन वा त्यो के हो भनेर थाहा हुँदैन ।
**अनुवादको विषय हुनुको कारण**
* पाठकहरूलाई बाइबलमा भएका केही कुराहरूको बारेमा थाहा नभएको हुन सक्‍छ किनभने ती कुराहरू तिनीहरूको आफ्‍ना समाज-संस्कृतिको भाग होइनन् ।
* यदि कुनै खण्‍डमा उल्‍लेख भएका केही कुराहरूको बारेमा पाठकहरूलाई थाहा भएन भने पाठकहरूलाई त्यो बुझ्‍न कठिनाइ भएको हुन सक्‍छ ।
### अनुवादका सिद्धान्तहरू
* यदि सम्भव हुन्छ भने ती शब्दहरूलाई प्रयोग गर्नुहोस् जुन अघिबाट नै तपाईंको भाषाको भाग हुन् ।
* यदि सम्भव हुन्छ भने अभिव्यक्तिहरूलाई छोटो राख्‍नुहोस् ।
* परमेश्‍वरका आदेशहरू र ऐतिहासिक तथ्यहरूलाई ठीक तरिकाले जनाउनुहोस् ।
### बाइबलबाट उदाहरणहरू
>म यरूशलेमलाई भत्केको थुप्रोमा, <u>स्यालहरू</u> लुक्‍ने ठाउँमा बदल्‍नेछु (यर्मिया ९:११ यूएलटी)
स्यालहरू कुकुर जस्तै जङ्गली पशुहरू हुन् जो संसारको केही भागहरूमा मात्रै बस्‍छन् । त्यसैले तिनका बारेमा धेरै ठाउँहरूमा जानिएको हुँदैन ।
>झूटा अगमवक्ताहरूदेखि होशियार होओ, तिनीहरू जो भेडाको भेषमा आउँछन्, तर वास्तवमा भोकले खरिएका <u>ब्वाँसाहरू</u> हुन् । (मत्ती ७:१५ यूएलटी)
यदि अनुवाद पछि पढिने ठाउँमा ब्वाँसाहरू बस्‍दैनन् भने, पाठकहरूले चाल नपाउन सक्‍छन् कि ती हिंस्रक, कुकुर जस्तै देखिने जङ्गली पशुहरू हुन्, जसले भेडाहरूलाई आक्रमण गर्छन् र खान्छन् ।
>तब तिनीहरूले येशूलाई <u>मूर्र</u> मिसिएको दाखमद्य दिने कोसिस गरे । तर उहाँले त्यो पिउन इन्कार गर्नुभयो । (मर्कुस १५:२३ यूएलटी)
मानिसहरूलाई मूर्र के हो र त्यो औषधीको रूपमा प्रयोग गरिन्थ्यो भनेर थाहा नहुन सक्‍छ ।
>उहाँलाई जसले <u>विशाल ज्योतिहरू</u> बनाउनुभयो (भजनसङ्ग्रह १३६:७ यूएलटी)
केही भाषाहरूमा सूर्य र आगो जस्ता, प्रकाश दिने थोकहरूका लागि शब्दहरू त हुन्छन्, तर तिनीहरूसँग ज्योतिहरूका लागि मूलभूत शब्दहरू हुँदैनन् ।
>तिमीहरूका पापहरू ... <u>हिउँ</u> जस्तै सेता हुनेछन् । (यशैया १:१८ यूएलटी)
संसारका धेरै भागका मानिसहरूले हिउँलाई देखेका छैनन्, तर तिनीहरूले तिनलाई चित्रहरूमा देखेका हुन सक्‍छन् ।
### अनुवादका रणनीतिहरू
यहाँ केही तरिकाहरू छन् जसअनुसार तपाईंको भाषामा अज्ञात रहेको कुनै शब्दलाई तपाईंले अनुवाद गर्न सक्‍नुहुन्छः
१. एउटा वाक्यांशलाई प्रयोग गर्नुहोस् जसले अज्ञात कुरा के हो भनेर, वा अनुवाद भइरहेको पदको लागि त्यस अज्ञात कुराको बारेमा महत्त्वपूर्ण कुरा के छ भनेर वर्णन गर्छ ।
२. यदि तपाईंको भाषाबाटको केही समान कुरा राख्‍नाले कुनै ऐतिहासिक तथ्यलाई गलत तरिकाले प्रतिनिधित्व गर्दैन भने त्यसो गर्नुहोस् ।
३. अर्को भाषाबाटको शब्दलाई सार्नुहोस्, र मानिसहरूलाई त्यो बुझ्‍नका लागि मदत गर्नलाई कुनै मूलभूत शब्द वा वर्णनात्मक वाक्यांश थप्‍नुहोस् ।
४. मूलभूत अर्थ दिने कुनै शब्दलाई प्रयोग गर्नुहोस् ।
५. बढी निर्दिष्‍ट अर्थ दिने कुनै शब्द वा वाक्यांशलाई प्रयोग गर्नुहोस् ।
### अनुवादका रणनीतिहरू लागु गरिएका उदाहरणहरू
१. एउटा वाक्यांशलाई प्रयोग गर्नुहोस् जसले अज्ञात कुरा के हो भनेर, वा अनुवाद भइरहेको पदको लागि त्यस अज्ञात कुराको बारेमा महत्त्वपूर्ण कुरा के छ भनेर वर्णन गर्छ ।
* **झूटा अगमवक्ताहरूदेखि होशियार होओ, तिनीहरू जो तिमीहरूकहाँ भेडाहरूको भेषमा आउँछन्, तर वास्तवमा <u>भोकले खरिएका ब्वाँसाहरू</u> हुन् ।** (मत्ती ७:१५ यूएलटी)
* झूटा अगमवक्ताहरूदेखि होशियार होओ, तिनीहरू जो तिमीहरूकहाँ भेडाहरूको भेषमा आउँछन्, तर <u>वास्तवमा भोकाएका र डरलाग्‍दा पशुहरू</u> हुन् ।
यहाँ “भोकले खरिएका ब्वाँसाहरू” चाहिँ एउटा अलङ्कार हो, त्यसैले यो अलङ्कार बुझ्‍नका लागि पाठकले जान्‍न जरुरी छ कि तिनीहरू भेडाहरूको लागि धेरै खतरनाक हुन्छन् । (यदि भेडाहरू पनि अज्ञात छन् भने, तब तपाईंले भेडाहरूलाई अनुवाद गर्नलाई पनि कुनै एउटा अनुवादका रणनीतिहरू प्रयोग गर्न जरुरी हुनेछ, वा अलङकारहरूको लागि भएको कुनै अनुवादको रणनीति प्रयोग गरेर, अलङ्कारलाई केही अरू कुरामा बदल्‍न आवश्‍यक पर्नेछ । हेर्नुहोस् [अलङ्कारहरूको अनुवाद](../figs-metaphor/01.md) ।)
* **हामीसँग यहाँ पाँच <u>रोटी</u>हरू र दुई माछा मात्र छन्** (मत्ती १४:१७ यूएलटी)
* हामीसँग यहाँ पाँचवटा <u>पकाइएको अन्‍नका दानाहरूको टुक्राहरू</u> र दुई माछा मात्र छन्
२. यदि तपाईंको भाषाबाटको केही समान कुरा राख्‍नाले कुनै ऐतिहासिक तथ्यलाई गलत तरिकाले प्रतिनिधित्व गर्दैन भने त्यसो गर्नुहोस् ।
* **तिमीहरूका पापहरू ... <u>हिउँ</u> जस्तै सेता हुनेछन्** (यशैया १:१८ यूएलटी) यो पद हिउँको बारेमा होइन । केही कुरा कति सेतो हुनेछ भनेर बुझ्‍नका लागि मानिसहरूलाई सहायता गर्नलाई यसले हिउँलाई भाषाको अलङकारमा प्रयोग गर्छ ।
* तिमीहरूका पापहरू ... <u>दूध</u> जस्तै सेता हुनेछन्
* तिमीहरूका पापहरू ... <u>चन्द्रमा</u> जस्तै सेता हुनेछन्
३. अर्को भाषाबाटको शब्दलाई सार्नुहोस्, र मानिसहरूलाई त्यो बुझ्‍नका लागि मदत गर्नलाई कुनै मूलभूत शब्द वा वर्णनात्मक वाक्यांश थप्‍नुहोस् ।
* **तब तिनीहरूले येशूलाई <u>मूर्र</u> मिसिएको दाखमद्य दिने कोसिस गरे । तर उहाँले त्यो पिउन इन्कार गर्नुभयो ।** (मर्कुस १५:२३ यूएलटी) - यदि मूलभूत शब्द “औषधी”सँग प्रयोग गरियो भने मूर्र भनेको के हो भनेर मानिसहरूले बुझ्‍न सक्‍छन् ।
* तब तिनीहरूले येशूलाई <u>मूर्र भनिने औषधी</u> मिसिएको दाखमद्य दिने कोसिस गरे । तर उहाँले त्यो पिउन इन्कार गर्नुभयो ।
* **हामीसँग यहाँ पाँच <u>रोटी</u>हरू र दुई माछा मात्र छन्** (मत्ती १४:१७ यूएलटी) - रोटी केले बनेको हुन्छ (बिउहरू) र त्यो कसरी बनाइन्छ (पिसेर र पकाएर) भनेर बताउने वाक्यांशसहित प्रयोग गरियो भने रोटी के हो भनेर मानिसहरूले बुझ्‍न सक्‍छन् ।
* हामीसँग यहाँ पाँचवटा <u>पकाइएको र पिसिएको बिउका रोटीहरू</u> र दुई माछा मात्र छन्
४. मूलभूत अर्थ दिने कुनै शब्दलाई प्रयोग गर्नुहोस् ।
* **म यरूशलेमलाई भत्केको थुप्रोमा, <u>स्यालहरू</u> लुक्‍ने ठाउँमा बदल्‍नेछु** (यर्मिया ९:११ यूएलटी)
* म यरूशलेमलाई भत्केको थुप्रोमा, <u>जङ्गली कुकुरहरू</u> लुक्‍ने ठाउँमा बदल्‍नेछु
* **हामीसँग यहाँ पाँच <u>रोटी</u>हरू र दुई माछा मात्र छन्** (मत्ती १४:१७ यूएलटी)
* हामीसँग यहाँ पाँचवटा <u>पकाइएको खानेकुराका टुक्राहरू</u> र दुई माछा मात्र छन्
५. बढी निर्दिष्‍ट अर्थ दिने कुनै शब्द वा वाक्यांशलाई प्रयोग गर्नुहोस् ।
* **उहाँलाई जसले <u>विशाल ज्योतिहरू</u> बनाउनुभयो** (भजनसङ्ग्रह १३६:७ यूएलटी)
* उहाँलाई जसले <u>सूर्य र चन्द्रमा</u> बनाउनुभयो